काठमाडौँ । दिउँसोको उखरमाउलो गर्मि । गर्मिका कारण असिनपसिन भएको जिउ । त्यही असिनपसिनमै फूलखेती सुम्सुम्याउनमा व्यस्त थिइन् सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर –१ कि सुकुनी देवि महतो । पहिले आर्थिक अवस्था कमजोर भएकी सुकुनी देवि महतो अहिले उनको आर्थिक अवस्था बद्लिदै गएको छ ।
सुकुनी दम्पतीले सुरुमा खेतीपाती गर्दै आएका थिए । खेतीपातीबाट राम्रो आम्दानी नभएपछि श्रीमानलाई बिदेश पठाइन् । श्रीमान बिदेश पठाएपछि सुकुनीको भेट चमेली बचत तथा ऋण सहकारी संस्थासँग भेट भयो । सहकारीसँग भेटभएपछि सहकारीबाट ऋण लिने सोच अनुसार नयाँ व्यवसाय गर्ने सोचले ऋण लिइन् । अनि त्यही दिनबाट सुरु भयो सुकुनी देविका सुखका दिन । उनले खेतीपातीबाट राम्रो आम्दानी नभएपछि पुष्प खेती रोजेपछि आर्थिक अवस्था सहज बन्दै गएको बताउँछिन् । पहिले दुइ दम्पती मिलेर खेती किसानी गथ्यौँ खेतीपाती राम्रो नभएपछि श्रीमानलाई बिदेश पठाएँ, उनी भन्छन्, श्रीमानलाई बिदेश पठाएर आफुले यता पुष्प व्यवसाय सुरु गरेँ ।'
सहकारीले खण्डर जीवन बनाएको अहिलेको समयमा चमेली सहकारीले सर्लाहीका ऋणि उद्यमीहरुका जीवनमा आर्थिक त्राण भरेको छ । त्यही मध्यकी एक हुन सुकुनी देवि महतो । उनी जस्तै सर्लाहीका धेरै ऋणिहरुका जीवनमा प्राण भरेको छ । बेरोजगार बचतकर्ता भन्दा स्वरोजगार ऋणि संस्थाका सम्पत्ती मान्ने चमेलीले आफ्ना सदस्यहरुलाई उद्यमी बन्न प्रेरित गरिरहेको छ ।
चमेलीसँग जोडिएको पाँच वर्ष भयो । पहिले आर्थिक रुपमा निकै कमजोर उनको अवस्था अहिले बद्लिदै गएको छ । आफैसँग जम्मा गरेर राखेको र चमेलीबाट एक लाख ऋण लिएर ११ कट्ठा लिजमा लिएकी उनले पुष्प व्यवसाय गर्दै अएकी छन् । रहरै रहरमा पुष्प व्यवसाय रोजेकी सुकुनी देवि महतोले एक सिजनमा एक लाख देखि एक लाख ५० हजारसम्म कमाउदै आएको बताउँछिन्
सुरुमा सहकारीमा जोडिदै गर्दा खाद खरिद गर्नको लागि उनले ऋण लिएकी थिइन् । श्रीमान एकपटक बिदेश गएर फर्केपछि फेरी अहिले बिदेश पठाएको उनी बताउँछिन् ।
खादबाट पनि राम्रो नभएको र अहिले पुन श्रीमानलाई बिदेश पठाएको र आफुले पुष्प व्यवसाय गर्दै आएको उनी बताउँछिन् । करिब ११ कट्ठा जग्गा लिजमा लिएर त्यही जग्गामा पुष्प व्यवसाय गर्दै आएकी छुु,उनले भनिन्, ‘केही आफ्नो र केही लिजमा जग्गा लिएर ११ कट्ठामा फूल खेती गरेकी छु । १ वर्ष देखि पुष्प व्यवसाय गर्दै आएकी छु ।’
आफूसँग जम्मा गरेर राखेको र बाँकी चमेलीबाट ऋण लिएर पुष्प व्यवसायमा जम्दै आएकी छन् । एक लाख लगानी गरेर फूल खेतीबाट एउटा सिजनामा मात्र दुइ देखि दुइलाख ५० हजारसम्म आम्दानी गर्ने गरेको उनको भनाई छ ।
पुष्प व्यवसायमा उनी मात्र एक्लि छैनन् उनलाई पुष्प व्यवसायमा उनीसँगै उनका सासु ससुराले समेत सहयोग गर्दै आएका छन् । पुष्प व्यवसाय सँगै सुकुनी देविले मकै गहुँ पनि लगाउने गरेको बताउँछिन् ।
सुकुनी देविका अहिले दुइवटा छोरा र एउटा छोरी छन् । पुष्प व्यवसायबाट आम्दानी गरेको पैसा अन्य ठाउँमा समेत लगानी गर्ने गरेको उनी बताउँछिन् । पुष्प व्यवसायबाट आम्दानी भएको पैसाबाट घरव्यवहार चलाउने, छोराछोरिको शिक्षा र सहकारीको ऋण तिर्ने गरेकी छु',उनले भनिन्,‘सबै खर्च चलाएर वार्षिक दुइ देखि दुइलाख पचासहजारसम्म आम्दानी गर्ने गर्छु ।’
पहिले खेतबारीमा धान गहुँ खेती गर्दै आएकी उनले धान गहुँ बालीबाट सोचे अनुसारको नाफा नभएपछि पुष्प व्यवसाय थालेको उनको भनाई छ । खेतीबाली लगाएँ त्यसबाट राम्रो आम्दानी भएन र पुष्प व्यवसाय रोजेँ,’उनले भनिन्, ‘सुरुमा पुष्प व्यवसाय पनि हुन्छ हुँदैन दोधारमै थिएँ । दोधार हुँदा पनि रहर मानेर रहरैरहरमा केही खेतबारीमा फुल रोपे त्यसले राम्रै नाफा दियो । त्यसपछि खेतीबारी गर्नुभन्दा फुल खेती गर्नुपर्छ भनेर फुलखेती गर्न थालेको हुँ ।’
पहिले खेतबारीमा गहुँ मकै लगाउने उनले रहरै रहरमा फुल खेती गरेपछि अहिले राम्रो आम्दानी गर्दैै आएकी छन् । पहिले अरु व्यवसाय गरेकी सुकुनीलाई अहिले पुष्प व्यवसाय निकै फापेको उनी बताउँछिन् ।
उनका श्रीमान बिदेश छन् । उनका श्रीमानले बिदेशमा कमाउने भन्दा आफुले नेपालमै कमाउने गरेको उनको भनाई छ ।
श्रीमानको बिदेशमा कमाउने पैसा भन्दा मैले नेपालमै पुष्प व्यवसायबाट कमाउछु,’उनी भन्छिन्, ‘ श्रीमानले बिदेशबाट पठाएको पैसा “गार्जेन”लाई हुन्छ, र मैले आफूले पुष्प व्यवसायबाट कमाएको पैसा मलाई हुन्छ ।’
पुष्प व्यवसाय गर्दै आएकी सुकुनी देविलाई पुष्प व्यवसायको बजारीकरण गर्नका लागि बजारको समस्या छैन । उनलाई उत्पादित फूल बिक्रिका लागि बजारको कुनै समस्या छैन । फुल किन्ने ग्राहकहरु घरमै आउने गरेको उनी बताउँछन् । ‘मलाइ फुल बेच्न बजार जानु परेको छैन अहिलेसम्म ग्राहकहरु फूल किन्नलाई यहीँ आउने गर्दछन्',उनले भनिन्, ‘ग्राहकहरु घरमै फूल किन्न आउन थालेपछि आफ्नो व्यवसाय सँगै समय पनि बचत भएको छ ।’