काठमाडौँ । कुनै समय थियो । गाउँमा सबैको घरघरमा भैँसि पालेका हुन्थे । सबैको घरघरमा काठले बनेका भाडाहरुमा प्रस्त दही, दुध मोही पाइन्थ्यो । तर, पछिल्लो समय बढ्दो प्लाष्टिकका भाडाको प्रयोेग बढ्दै गएपछि काठले बनेका आर्कषक ठेगी मदानी लोप हुने अवस्थामा पुगेका छन् ।
पहिले गाउँघरमा परसस्त रुपमा पाउने ठेकीहरु अहिले कमै पात्र देख्न पाइन्छ । काठको अभाव, खर्च बढी लाग्ने भएका कारण पनि लोप हुँदै गएको जानकारहरु बताउँछन् । अर्को समस्या भनेको काठका भाडाकुडा बनाउन कुनै पनि सरकारले प्रोत्साहन नगरेका कारण पनि समस्या रहेको जानकारहरुको भनाई छ । बढ्दो महंगी, बजारमा आएका आधुनिक सामाग्रिले पनि त्यस्ता भाडाहरु ओभेलमा पर्दै गएका छन् ।
पहिले पहिले घर प्रत्येक एक÷एक वटा देखि पाँचवटा सम्म भैसि पाल्ने किसानहरु पनि भैँसी पाल्न छोडेका छन् । त्यही मध्यका एक हुन दैलेखको ठाटीकाँध गाउँपालिका २ का कलम थापा । आफ्ना
पहिलेका पुराना दिन सम्झिनै उनी भन्छन्, ‘जुग जमाना भनेका त पहिलेकै राम्रा । अहिलेका त के का जुग जमाना सबैमा विष मात्र हुन्छ ।’
पहिले उहाँले घरमा दुइ तीनवटा भैँसी पाल्नुहुन्थ्यो । त्यही अनुसार दही दुधसँगै त्यही अनुसार काठका भाडाकुडा प्र्रस्त हुन्थे । तर, पछिल्लो समय बजारमा आउने प्लाष्टिकको भाडा प्रयोगमा आउन थाले र काठमा भाडा लोप हुन थाले पछि चिन्तित छन् । विगतको स्मरण गर्दै उहाँले सम्झिनुभयो प्लास्टिकमा जमाएको दही र काठको भाँडामा जमाएको दहीको स्वादै धेरै अन्तर हुने बताए ।
पछिल्लो समय दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ । किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी कमै मात्र प्रयोगमा आउन थालेको उनले बताए ।
पहिला पहिला प्लास्टिक तथा सिल्भर र स्टीलका भाँडा खासै भेटिन्न थियो । जसका कारण काठबाट बनेका बस्तुहरू चलनचल्तीमा आउँथे । तर अहिले जताततै प्लास्टिकजन्य बस्तुको प्रयोग बढेका कारण पनि काठबाट बनेका बस्तुहरू लोप हुन थालेको उनी बताउँछन् ।
त्यस्तै दैलेखको आठबिस नगरपालिका २ का कपुरे शाही पनि पहिले पहिलेका दिन सम्झिदै अहिले दिक्क मान्ने गरेको बताउँछन् । पहिले काठका भाडामा दूध दही महि राखिन्थ्यो अहिले बजारमा प्लाष्टिकका भाडा सस्तोमा पाउन थालेपछि काठका भाडा ओझेलमा परेको उनको भनाई छ ।
त्यसो त पछिल्लो समय बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो । गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप हुन थालेका छन् ।
पहिले परम्परागत रुपमा गिठो लगायत विभिन्न विरुवाहरु रोपेर हुर्काउने गरेपनि पछिल्लो समय नयाँ पुस्ताले त्यस तर्फ चासो नदेखाएकोले कमै मात्र भेटिन्छन् । उनले भने, “पहिला प्लास्टिक, सिल्भर र स्टीलबाट बनेका भाँडाहरूको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठुलो रुख कटहर र दारका काठबाट ठेकीहरू निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेसामा लाग्ने व्यक्तिहरू समेत पलायन हुन थालेका छन ।’
जाजरकोटको नलगाड नगरपालिका–४ का मालबहादुर खत्रीका अनुसार विगतमा दुध बिक्री हुँदैनथ्यो । दुध जमाउन ठेकी प्रयोग हुन्थ्यो । अहिले बजारमा दुधकै माग बढेपछि दुध जमाउने र घिउ बनाउने कार्य प्रायः किसानले छाडिसकेको उनले बताए । भैँसीबाट राम्रो आम्दानी हुने देखेपछि पाँचवटा भैँसी पालेको छु । दुध बजारमा बिक्री हुन्छ, उनले भने, ‘दुध जमाउनु नै पर्दैन । घरमा एक थोपा दुध रहँदैन, के गर्न ठेकी राख्ने ?’
नलगाड–४ का लालबहादुर वलीका अनुसार विगतमा सबै घरमा भैँसी हुन्थे। दुध बिक्रीवितरण हुँदैनथ्यो । दुध जमाएर दही घिउ बनाइन्थ्यो। पछिल्लो समय दुध बजारमा जाने भएपछि ठेकी विस्थापित भएका हुन ।
व्यक्तिको घर कान्लाका रुखहरू पनि मासिँदै गए ।'
पहिला पहिला काठबाट वनेका ठेकीहरूको माग अत्यधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा गाई भैँसी पाल्नेको संख्यापनि घट्दै जान थालेको छ । कसैले पाली हाले भने पनि दूध सिधै डेरीमा विक्री गर्न थालेका छन । त्यस कारण परम्परागत रूपमा काठबाट बनेका ठेकी लोप हुने अवस्थामा पुगेको सर्बसाधारणहरु बताउँछन ।
पछिल्लो समय दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी कमै मात्र प्रयोगमा आउन थालेको उहाँले बताए
।
बजारमा प्लाष्टिक र आल्मूनियमका कारण परम्परागत रुपमा दुध जमाउन, मोही पार्न र दही जमाउन प्रयोग गरिने काठका भाडाहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन । काठको अभाव खर्च बढी लाग्ने भएका कारण पनि लोप हुँदै गएको जानकारहरु बताउछन । काठका भाडाकुडा बनाउन कुनै पनि सरकारले प्रोत्साहन नगरेका कारण पनि समस्या रहेको बताइन्छ ।