दैलेख । दैलेखमा यस वर्षको हिउँदे बाली गहुँ छर्ने काम सुरु भएको छ । जिल्लाका हिमाली भु–भागमा गहुँ छर्ने काम पूरा भएपनि पहाडी भु–भागमा कृषकहरुलाई गहुँ छर्ने चटारो छ । तत्काल माटोमा केही चिसोपना हुने र पछि त्यही चिसोपना पनि नरहने भएकाले कात्तिकको पहिलो साताबाट गहुँ छर्न सुरु गरेको ठाटीकाँध गाउँपालिका २ टोमटाल्लाका शेर बहादुर थापाले बताए । आकाशको भर पर्ने हो र ढिलो गहुँ छर्ने हो भने माटोमा भएको ओसिलो र चिसोपना पनि उडिहाल्छ,’उनले भने, ‘अहिले माटो पनि ओसिलो भएकाले समयमै गहुँ छर्ने चटारो छ ।’
दैलेखका पहाडी तथा उच्च पहाडी क्षेत्रमा यो समय गहुँ छर्ने परम्परागत समय भएकोे ठाटीकाँध गाउँपालिका १ खातीगाउँका नौले सुजी बताउँछन् । यो समय गहुँ छर्ने हाम्रो परम्परागत समय पनि हो,’उनले भने, ‘किनकि यस समयको जमिनको अवस्था र मौसमले गहुँको अंकुरण र उत्पादनमा फाइदा पु¥याउँछ ।’
जिल्लामा कृषकहरुले असोज १५ देखि गहुँ छन सुरु गरे कात्तिक १५ गतेसम्म गहुँ छरेर सक्ने कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजुभूज गुप्ता बताउँछन् । जिल्लामा कृषकहरुले असोज १५ गते देखि कात्तिक १५ सम्म पाखो बारीको गहुँ छरेर सक्ने हुन्छ । हालसम्म २० प्रतिशत गहुँ छर्ने काम सकिएको छ ।
कृषकहरुलाई समय समयमा जलवायु परिर्वतनको असरहरुले पनि सताउने गर्छ । कहिले समयमा पानी नपरेर त कहिले बाली काट्ने समयमा अत्याधिक वर्षा सँगै हावाहुरी र असिना पानीले सताउने गर्छ । यो समयमा वर्षा भइरहेकाले कृषकलाई राहत भएकोे छ तर, पुस माघको महिनामा वर्षा नहुँदा उत्पादन घट्ने र बाली कटानको समयमा हावा हुरी असिनाले नोक्सान पु¥याउने गरेको प्रमुख गुप्ताको भनाई रहेको छ ।
जिल्लामा कृषकहरुले करिब १३ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा गहुँ छर्ने गरेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
दैलेखमा ४३ हजार १ सय २१ हेक्टर क्षेत्रफल खेती योग्य जमिन छ तर, पहिलेको तुलनामा अहिले कमै मात्र जग्गामा खेती गर्ने गरेको पाइएको छ । ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल मध्य हाल ३३ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा मात्र खेती भइरहेको छ भने करिब ९ हजार ७ सय ७८ हेक्टर क्षेत्रफलको जमिन बाझोँ रहेको कृषि विकास कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ ।
कृषकलाई सहुलियतमा गहुँको बिउ
यस वर्षको हिउँदे बाली गहुँ छर्ने सुरु भएसँगै कृषि विकास कार्यालय दैलेखले कृषकहरुलाई सहुलियतमा गहुँको बिउ बितरण सुरु गरेको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । जिल्लामा गहुँको उत्पादन बढाउनका लागि उन्नत जातको बिउ आज देखि बितरण गरिएको छ । गहुँ उत्पादन बढाउनका लागि हरेक वर्ष बिउ बितरण गर्ने गरेको कार्यालय प्रमुख गुप्ताले बताए । ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ बितरण गरेका छौँ, ’ गुप्ताले भने ।
यो वर्ष करिब ३८ क्वीन्टल उन्नत जातको गहुँको बिउ बितरण गर्ने कृषि विकास कार्यालय दैलेखको लक्ष्य रहेको छ । अनुदानमा बिउ लिनको लागि कृषकले पहिलेजस्तै जिल्लामै पुग्नुपर्ने बाध्यता नरहेको प्रमुख गुप्ताको भनाई छ । कृषकले गहुँको बिउ पानको लागि पहिलेजस्तै जिल्ला वा कार्यालयमै धाउनु पर्ने बाध्यता हटाएका छौँ,’प्रमुख गुप्ताले भने, ‘कृषकले ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्नका लागि पालिकाको कृषि शाखाबाट प्रस्ताब पेश गर्न सकिने छ ।’
उन्नत जातको बिउ प्राप्त गर्नका लागि बिगतका वर्षहरुभन्दा यो वर्ष बिउ माग गर्नेहरुको संख्या बढेको छ । विगतका वर्ष भन्दा यो वर्ष ४०९ वटा फर्म तथा शहकारीहरुले प्रस्ताब पेश गरेको कृषि विकास कार्यालउ दैलेखले जनाएको छ । पहिले जिल्लामा दुर्गम मानिने ठाटीकाँध गाउँपालिका, नौमूले गाउँपालिका आठबिस नगरपालिकाबाट पनि यो वर्ष ५०÷६० वटा प्रस्ताब आएको कृषि विकास कायलय दैलेखका प्रमुख राजुभूज गुप्ताले जानकारी दिए ।
कृषि विकास कार्यालय दैलेखका अनुसार कृषि विकास कार्यायमा दैलेखमा ५० भन्दा बढी कार्यक्रमहरु रहेका छन् ।