काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर । केही समय पश्चिमतर्फ मोडिए पुगिन्छ उत्तरगंगा मन्दिर । वीरेन्द्रनगर ३ उत्तरगंगासँगैको बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्मभित्र काक्रा, टमाटर लगायतका तरकारी लटरम्म फलेका छन् । त्यहीँ लटरम्म फलेको फर्म सुम्सुम्याउदै छन्, जीवन गिरी । उमेरले २९ वर्ष पुगेका उनी सोही फर्ममा भविष्य कोर्दै छन् ।
आइएसएजि सकेर स्नातक तह अध्ययनरत उनी करिब एक विघा जग्गामा व्यावसायिक खेती गर्दै आएका छन् । बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्म दर्ता गरी दश वर्षका लागि भाडाको जमिन लिएर तरकारी खेती गर्न थालेको उनी सुनाउँछन् ।
उनले चारवटा टनेलमा काक्राँ, टमाटर, गोलभेँडा लगायतका अर्गानिक तरकारी लटरम्म फलाएका छन् । साथै आलु, खुर्सानी, प्याज, सिमि, ग्याठ गोभि, चिप्ले भन्टा लगायतका तरकारी पनि लगाएको उनले सुनाए । व्यवसायिक तरकारी खेतीबाट वार्षिक तीनदेखि चार लाख आम्दानी गर्दै आएको उनी बताउँछन् ।
यति मात्र नभएर उनले कृषि विकास निर्देशनालय र साना किसान सहकारी संस्था लि साझेदारीमा भेरिगङगा जातको गहुँको बिउ दशरतपुर कृषि अनुसन्धान केन्द्रले उत्पादन गरेको मुल बिउलाई उन्नत बिउ बनाउने र कृषकलाई लगाउनको लागि तयार हुने बताउछन् ।
कमाउदै पढदै
२०५८ सालदेखि नै गिरी परिवार कृषिमा रमाउदै आएका थिए । बुबा आमाले गरेको देखेरै व्यवसायिक कृषि खेती गर्नुपर्छ भन्ने योजना उनले बनाए । आफू सानैदेखि आमा बुबासँगै बारीर बजार पुग्ने गरेको उनले बताए ।
उनका बुबा आमाले २०५८ सालमै जनचेतना नर्सरी फलफुल फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेका थिए । सुरुमा स्थानीय फलफुलका बोट विरुवा लगाउने र अरुलाइ बेच्दै आउथेँ । पछि आमाबुबालाई पनि सघाउन थालेँ, उनले भने ।
उनी तीन कक्षामा अध्ययन गर्दादेखि नै भ्याएसँग आमाबुबालाई सहयोग गर्ने गरेको सम्झन्छन् । सानैदेखि कृषिमा रमाउन सक्ने भएकोले आधुनिक रुपमा राम्रोसँग तरकारी खेती गरेको उनको अनुभव छ ।
२०७० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका उनीसँग कृषि कर्ममै केही गर्ने हुटहुटी रहेको बताउँछन् । सोही हुटहुटीले कृषि पढ्न कालीकोटबाट दाङ पुगे । परिवारले पनि कृषि नै पढूँन भन्ने चाहानुहुन्थ्यो । मैले पनि खोजीखोजी कृषि नै पढ्ने सोच बनाए, उनले भने, दाङको राप्ती प्राविधिक शिक्षालयमा कृषि पढ्न प्रवेश परीक्षा दिए । तर वैकल्पिकमा परेँ ।
कृषि पढ्ने बाटो बन्द भएपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं पसेको उनले बताए । उनले केही समय होटेल र रेष्टुराँमा काम गर्न भ्याए । काम गर्दै पढ्दै गर्दा दुई बर्षपछी सिटिभिटिले छात्रवृत्ति कृषि अध्ययनको लागि कोटा खुलायो । परीक्षामा सहभागी भएर नाम निकाल्न सफल भएँ', उनले भने', रोल्पाको नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा पढेँ । विद्यालयमा सामुहिक रुपमा प्रयोगात्मक तरकारी खेती गरेको उनले सुनाए । पढाई सकेसँगै पुनः तरकारी खेतीमा उनी फकिए ।'
सुर्खेतमा वसन्त अर्गानिक कृषि तथा पशुपन्छी नाम गरेर २०७६ मा दुई बिघा जग्गा लगेर काम सुरु गरेको उनले बताए । एक वर्ष त सो क्षेत्रको वातावरण नै बुझ्न लागेको उनले बताए उनले एक बर्षको लगानीबाट जग्गाको भाडा मात्रै तिरे । फर्ममा घेरबार नभएकाले छाडा पशु चौपायाले बाली नष्ट गरेको उनले बताए । राती १२ बजेसम्म त गाईवस्तु धपाउनुपथ्र्यो, उनले भने, केही समय नयाँ ठाउँ खोजेर तरकारी खेती गर्न थालेँ ।
उनले स्थानीय तहले कृषि गर्नेलाई अनुदान कार्यक्रम ल्याएपनि वास्तविक कृषकले नपाएको बताए । कृषि कर्म गर्नेभन्दा गैरकृषकले अनुदान पाएकोमा उनले दुखेसो पोखे । ‘हामी कृषकका नाममा ठुलाबडा भनिनेहरुकै वरिपरिकाले अनुदान पाउँछौँ तर, हामी पाउदैनौँ, उनले भने ।
पछिल्लो समय सिंचाईँ अभावका कारण समस्या भइरहेको बताए । यहाँ सिचाईँको अभाव भइरहेको छ । भएका इनार पनि सुक्दै गएपछि पानीको ठुलै अभाव हुन थालेको छ', उनले भने, 'पानीको समस्या समाधान भएको भए र जग्गा भाडामा लिएका उद्यमीलाई सरकारले भाडाको व्यवस्था गरिदिएको भए निकै सहज हुने थियो ।'