काठमाडौँ । पहिलोपटक दैलेखमा पब्लिक स्पिच–२०८१ कार्यक्रम हुने भएको छ । जय बिन्द्रासैनी युवा क्लब दैलेखको आयोजनामा र बास नेपाल दैलेखको सहजिकरणमा पब्लिक स्पिच–२०८१ कार्यक्रम आयोजना गरिने भएको हो । क्लबका अध्यक्ष पृथ्वी बहादुर शाहीले दैलेख बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएका हुन । उनका अनुसार, दैलेखका ११ वटै पालिकामा पालिका स्तरीय प्रतियोगिता गरिँदैछ ।
पब्लिक स्पिच कार्यक्रमले विद्यार्थी र युवाहरूको व्यक्तित्व विकास र सिप अभिवृद्धि गर्न मद्दत गर्ने आयोजकले बताएका छन । दैलेखका चारवटा नगरपालिका र सातवटा गाउँपालिकाका करिब ११ हजार विद्यार्थी तथा युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । यस प्रकारको कार्यक्रम जिल्लामा पहिलोपटक व्यापक रूपमा आयोजना गरिँदैछ ।
यो प्रतियोगिताले युवाहरूलाई सार्वजनिक मञ्चमा आफ्ना विचार प्रस्तुत गर्ने कला र आत्मविश्वास विकास गर्न प्रेरणा दिने अध्यक्ष शाहीले बताए ।
पालिका स्तरको प्रतियोगिता माघ ४ गते आठविस नगरपालिकाबाट सुरु भई माघ १४ गते गुराँस गाउँपालिकामा समापन हुनेछ । प्रत्येक पालिकाबाट छनोट भएका ३३ जना प्रतिस्पर्धी जिल्ला स्तरको कार्यक्रममा सहभागी हुनेछन । जिल्ला स्तरको प्रतियोगिता फागुन ७ र ८ गते चामुण्डा विन्द्रासैनी नगरपालिकामा आयोजना हुनेछ ।
त्यस्तै जिल्ला स्तरमा सहभागी प्रतिस्पर्धीहरूले सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागुपदार्थ दुर्व्यसनी, युवा स्वरोजगार, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन, र कला संस्कृति जस्ता विषयहरूमध्ये गोला प्रथाबाट छानिएको विषयमा ५ मिनेटको स्पिच दिनुपर्नेछ ।
कार्यक्रममा प्रथम, द्धितिय, तृतीयले क्रमशः ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउने छन् भने प्रतिस्पर्धीहरबाट एक जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाहरूबाट सहभागीहरू मध्य इ-सेवाका माध्यमाबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने एक प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लव जनाएको छ ।
विद्यार्थी तथा युवाहरूको व्यक्तित्व सिप अभिवृद्धि गर्न, माध्यमिक तथा क्यामपसहरुमा अध्ययनरत करिब ११ हजार जनाको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ । पालिका स्तरमा हुने कार्यक्रममा सहभागी हुन चाहानेहरुका लागि दुई सय रुपैँया नाम दर्ता लाग्ने आयोजकले जनाएको छ ।
पालिकाबाट छनोट भएका ३ जनालाई जिल्ला स्तरको कार्यक्रममा सहभागी गराइने छ । पालिका स्तरको कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु हुनेछ, हरेक दिन हुने पालिका स्तरको कार्यक्रम माघ १४ गते गुराँस गाउँपालिकामा समापन हुनेछ ।
कार्यक्रमको निर्णायक समितिमा सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्ण हरी बास्कोटासहित ५ जना सदस्य रहनेछन ।
पत्रकार सम्मेलनका क्रममा बास नेपाल दैलेखका अध्यक्ष हिक्मत बुढाले सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम व्यवस्थित र सफल बनाउन सबैले साथ दिन अपिल गरे । कार्यक्रमले युवा तथा विद्यार्थीलाई सिर्जनशील बनाउने विश्वास आयोजक पक्षले लिएको बताइएको छ ।