काठमाडौँ । ‘मरे मर्छु, अस्पताल जादैन भगवानले लैजानलाई यस्तो भएको हो’ बिगत छ महिना देखि ओछ्यानमा थला परेका बिर्खबहादुर शाही भन्छन् । बिगत छ महिनादेखि ओछ्यानमै थला परेका छन् उनी तर, उनलाई कुन रोगले थला पारेको छ भनेर चेकजाँच टाढाको कुरा नजिकै गएर चेकजाँच र अस्पतालको कुरा गर्न दिदैनन् । कुरा ग¥यो कि नजिक जान समेत दिदैनन् । नजिक गएर चेकजाँच गरौँ अस्पताल जाऔँ नत्र तिमी मर्छौ भन्दा मरे मर्छु, अस्पताल जादैन भगवानले लिनलाई यस्तो भएको हो भन्दै अन्तिम दिनको प्रतिक्षामा छन् ।
उनी कुन बिरामीले थला परेका हुन भन्ने यकिन जानकारी छ्रैन । चेकजाँच गर्न दिदैनन् । तर, उनमा टिबी (क्षयरोग) वा क्यान्सर भएको हुन सक्ने आसंका भएको राउटे समुदायमा कार्यरत अहेव बिनोद कुमार बिसी बताउँछन् । दिन प्रतिदिन उनको अवस्था नाजुक हुँदै गइरहेको छ उपचार वा चेकजाँच गर्न मान्दैनन्,’उनले भने, ‘उपचार र चेकजाँच गर्नको लागि धेरैपटक प्रयास ग¥यौँ तर, पनि उनलाई र समुदायले मान्दैन ।’
स्वास्थ्यकर्मी बिसीका अनुसार बिर्ख बहादुरको शरिर दिन प्रतिदिन कालो हुँदै सुक्दै गइरहेको छ । दिन प्रतिदिन उनको अवस्था नाजुक हुँदै गइरहेको छ । हामीले उनलाई अस्पताल लैजान हर प्रयास ग¥यौँ तर, पनि हाम्रा प्रयासहरु असफल भए हामीले सकेनौँ,’ अहेव बिसीले भने ।
गएको चैत्र महिनाबाट बिरामी भएर ओछ्यानमा थला परेका बिर्ख बहादुर शाहीको अवस्था दिनहुँ नाजुक बनिरहेको छ । तर, पनि चेकजाँच र उपचार गर्नको लागि उनी नै मान्दैनन् । छ महिनासम्म ओछ्यानमै थला पर्दा पनि नत बिर्ख बहादुरलाई आफ्नो ज्यानको माया छ नत समुदायलाई बिर्खबहादुरको माया । यसरी थला पर्नुको कारण भगवानले लैजानलाई यस्तो भएको बिर्ख बहादुर स्वंम आफै बताउने गरेका छन् ।
राउटे समुदायलाई उपचारमा विश्वास दिलाउन उपचारमा उत्पेरित गर्नुपर्ने प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन् ।
बिगत छ महिना देखि बिरामी परेर ओछ्यानमै थला परेका बिर्ख बहादुर शाहीले उपचार पाए निको हुन सक्थे । तर, राउटे समुदायको आफ्नो संस्कृती र सरोकार निकायको व्यवास्ताले बिर्ख बहादुर शाही भने भगवानले लैजानकै लागि यस्तो बिरामी भएको भन्दै भगवानले लैजाने दिनको प्रतिक्षामा दिन रात ओछ्यानमा छट्पटिरहेका छन् । तर, यस विषयमा सरोकारवाला निकायलाई जानकरी समेत छैन ।
समुदायमा बिगत छ महिनादेखि बिर्खबहादुर शाही थला परेकोबारे कतैबाट जानकारी नपाएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमख जिल्ला अधिकारी खिमराज भुसाल बताउँछन् । हामीलाई मदिरा बारेको जानकरी भएको थियो त्यस्को लागि हामीले सचेतना कार्यक्रम गर्दै आएका छौँ र राउटेलाई मदिरा विक्रि बितरण गरेमा कार्वाही गर्ने निर्णय गरेका छौँ,’उनले भने, ‘ केही समय अघि म आफै पनि राउटे समुदायमा पुगेको थिए । राउटे युवा बिर्खबहादुर शाहीको बारेमा बसैले बताएनन् । त्यस विषयमा म आजै बुझ्छु ।’
पहिलेभन्दा अहिले राउटे समुदायमा समस्याहरु बढ्दै गएको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अध्यक्ष सत्य देवि खड्का बताउँछिन् । पहिले आफू राउटे समुदायसँगै रहेर काम गर्दा अहिले जस्तो समस्या थिएन । तर, पछिल्लो समय समस्या बढ्दै गएको उनले बताइन् ।
पहिले आफूले समुदायको हितमा काम गरिरहेको बेला आफूलाई समुदायबाट अलग गराएको खड्काको गुनासो छ । पहिले म समुदायसँग हुँदा समस्या थिएन । बिरामी हुँदा काठमाडौँ ल्याएर सम्म उपचार गर्थे,’उनले भनिन्, ‘तर, अहिले बिर्ख बहादुरको कुरा सुनेर दुःखी छु । म एक÷दुइदिनमै राउटे समुदाय भएको ठाउँमा पुग्छु ।’