सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको राजश्री सेविंग्स एण्ड को– आँपरेटिभ सोसाईटी लिमिटेडको शनिबार २४औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आफ्नो कारोबार सहकारीमा मुलुककै पहिलो स्थानमा भएको दावी गरेको छ । संस्थाले गत अर्थिक वर्ष २०८०÷८१ को अवधिमा २२ अर्व, ९५ करोड, ६ लाख, १४ हजार ८ सय ६५ रुपैयाको कुल कारोबारको विवरण प्रस्तुत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा १९ अर्व, ३६ करोड, ७० लाख, ३८ हजार १ सय ५८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ हजार ७ सय ६९ जना शेयर सदस्य मार्फत ८१ करोड, ४९ लाख, ९० हजार ३ सय ७० रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले १४ अर्व, ३२ करोड ६१ लाख, ६७ हजार, ३ सय ११ रुपैया कर्जा लगानि गरेर ९१ लाख, १७ हजार, ५ सय ६८ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका मुख्प्रबन्धक राजन हरि श्रेष्ठले जानकारी दिए ।
संस्थाले साधरण जगेडा कोष तर्फ ३६ करोड, ८८ लाख, ३४ हजार, ९ सय ४६ रुपैयाँ तथा अन्य कोषहरुमा २ करोड, ८६ लाख, ४७ हजार, २ सय ३१ रुपैयाँगरि कुल ३९ करोड, ७४ लाख, ८२ हजार, १ सय ७७ रुपैयाँ विनियोजन गरि संस्थाको वित्तिय अवस्था बलियो बनाएको छ । शेयर सदस्यहरुले ऋणको साँवा तथा ब्याज रकम समयमै नतिर्दा संस्थाको १ अर्व, ८३ करोड, ९० लाख, ७८ हजार, ३ सय ५० रुपैयाँ मुल्तवी ब्याज उठ्न नसक्दा संस्थाको आम्दानीमा कमि आएको प्रवन्ध निर्देशक राम लक्षण रायले जानकारी दिए । निर्देशक रायले निक्षेप र शेयर पुँजीमा राजश्री मुलुकको ३३ हजार सहकारी संस्थामा अग्रणिस्थामा रहेको दावी समेत गरेका छन् ।
कार्यक्रमको उद्घाटन गदै मधेश प्रदेसका पूर्व अर्थमन्त्री एवं मधेश प्रदेस सभा सदस्य संजय कुमार यादवले हाल मुलुकमा सहकारीप्रतिको विश्वासको ठुलो खाडल देखा परेको अवस्थामा पनि यस संस्थाले मुलुककै अधिक कारोबार गर्ने संस्थाको रुपमा आफुलाई चिनाएकाले संस्थाका संचालक एवं कर्मचारीहरु धन्यवादका पात्र बनेका उल्लेख गदै उनले सहकारी संस्थाहरुलाई बजबुद पार्न प्रदेश सरकार मार्फत सहकारी सवलीकरणको कार्यक्रम गर्न आफुले पहल गर्ने बताएका छन् ।
कार्यक्रममा पूर्व डिभिजन सहकारी अधिकृत सुरेन्द्रलाल कर्णले सरकारले हालै जारी गरेको सहकारी सम्बन्धि अध्यादेश २०८१ सहकारी संस्थाहरुलाई घातक हुने जनाउदै २०७४ सालमा डिभिजन सहकारी कार्यालय खारेज हुदा हाल सहकारी संस्थामा विकरालको अवस्था आएको बताए । संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले मुलुकका ८६ हजार शेयर सदस्य सहकारीबाट पिडित भएको दैनिक समाचार आईरहदा यस संस्थाभने शेयर सदस्यबाट पिडित भएको जनाए ।
अध्यक्ष यादवले शेयर सदस्यहरुले संस्थाबाट ऋण दिएपछि फर्केर नआउने प्रवृतिले ऋण उठाउन समस्या भएको जनाउदै भाखानाघेका ऋणीहरुको धितो लिलाम प्रकृयामा कुनै विचौलियालाई प्रवेश नदिई संस्थाले ऋणीको धितो सम्पत्ति सुरक्षित राखेकाले आफ्नो हिसाव फरफारक गरेर सम्पत्ति फिर्ता लैजान आग्रह गरेका छन् ।
कार्यक्रमको अवशरमा उत्कृष्ट शाखा तथा सेवाकेन्द्र, उत्कृष्ट ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संस्थाले गत आवको अवधिमा ९ करोड, ८४ लाख, २५ हजार, ९ सय ८३ रुपैयाँ संकलन गरेर सबै सेवाकेन्द्रलाई उछिन्दै प्रथम भएका मलंगवा सेवाकेन्द्रका संकलक खुशीलाल रायलाई सम्मानित गरेको छ ।
संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवामा रहेको राजश्रीको सेवाकेन्द्रहरु मलंगवा सर्लाही, लालबन्दी सर्लाही, ईश्वरपुर सर्लाही, बरहथवा सर्लाही, जनकपुर धनुषा, जलेश्वर महोत्तरी, गौर रौतहट, गडुरा रौतहट, मिर्चैया सिराहा, लहान सिराहा, ईटहरी सुनसरी, ईनरुवा सुनसरी, विराटनगर मोरंङ, विरगंज पर्सा र काठमाण्डौं गरी १६ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ ।
संस्थाको प्रधान कार्यालय मलंगवा, सेवाकेन्द्र ईनरुवा, मिर्चैया, जनकपुर, जलेश्वर र विरगंजमा आफ्नै भवनबाट सेवा प्रवाह रहेको तथा ईटहरीमा भवन निर्माण शुरु भएको र सेवा केन्द्र गौरमा भवन निर्माणकालागि जग्गा खरिद भएको र वाँकी रहेका सेवाकेन्द्रहरुमा जग्गा खरिद गरी भवन निर्माण गर्ने प्रक्रियामा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ