हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् ।
यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन । हिँड्दा तपाईँको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ साथै तपाईँको हड्डी पनि मजबुत हुन्छ । हरेक दिन १५ हजार कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुनसक्छ ।
हिँड्नुका फाइदाहरू यस्ता छन्
–हरेक दिन हिँड्दा तपाईँको मुटु बलियो हुन्छ । रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ । यसले मुटुको रोग र स्ट्रोकको खतरा कम हुन्छ ।
–हिँड्दा क्यालोरी बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । यसरी मोटोपनबाट जोडिएका डायबिटिजजस्ता रोगहरूबाट बच्न सकिन्छ ।
– नियमित रूपमा हिँड्दा तपाईँको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ । यसले तपाईँलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ ।
–हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईँले शरीरको भार उठाउनुपर्छ । यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ । यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा कम रहन्छ ।
–व्यायाम गर्दा एन्डोर्फिन नामक रसायन निस्कन्छ । यसले तनाव र डिप्रेसनलाई कम गर्छ । नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ ।
–हिँड्दा शरीरमा रक्तसञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले तपाईँको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाई चुस्त र दुरुस्त महसुस गर्नुहुन्छ ।
–हरेक दिन हल्का व्यायामले रोग प्रतिरोधात्मक क्षमतामामा वृद्धि हुन्छ ।
–नियमित रूपमा हिँड्दा टाइप २ डायबिटिज र मेटाबोलिक सिन्ड्रोमजस्ता दीर्घकालीन रोगका खतरा कम हुन्छन् ।