काठमाडौँ । दिउँसोको उखरमाउलो घाम । त्यही उखरमाउलो पसिना छुट्ने घाममा गर्मिको ताप र आगोको राप सँग पौठेजोरी खेल्नु सुनिता देविको दैनिकी हो । चन्द्रनगर गाउँपालिका -५ सर्लाहीकी सुनिता देवि सिंहको यो दैनिकी बनाएकी छन् ।
घामको ताप र आगोको रापमा पिल्सीदै संघर्षको मैदानमा उत्रिएकी सुनिता ढुक्क छिन् दुःख र मेहनतको फल मिठो हुन्छ भनेर । उसै अनुसार बिहान देखि साँझसम्म निरन्तर आफ्नो कर्ममा उनी खटिन्छन् । उनीसँगै उनलाई साथ दिनको लागि उनका श्रीमान शिपेन्द्र सिंहले भरपुर साथ दिएका छन् । पहिले साँझ बिहान छाक टार्न मुस्किल हुने यो परिवार अहिले सुख सँग दिन बिताउँदै आएको सुनिता देवि बताउँछन् । सम्पुर्ण किसिमका बेकरी आइटम उत्पादन गर्छन ।
चन्द्रनगर गाउँपालिका वडा नम्बर ५ चन्द्रनगर सलार्हीका सुनिता देवि दम्पति नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले अहिले नेपालमै व्यवसाय थालेको बताउँछिन् । सुरुमा घरव्यवहार चलाउनै मुस्किल हुने सुनिता देवि दम्पतिलाई श्रीमान दिल्ली गएपछि केही सहज भएको थियो । तर, बचत नहुने सुनिता देविको भनाई छ । पहिले हाम्रो घरको अवस्था निकै नाजुक र दयनीय थियो',सुनिता भन्छिन्, 'श्रीमान रोजगारीको सिलसिलामा दिल्ली जानुभयो । भाग्यबस उहाँले त्यहाँ बेकरीमा काम गर्नुभयो । त्यो सिकाइ नै हाम्रा लागि व्यवसायको तालिम केन्द्र बन्यो । अनी सुरु भयो हाम्रो नयाँ जीवनको नयाँ अध्याय ।’
सुनिता देविका श्रीमानले उतै दिल्लीमा गएर पाउरोटी सम्बन्धी तालिम लिए । केही समय उतै काम गरी केही पैसा कमाएर उनका श्रीमान नेपाल फर्किए । नेपालमै केही गर्छु भन्दै दिल्लीमा लिएको तालिमले यहीँ एउटा सानातिनो पाउरोटी उद्योग संचालन गरे ।
दुःख सुख र कठिन मेहनतले पाउरोटी उद्योग राम्रै चल्यो । पाउरोटी उद्योग राम्रै चलेपनि थप लगानी गर्ने उनीहरुसँग स्रोत थिएन । स्रोत नहुँदा उनीहरु स्रोतको खोजीमा बैंकमा भौतारीदै डुलिरहे तर, कतैबाट पनि ऋण पाउन नसकेको सुनिता देवि सम्झिन्छन् । उनी भन्छिन्,‘पाउरोटी उद्योगमा लगानी गर्ने पैसा नभएर थप स्रोतको खोजीमा भौतारियौँ । सबै बैंकहरुमा पुग्यौँ तर, कसैले ऋण हामीलाई पत्याएन उल्टै तिमीहरु त्यो सानो पाउरोटी उद्योगले कसरी ऋण तिछौँ ऋण दिन सकिदैन भन्दै पठाउथे ।’
चमेलीको साथ पाएपछि फस्टायो व्यवसाय
पाउरोटी उद्योगलाई थप बिस्तार गरेर थप संघर्ष गर्न तम्सिएका सुनिता देवि दम्पतीलाई कसैले कतैबाट ऋण नपाएपछि अन्तः उद्योग बन्द हुने अवस्था जस्तै बनेको थियो । ऋणको लागि बैंकमा हिड्दा हिड्दा थाकेका सुनिता दम्पतीले हार मानेका थिएनन् ।
कसैको साथ नपाएका र बैंक जादाजादा थाकेका यि दम्पतीका लागि नयाँ आशा बनेर आयो चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड । उक्त संस्थाबाट सुरुमा ४० हजार ऋणबाट सुरुवात गरेको पाउरोटी उद्योग यात्रा गरेका सुनिता देवि दम्पतीले चमेली सहकारीबाट पटक पटक गरेर ८० हजार हुँदै तीन लाखसम्म ऋण लिएर संचालन गरेको बताउँछन् । पाउरोटी उद्योगबाट मनग्य आम्दानी गर्दै बचत गर्दै उद्योगलाई थप बिस्तार गर्नका लागि करिब साढे ९ लाखमा पाउरोटी पकाउने (ओभन) खरिद गरेको सुनिता देवि बताउँछन् ।
साइकल देखि बाइक हुँदै घडेरीसम्म
संघर्षशील जीवनबाट मोडिएका सुनिता देवि दम्पतीका दुःखबाट सुख दिन आउन लागेका छन् । सुरुमा घरको आर्थिक अवस्था नाजुक भएका उनीहरुले आफ्नो लगाव मेहनत, संघर्षले अहिले पहिलेका दुःखका दिन फेरीएर सुखका दिनहरु आउन थालेको बताउँछन् । पहिले निकै अप्ठेरो र साँझबिहान के खाउ के लगाउ थियो तर, अहिले दिन बद्लिएका छन्', उनले भनिन्, अहिले साइकलमा पाउरोटी बेच्दै बाइक हुँदै घडेरीसम्म जोडेका छौँ ।'
पहिले पहिले पाउरोटी साइकलमा राखेर डुलाउदै बिक्रि गर्ने उनीहरुका दिन फेरिएसँगै सुखका दिन सुरु भएका छन् । उनका दुइ छोरा र एक छोरी सहित पाँच जनाको सुखि परिवार छ । मासिक ५० हजार बचत संह दम्पतीले पाउरोटी उद्योगबाट बालबच्चाको शिक्षा सँगै घरखर्च चलाएर मासिक ५० हजार बचत गर्दै आएको बताउँछन ।
पाउरोटी उद्योगलाई आगामी दिनमा अझै थप बिस्तार गरेर लैजाने यो दम्पतीको योजना रहेको छ । आगामी दिनमा अझै मिक्सर, ओभन, चिनी पिस्नेवाला मेसिन लिएर अझैँ फराकिलो रुपमा पाउरोटी उद्योगलाई बिस्तार गर्ने योजना र सोच रहेको छ’, सुनिताले भनिन्, ‘अझै हामीलाई चार ÷पाँच लाखको आवश्यक्ता परेको छ । उद्योगमा अर्झैँ पाउरोटीबाहेक, केक र विस्कुट बनाउने मेसिन थप्ने सोच हामीले बनाएका छौँ ।’ उनी बताउँछिन् । स्वदेशमैै लगानी गर्ने र स्वदेशमै भविष्य बनाउने सोच रहेको उनीहरु दम्पती बताउँछन् ।
अहिले उनको परिवारमा दुइवटा छोरा र एउटा छोरी सहित पाँच जनाको परिवार रहेको छ । ठुुलो छोरा १० कक्षा, माइली छोरी ९ कक्षा र कान्छो छोरो ८ कक्षामा अध्यनरत छन् । छोराछोरीलाई पढाएर भविष्यमा डाक्टर पढाउने सपना छ । त्यस्तै छोरी पनि ठुलो भएर पढेर डाक्टर बनाउनेसुनिता देविको सपना छ । पढेर भविष्यमा सरकारी जागिर खान्छन् कोही मास्टर छन् मत छोरीलाई डाक्टर बनाउने इच्छा रहेको,’उनी भन्छिन्, ‘उद्योगबाट जम्मा भएको पैसा यतै स्वदेशमै लगानी गरेर सबैजना नेपालमै रमाएर बस्ने हो ।’