सर्लाही । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेविंग्स को– आँपरेटिभ सोसाईटी लिमिटेडको शनिबार २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत अर्थिक वर्ष २०८०÷८१ को अवधिमा ५ अर्व, ९२ करोड, १ लाख, ४३ हजार १ सय ६९ रुपैयाको कुल कारोबार विवरण प्रस्तुत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा ४ अर्व, २४ करोड, ७ लाख, ४५ हजार २ सय ३६ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३१ हजार ३ सय ५२ जना शेयर सदस्य मार्फत ३८ करोड, ५२ लाख, ४६ हजार १ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ३ अर्व, ९९ करोड १५ लाख, २२ हजार, ५ सय १४ रुपैया कर्जा लगानि गरेर १० करोड, ५४ लाख, ३१ हजार, ७ सय ३८ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका माहाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
संस्थाले जगेडा तथा अन्य कोष तर्फ ६८ करोड, ३१ लाख, ३० हजार, ६ सय ६९ रुपैयाँ विनियोजन गरि संस्थाको वित्तिय अवस्था बलियो बनाएको छ । संस्थाले यसवर्ष शेयर लाभांस कोषबाट कुल ७.५० प्रतिशत बोनस सदस्यलाई वितरण गरिएको माहाप्रबन्धक चौधरीले जानकारी दिए ।
संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षता भएको कार्यक्रममा विभिन्न बक्ताहरुले जिल्लाकै जेठो सहकारीले हरेक उद्यमकर्मीको सारथी भएर अगाडि बढिरहेकोमा धन्यबाद ज्ञापन गर्दै त्यो क्षेत्रको अझ विस्तार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । आर्थिक मन्दीमा ऋण बुझाउन नसकेका विपन्न ऋणीहरुलाई निश्चित अवधिकालागि स्किम प्याकेज ल्याएर संस्थाले ऋण उठाउनु पर्ने समेत सुझाव दिए ।
संस्थाका प्रशासकिय अधिकृत देवकी सिग्देलद्धारा संचालित कार्यक्रममा संस्थाका उत्कृष्ट शाखा तथा सेवाकेन्द्र, उत्कृष्ट ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवामा रहेको द सहाराको मुख्यशाखा मलंगवा, सम्पर्क कार्यालय सानेपा ललितपुर र सेवाकेन्द्रहरु क्रमस हरिवन सर्लाही, बरहथवा सर्लाही, जनकपुर धनुषा, इटहरी सुनसरी, धरान सुनसरी, कंचनपुर सप्तरी, गौर रौतहट, कलैया बारा, हरिपुर्वा सर्लाही, सिसौट सर्लाही, हेटौडा मकवानपुर, ईश्वरपुर सर्लाही, जलेश्वर महोत्तरी, लहान सिराहा, बिराटनगर मोरङ, दमक झापा, गाईघाट उदयपुर, गडुरा रौतहट, बिरगंज पर्सा, धनकौल सर्लाही तथा सिमरा बारा, निजगढ बारा, लालबन्दी सर्लाही, बर्दिबास महोत्तरी, कमलामाई सिन्धुली, कटारी उदयपुर र राजविराज सप्तरी गरी ३० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ ।
त्यस्तै संस्थाले पोखरिया पर्सा, गौशला महोत्तरी, सुखिपुर सिराहा, गोडैता सर्लाही, शहिदनगर धनुषा र बेलबारी मोरंङबाट पनि सेवा दिदे प्रस्ताव अगाडि सारेको अधिकृत सिग्देबाट जानकारी प्राप्त भएको छ ।
संस्थाको प्रधान र मुख्यशाखा मलंगवा, सेवाकेन्द्र ईटहरी र धरान तथा विरगंजमा निर्माणाधिन भवन रहेको छ भने लहानमा भवन निर्माणको लागि प्रकृया अगाडि बढाउन लागिएको संस्थाका कार्यकारी अध्यक्षले साधारण सभामा प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०८२÷८३ मा ६ अर्व, ३० करोड, ७७ लाख ५० हजार कारोवार गरेर ३१ करोड, १० लाख, २३ हजार खुद मुनाफाको प्रस्तावित योजना सार्वजनिक गरेको छ ।