काठमाडौँ । आफूलाई जंगलको राजा मान्ने कर्णाली तथा सुदुरपश्चिम आशपासका ठाउँहरुमा घुमन्ते फिरन्ते जीवन बिताउने राउटे समुदाय पछिल्लो समय अत्यधिक मदिरा र सुर्तीजन्य पदार्थ सेवनमा डुब्दै गएको छ । परम्परागत रूपमा घुमन्ते जीवनशैली अपनाउँदै आएका राउटे समुदाय मदिरामा लिप्त हुँदै जादा विभिन्न समस्या भोग्दै आएको छ । नेपाल सरकारले दिदै सामाजिक सुरक्षा भत्ताले सममुदायनै लिप्त हुन थालेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको राउटे समूदायको मानव अधिकारको संरक्षण र सम्बर्धनका सम्वन्धमा आयोगको सिफारिस कार्यान्वयन अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीले यस्तो बताएका थिए ।
नगद रकमबाट यो समुदायले मदिरा तथा सुर्तिजन्य पदार्थमा खर्च गर्ने गरेका कारण संख्या निरन्तर घटिरहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा मानव अधिकार आयोगका रमेश कुमार थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्रमा राउटे समुदायको मानवअधिकार संरक्षण र सम्वद्धन गर्नका सबै सरोकारवालाको भूमिका महत्वपुर्ण हुने भएकाले तीनै तहका सरकारलाई सिफारिस जानकारी दिइएको थियो ।
कार्यक्रममा राउटे मुखिया सूर्यनारायण शाहीले सरकारबाट प्राप्त नगद सहयोगले समुदायको परम्परागत कामधन्दा र मूल्य–मान्यतामा असर पु¥याएको बताए । पहिला जंगलबाट जडीबुटी, खाट, कोशी, आरी बनाउने परम्परागत काम गर्दै आएको यो समुदाय अहिले सरकारी सहायता र भत्तामा निर्भर भएको छ । मुखियाले सरकारलाई नगदको सट्टा आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरे ।
राउटे समुदायमा एउटै थरका मानिस भएकाले एकल महिलाको विवाह हुन नसकेको राउटे समुदायमा काम गर्दै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिहं थापाले बताए । हामीले राउटे परियोजना नाम दिएर साढे दुई वर्ष भन्दा बढि काम ग¥यौं,’ उनले भने,‘ मिडियाले संस्थाले नै राउटेलाई विगारेको आरोप लगाएपछि काम गर्न छोड्यौं । यो समुदायमा बलात्कार काण्डपछि भने फेरि हामी राउटे समुदायको रेख देख गरिरहेका छौं यो जाति पहिलेको भन्दा आजभोली रुपान्तरण भएको छ ।’
पहिला राउटे जंगलकै जडीबुटीमा विश्वास गर्थे । औषधी उपचार गर्नु हुदैन भन्ने विश्वास थियो । तर आजभोली र गर्ने, औषधी सेवन गर्ने, खाना खानुअघि हात धुने जस्ता कामहरु गर्दै आइरहेका छन् । अव सरकारले राउटे कोरिडोरको अवधारणा ल्याई, एकद्धार प्रणाली लागु गर्नुुपर्छ, थापाले भने ।
पत्रकार नगेन्द्र उपाध्यायले मदिराका कारण राउटेहरुको संख्या दिनप्रतिदिन घटदै गइरहेकोमा चिन्ता व्यक्त गरे । मदिराकै कारणले यो समुदायमा प्रजनन क्षमतामा समेत कम भएको छ । अब सरकारले घुम्ती प्रहरी चौकी स्थापना गरेर,प्रदेश सरकारले कानून निर्माण गरेर जिम्मा लिन सकेको भए राउटेको संरक्षणमा सहयोग पुग्ने सुझाव उनले दिए ।
गहिरो अनुसन्धान जरुरी
हाल राउटे समुदायको संख्या १३४ छ । उक्त संख्यामा समुदायमा २३ जना एकल महिला छन् । राउटे समुदायको सहज जीवनका लागि कुनै न कुनै योजना ल्याउन जरुरी भएको रमेश त्वोयानाको भनाई थियो । राउटेहरु कर्मशिल भइसकेका बताउँदै पाँच सय देखि एक हजार सम्मका नोटहरु सजिलै चिन्न सक्ने भइसकेको बताए ।
राउटे समूदायका नागरिकले प्रति व्यक्ति चार हजार भत्ता पाउने तर, उनीहरुले न घर किन्नु पर्ने, न त जग्गा नै किन्नु पर्ने भएकाले पनि मदिरामा खर्च गर्न गर्छन,’उनले भने, ‘यो समुदायका बारेमा गहिरो अनुसन्धान गर्न जरुरी रहेको बताउँदै राउटे समुदायका मुखियाको कुरा सुनेर धारणा बनाउने कार्य राम्रो होइन ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घुम्ति प्रहरी चौकी राख्ने व्यवस्था नभएको बताउँदै हामीले अहिले वरिपरि अनुगमन गर्न सादा पोशाकमा प्रहरी खटाउने गरिएको जानकारी दिए । आगामी दिनमा पनि सोही अनुसार अनुगमन गर्न प्रशासन तयार छ । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसिले सामाजिक न्याय सम्वन्धी ऐन आफूहरुले जारी गरिसकेको बताए । उनले राउटेका लागि एक नगरप्रहरी र एक स्वास्थ्यकर्मी खटाईदिने प्रतिबद्धता समेत जनाए ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले राउटे समुदायको मानवअधिकारको अवस्थाबारेमा जानकारी लिन र सो सम्वन्धमा गरिएको अनुसन्धानबारे आवश्यक सुझाव लिन कर्णाली आएको बताए ।
उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीस कृष्णलाल भट्टराईले मानव अधिकार आयोगले उठाएको कुरा राज्यले मान्न पर्नेमा जोड दिए । अदालत यो समुदायको अभिभावक भएको बताउँदै त्यसकालागि मानव अधिकार आयोगसँगै अदालत रहेको बताए ।
।