काठमाडौँ । परेवा उडेको दृश्यले इन्द्रा देविलाई मनमोहक बनाउँछ । भुर्रभुर्र परेवा उडेको दृश्य हेर्दै इन्द्रा देविले परेवापालन व्यवसाय थालेको चार वर्ष भयो । पाँच जोडीबाट परेवा पालन सुरु गरेकी सर्लाहीको धनकौलकी इन्द्रा देविसँग अहिले एकसय भन्दा जोडी परेवा छन् । शान्तिको प्रतिक मानिने परेवाको भुुर्र भुर्र उडेको दृश्य हेर्दै मनमा शान्ति छाउँदै दिनरात परेवापालन व्यवसायमा लाग्ने गरेको उनी बताउँछिन् ।
चमेलीबाट ऋण लिएर परेवापालन व्यवसाय सुरु गरेको चार वर्षे यात्रामा पाँच जोडी परेवापालनबाट एकसय जोडी बनाएकी छन् । चमेलीबाट ऋण नलिनु पहिले उनका श्रीमानले मिस्त्रीको काम गर्ने र आफुले भैँसी पाल्ने गरेको उनी बताउँछिन् । चमेलीबाट सुरुमा ८० हजार ऋण माग गरेर ऋण लिएकी उनले दोस्रो पटक ऋण लिएर परेवा पालन व्यवसाय गरेको बताउँछन् । पाँच जोडीबाट परेवापालन व्यवसाय सुरु गरेकी उनले अहिले सय जोडी भन्दा बढी परेवा रहेका छन् ।
सुरुमा घरको आर्थिक अवस्था कमजोर भएकी इन्द्रा देविको अहिले आर्थिक अवस्थामा परिर्वतन आएको छ । सुरु सुरुमा घरको आर्थिक अवस्था कमजोरकै कारण आफ्ना विभिन्न इच्छाबाट बञ्चित भएकी उनले अहिले आफुले चाहेका इच्छाहरु पुर्ति गर्ने गरेको उनी बताउँछिन् । परेवापालनसँगै उनले अन्य व्यवसाय गर्न पनि भ्याएकी छन् ।
परेवापालन व्यवसायसँगै भैँसी पालन, बाख्रापालन समेत गरेको उनी बताउँछिन् । यति मात्र नभएर शान्तिको प्रतिक मानिने परेवा पालन व्यवसाय थालेदेखि उनको घरमा शान्तिको बास भएको उनी बताउँछिन् । परेवापालन व्यवसाय नजगर्नुपहिले व्यवसायमा यस्तो सफलता मिलेको थिएन',उनले भनिन, 'अहिले जुन व्यवसायमा हात हाल्यो त्यही व्यवसायमा राम्रो हुँदै गएको छ ।'
इन्द्रा देविले परेवा पालन सँगै बाख्रापालन व्यवसाय र भैँसीपालन व्यवसाय गरेकी छन् भने उनका श्रीमान मिस्त्री काम गर्ने गरेको उनी बताउँछिन् । परेवा पालन व्यवसाय गरेकी उनले मासिक ४० जोड परेवा बेचेर मासिक २० हजार आम्दानी हुने गरेको उनी बताउँछिन् ।
त्यस्तै उनका श्रीमानले गाउँगाउँ र घरघरमा पुगेर दमकल र पंखा बनाउने काम समेत गर्ने गरेको उनी बताउँछिन् ।
उनका एउटा छोराले मोटरसाइकल ग्यारेज चलाउछ भने अर्कोले मिल दोकान समेत चलाउँदै आएको छ । परेवा पालन व्यवासाय थाले देखि उनको घरमा सबैजना व्यवसायि बनेका छन् ।
परेवा पाल्न थालेको चार वर्ष भयो । महिनामा ४० जोडी परेवा बेचेर २० हजार सम्म हुने गरेको उनी बताउँछिन् ।
परेवा सँगै उनले ७ वटा बाख्रा, भैँसी, पालेकी छन् । एटा छोराले मोटरसाइलकल चलाउछ अर्कोले मिल दोकान चलाउँछ । श्रीमानले गाउँगाउँमा गएर दमकल, पंखा बनाउछन् । पहिले आर्थिक अवस्था दयनिय थियो । चमेलीाट ऋण लिएर व्यवसाय गर्न थाले देखि अवस्थामा परिर्वतन आएको छ ।