काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि कृषि महोत्सव आयोजना गर्ने तयारी गरेको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुँदै आएका परम्परागत बालीहरूलाई संरक्षण प्रवद्र्धन गर्न महोत्सव गर्ने बताएको हो । रैथाने बाली महोत्सव आयोजना गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले यो महोत्सव गर्न लागेको बताइएको छ ।
गाउँपालिकाका कृषि विकास शाखामा कार्यरत पूर्ण बहादुर खड्काका अनुसार पछिल्लो समय रैथाने बालीहरूको माग राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म बढिरहेको भए पनि उत्पादन भने घट्दो अवस्थामा रहेको छ । “रैथाने बाली संरक्षणले हाम्रो परम्परागत ज्ञान र जैविक विविधताको सुरक्षा गर्दै किसानहरूको आर्थिकस्तर सुधारमा पनि सहयोग पु¥याउनेछ,’ खड्काले भने ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा महोत्सवका लागि तीन लाख रुपैयाँ बजेट छुट्याएको छ । रैथाने बालीहरूको संरक्षण र प्रवद्र्धनका लागि दैलेखको गुराँस गाउँपालिकाले फागुन मसान्तसम्म कृषि महोत्सव आयोजना गर्ने योजना बनाएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले बताए । अध्यक्ष बिसीका अनुसार महोत्सवको समय फागुन मसान्तसम्म गुराँस फूल्ने समयमा आयोजना गरिने बिसीको भनाई छ ।
‘त्यो समयमा यहाँ गुराँस फुलेर यहाँको वातावरण मनमोहक देखिन्छ त्यसै समयमा महोत्सव आयोजना गर्ने योजनामा छौँ । यो केवल रैथाने बालीको प्रवद्र्धन मात्र होइन, पर्यटक आकर्षणका लागि पनि महत्त्वपूर्ण हुनेछ,” अध्यक्ष बिसीले बताए ।
गुराँस गाउँपालिकामा फागुन महिनामा गुराँसका विभिन्न प्रजातिका फूलहरूले गाउँलाई प्राकृतिक सौन्दर्यले सजाएको हुन्छ । सोही समयमा यहाँ गुराँस फुलेर ढकमक्क भएको हुन्छ । महोत्सवको समयमा स्थानीय बाली र परम्परागत परिकारसँगै गुराँसका फूलहरूले पनि पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
रैथाने बाली र पर्यटनको समन्वय
गाउँपालिकाले महोत्सवमा रैथाने बालीहरू प्रदर्शन गर्ने मात्र नभई, त्यसलाई पर्यटकीय गतिविधिसँग जोड्ने योजना बनाएको छ । महोत्सवमा ४० प्रकारका रैथाने बालीहरु कोदो, कागुनो, डलल्ले आलुजस्ता बालीहरूको प्रदर्शनी गरिनुका साथै परम्परागत परिकारहरूको स्टल समेत राख्ने योजना गाउँपालिकाको छ ।
‘गुराँस फुलेको समयमा पर्यटकको आगमन बढ्ने भएकाले महोत्सवले यहाँको प्राकृतिक र सांस्कृतिक पक्षलाई उजागर गर्न मद्दत गर्छ। यसले गाउँको समग्र आर्थिक गतिविधिमा पनि योगदान पु¥याउँछ,’ बिसीले भने ।
गुराँस गाउँपालिकाले फागुन मसान्तसम्म हुने महोत्सवलाई केवल कृषिसँग मात्र नभई सामुदायिक कृषि पर्यावरण अभियानका रूपमा समेत अघि बढाउन चाहेको छ । गाउँपालिकाले आयोजना गर्ने महोत्सवले रैथाने बालीको संरक्षण र पुनरुत्थानमा नयाँ उचाइ स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यस महोत्सवले स्थानीयस्तरमा रैथाने बालीप्रतिको चासो बढाउने, किसानहरूलाई जागरूक बनाउने र बजार व्यवस्थापनका नयाँ सम्भावनाहरू सिर्जना गर्ने समेत विश्वास लिइएको अध्यक्ष बिसीले बताए । साथै, गुराँसको मौसममा आयोजित महोत्सवले गुराँस गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि राखिएको छ ।
रैथाने बालीका सूची र प्रदर्शनी
गाउँपालिकाले हालसम्म ४० प्रकारका रैथाने बालीहरूको सूची तयार पारेको छ । तीमध्ये कोदो, कागुनो, डल्ले आलु, मुणिल गहुँ, भटमासजस्ता बालीहरू रहेका छन् । यी बालीहरूमध्ये धेरैजसो लोप हुने अवस्थामा पुगेकाले संरक्षण र प्रवद्र्धन अत्यावश्यक भएको गाउँपालिकाले जनाएको छ ।
२०७९÷८० को धान दिवसको अवसरमा गाउँपालिकाले रैथाने बालीको परिकार प्रदर्शनसमेत गरेको थियो । कोदोबाट बनेका परिकार जस्तै कोदोको सेल, कोदोको मःम, प्रदर्शनीमा राखिएको थियो । महोत्सवले यस प्रकारका परम्परागत परिकारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग र्पुयाउने अपेक्षा गरिएको छ ।
बाँझो जमिनको उपयोगका लागि भूमी बैंक कार्यक्रम
गुराँस गाउँपालिकाले बाँझो जमिन उपयोगका लागि ‘भूमी बैंक’ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । कृषि शाखामा कार्यरत खड्काका अनुसार गाउँपालिकाभर करिब १ हजार रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जमिन बाँझो छ । सिँचाइ अभाव लगायतका अन्य समस्याका कारण बाँझो जमिनको क्षेत्रफल बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘बाँझो जमिनमा कृषि तथा पशुपालनका कार्यक्रम सञ्चालन गरेर त्यसलाई उपयोगी बनाउने योजना छ ।’
गाउँपालिकाले कार्यविधि निर्माण गर्दै भूमी बैंक कार्यक्रम अन्तर्गत, किसानहरूले बाँझो जमिनको उपयोग गरेबापत प्रतिरोपनीका दरले प्रोत्साहन गर्ने व्यवस्था रहेको खड्काको भनाई छ । गाउँपालिकाले २०७९÷८० मा गरेको प्रयासबाट करिब दुइसय ४३ रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाएको थियो, जसलाई अहिले पनि निरन्तरता दिइएको छ ।
गाउँपालिकाले हरेक वर्ष बाँझो जमिन उपयोगका लागि आठ लाख रुपैयाँ बजेट छुट्याउँदै आएको छ । यस कार्यक्रमले स्थानीय उत्पादन बढाउनुका साथै आर्थिक विकासमा योगदान गर्ने विश्वास गरिएको छ ।
गुराँस गाउँपालिकाले बाँझो जमिन उपयोगका लागि ‘भूमी बैंक’ स्थापना गरी सहकारी, कृषि फर्म, निजी क्षेत्र र समुदायसँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। गाउँपालिका अध्यक्ष झुपलाल बिसीका अनुसार बाँझो जमिनलाई उत्पादनशील बनाउन कार्यविधि तयार गरिएको छ।
‘गाउँपालिकामा बाँझो रहेका जमिनहरू सहकारी, कृषि फर्म, वन समिति, कृषि समूह, र निजी क्षेत्रसँगको साझेदारीमा उपयोग गरिनेछ,’ अध्यक्ष बिसीले बताए । ‘ठूला कृषि फर्मलाई भित्र्याउने प्रयास पनि भइरहेको छ, जसले जमिनको प्रभावकारी उपयोगसँगै रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ ।’
गुराँस गाउँपालिकामा पहिले पाँचहजार घरधुरी थिए भने अहिले चार हजार घरधुरी छन् । अध्यक्ष बिसीका अनुसार करिब तीनहजार घरधुरीले कृषि कार्यमा संलग्न छन । बाँकी एकजजार घरधुरी व्यापार, व्यवसाय, तथा वैदेशिक रोजगारीमा गएको छन् भने करिब पाँचसय घरधुरी बसाइँसराइ गरेर अन्यत्र गएका छन । गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न मुख्य प्राथमिकता दिएको छ ।
भूमी बैंकमार्फत बाँझो जमिन उपयोगका लागि स्थानीय समुदाय, कृषि फर्म, र वन समितिसँग सहकार्य गरिनेछ । यससँगै सहकारी र निजी क्षेत्रलाई पनि प्राथमिकतामा राखिनेछ, जसले जमिनको व्यवस्थित व्यवस्थापन गर्दै उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नेछ ।
“गाउँपालिकामा रहेको बाँझो जमिनको उपयोगका लागि वन समिति र कृषि समूहसँग समन्वय गरेर उपयोग गर्ने हाम्रो योजना छ,’ अध्यक्ष बिसीले भने ।
रैथाने बाली र महोत्सवको महत्व
गुराँस गाउँपालिकाको यो महोत्सवले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा मात्र होइन, स्थानीय किसानहरूलाई परम्परागत कृषि प्रणालीप्रति प्रेरित गर्न पनि मद्दत पु¥याउनेछ । साथै, महोत्सवले रैथाने बालीको पोषणात्मक मूल्य र यसको व्यावसायिक सम्भावनालाई उजागर गर्नेछ ।
यस कार्यक्रमले पर्यावरणीय संरक्षण, खाद्य सुरक्षा, र आर्थिक सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले बताइन् । ‘रैथाने बाली हाम्रो परम्परा र पहिचान हो । यसको संरक्षण र प्रवद्र्धन हाम्रो जिम्मेवारी हो,’ उपाध्यक्ष खड्काले भनिन् ।