काठमाडौँ । दैलेखका टेक बहादुर खड्का पहिले राजगारीका लागि भारतमा जान्थे । २०५२ सालबाट भारत जान सुरु गरे । भारतमै करिब २५ वर्ष बिताए । करिब २५ वर्ष भारतको मुम्बईमा सुरक्षा गार्ड भएर बिताए ।
२५ वर्षसम्म घरपरिवारसँग छुट्टिएर उतै बसे । त्यहीको कमाईले दुइ छोरा र एक छोरी पढाए । घरजहानको पालनपोषणका लागि लामो समय भारत बसेपछि अन्त: उनी नेपाल फर्किने निधो गरेर केही उद्यम गर्ने सोच बनाए । लामो समयसम्म घरपरिवारबाट छुट्टिएर टाढा बसेका उनी अन्त नेपाल फर्के । आफ्नै देशमा सुख दुःख गरेर परिवारसँग बसेर देशमै केही गर्छु भनेर नेपाल फर्केको उनी बताउँछन् ।
दैलेखको दुल्लु नगरपालिका २ बोडका ५९ वर्षका टेक बहादुर खड्काले रोजगारीका लागि बालोजोबन र युवाअवस्था भारतमै बिताएका टेक बहादुर दश वर्ष अघि दश वर्ष अघि ५० वर्षको उमेरमा स्वदेश फर्के । लामो समय परदेश बसेर भारतबाट स्वदेश फर्केका टेक बहादुरले आफ्नै देशमा केही उद्यम गर्ने सोच बनाए । र उनले आफ्नै गाउँमा मौरीपालनको सम्भावना देखे । व्यवसायिक तरकारी खेती हुँदै बाख्रापालन, भैँसीपालनको समेत राम्रो सम्भावना देखेपछि सम्भावित व्यवसाय सुरु गरे ।
भारत भन्दा नेपालमै सम्भावना देखेपछि भारतबाट स्वदेश फर्केका उनले मौरीपालन, व्यवसायिक तरकारी, भैँसीपालन व्यवसाय रोजेको उनी बताउँछन् । भारत जादा आउँदा नै उमेर ढल्केको पत्तै भएन',उनले भने,उमेर ढल्कदै गयो । अवस्था उस्तै थियो । भारत नगए खानलगाउन नसकिने । त्यसपछि स्वदेशमै केही गर्नुपर्छ भन्दै नेपालमै व्यवसाय रोजेँ ।'
भारतमा जान छोडेर २०७१ सालमा व्यवसाय सुरु गरेका उनी अहिले स्वदेशमै व्यवसायमा जमेका छन् । उनले अहिले मौरीपालन, व्यवसायिक तरकारी खेती गर्दै आएको उनी बताउँछन् । भारतबाट फर्केर व्यवसायिक तरकारी खेती सँगै मौरीपालन व्यवसाय गर्दै आएको छु',उनले भने, 'पहिले देखि नै भारत नगएर यहीँ व्यवसाय गरेको भए अहिले धेरै राम्रो हुन्थ्यो, ढिलै भए पनि समयमै सुरु गर्दा खुशी छु ।’
करिब २५ वर्ष लामो समय भारतमा बिताएका उनी समयमै नेपाल फर्केर व्यवसाय गर्न नसक्दा भने अहिले उनलाई पछुतो लागेको छ ।
करिब ९ रोपनी जग्गामा केराखेती समेत गरेका उनले केराका थाम सुम्सुम्याउँदै', उनले भने, ‘सोसेक नेपालले नयाँ जोश र उत्साह थपेको छ । यो जोश र उत्साहसँगै भारतमा बिताएका वर्षहरु पनि यहाँ बिताउँन पाएको भए झनै उत्साहित हुँदै व्यवसाय गर्थेहोला सोच्दै कल्पनामा हराउँछु ।’
सोसेक नेपालद्वारा दुल्लु नगरपालिकामा ग्रिन कर्णाली परियोजना संचालनमा रहेको छ । ग्रिन कर्णाली परियोजना अन्र्तगत उनलाई मौरी सहितका आधुनिक घार समेत सहयोग पाएका छन् । ५ वटा आधुनिक घार, र ५ वटा खाली घार गरेर दश वटा घार सहयोग पाएपछि झनै मौरीपालन व्यवसायमा नयाँ जोशका साथ लागि परेको उनी बताउँछन् । सोसेक नेपालले आधुनिक र खाली गरेर दशवटा घार सहयोग गरेको छ',उनले भने, 'अहिले गोला विवाजन गरेर १० वटै घारमा मौरी रहेका छन् ।’
खड्काले पहिले मुढे घारमा मौरी पालन गर्दै थिए सोसेक नेपालले मौरी सहितको आधुनिक घार दिएपछि मौरीपालन व्यवसायमा नयाँ जोशका साथ अघि बढ्ने बताउँदै सोसेक नेपालाई धन्यवाद समेत दिए ।
भारताट फर्केर व्यवसायमा रमाएका खड्का अहिले मौरीपालन, व्यवसायिक तरकारी खेती, केरा खेती व्यवसाय गर्दै आएका छन् । सबै व्यवसायबाट घरखर्च चलाएर वार्षिक एकलाख बचत गर्ने गरका छन् ।
रोजगारी का लागि भारत गएका टेक बहादुरले भारतमा धेरै मेहनेत गरेता पनि उनको भारतमा राम्रो कमाई भएन त्यसपछि उनी नेपाल फर्केर गाउँ घरमै तरकारी खेति मौरी पालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
भारतबाट गाउँ फर्केर व्यवसायिक कृषि खेतीमा होमिएका उनले मौरीपालनसँगै, बाख्रापालन, भैँसीपालन, केरा खेती समेत गर्दै आएको उनी बताउँछन् । लामोसमयसम्म सुरक्षा गार्डको काम गरेर नेपालमै व्यवसाय रोजेँ,उनले भने,अहिले ९ रोपनी जग्गामा केरा खेती, मौरीका १० वटा घार, १२ वटा बाख्रा रहेका छन् ।’