सर्लाही (हरिपूर्वा) । जय गंगा बचत तथा ऋण सहकारी संस्था हरिपूर्वा सर्लाहीले गत अर्थिक वर्ष २०८०÷८१ को अवधिमा १२ करोड, १२ लाख, ५८ हजार १ सय ८० रुपैयाको कुल कारोबार गरेको छ । शनिबार संस्थाको १५औं वार्षिक साधारण सभाको अवशरमा सो जानकारी दिईएको हो ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा १० करोड, ५६ लाख, ११ हजार ५ सय रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ हजार ८ सय शेयर सदस्य मार्फत ३१ लाख, ५६ हजार २ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ५ करोड ३३ लाख, ९० हजार, ९ सय ११ रुपैया कर्जा लगानि गरी २ लाख, ५१ हजार, ८ सय ४ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका अध्यक्ष गणेश यादवले जानकारी दिए ।
संस्थाले जगेडा कोष तर्फ ३० लाख, १४ हजार, ५ सय १४ रुपैयाँ र अन्य कोषहरुमा ३६ लाख, ३६ हजार ४ सय १० रुपैयाँ गरि कुल ६६ लाख, ५० हजार ९ सय २४ रुपैयाँ विनियोजन गरि संस्थाको अवस्था बलियो बनाएको छ । अधिक रुपमा रेमिटको कारोबार हुने गरेको संस्थाको बैंक मौज्दातमा ५ करोड, ३३ लाख, १९ हजार, १ सय २९ रुपैयाँ रहेको छ भने पाउनुपर्ने मुल्तबी ब्याज ५४ लाख, ७४ हजार १ सय १० रुपैयाँ रहेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष गणेश यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै हरिपूर्व नगरपालिकाका उपप्रमुख सुमित्रादेवी ग्वारिनले ग्रामिण क्षेत्रमा रहेका स–साना पुँजी संकलन गरेर निम्नवर्गिय नागरिकलाई जिवीकोपार्जनमा सहयोग गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको उल्लेखगर्दै साना कार्यकालागि सहकारीमार्फत कारोबार गर्नेतर्फ सबैलाई जोड दिईन् । कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रशासकिय अधिकृत कुमार परियार, पूर्व गाविस अध्यक्ष नरेन्द्र राय (दुःखा) लगायत अतिथिहरुको उपस्थिती रहेको थियो परिस्कृत रुपमा समाचार लेख्नुहोस