सल्यान । सल्यानमा समाजवादी मोर्चा गठन गरिएको छ । आइतबार खलंगामा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबिच समाजवादी मोर्चा गठनसँगै घोषणा भएको हो । नेकपा माओवादी केन्द्रका कृति बहादुर पुनको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्य सचिवमा मदन सी रहेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक कृति बहादुर पुनको सभाध्यक्षमा भएको कार्यक्रममा समाजवादी मोर्चाको सिफारिसमा दुई दुई सदस्य गरी ६ सदस्यीय मोर्चा बनेको छ। नेकपा माओवादी केन्द्र बाट कृति बहादुर पुन र मान बहादुर मल्ल रहेका छन् भने नेकपा एकीकृत समाजवादी बाट हरि केसी र रमेश गौतम रहेका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पाटी बाट मदन सी र अनिल सी रहेका छन् ।
४ र ४ महिनामा चक्रीय प्रणालीबाट मोर्चाको नेतृत्व गर्ने सहमति भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री टेक बहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरा, नेपाल कम्युनिस्ट पाटीका मोहन चन्द आधार र नेकपा माओवादी केन्द्रका केन्द्रीय परिषद् सल्लाहकार उमाकान्त शर्मा लगाएकाले मोर्चाको बारेमा जानकारी बनाएका थिए ।
फागुन २१ गतेबाट पालिका भर मोर्चा घोषणा गर्ने गरी कार्यक्रम तय भएको संयोजक कृति बहादुर पुनले बताएका छन् । कालीमाटीमा फाल्गुण २१ गते हुने कार्यक्रमको संयोजन एकीकृत समाजवादीले, फागुन २२ गते त्रिवेणीमा हुने कार्यक्रमको संयोजकत्व नेकपाले, फागुन २३ गते कपुरकोटमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्रले गर्नेछन् ।
त्यस्तै फाल्गुण२४ गते छत्रेश्वरीमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्रले, फागुन २५ गते शारदामा हुने कार्यक्रमको संयोजकत्व समाजवादीले फागुन २६ गते सिद्धकुमाखमा हुने कार्यक्रमको संयोजकत्व माओवादीले गर्नेछन् ।
यस्तै फागुन २७ गते बागचौरमा हुने कार्यक्रमको संयोजकत्व नेकपाले, फागुन २८ गते दार्मामा हुने कार्यक्रमको संयोजकत्व नेकपाले, फागुन २९ गते कुमाखमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्र र फागुन ३० गते वनगाड मा हुने कार्यक्रमको संयोजकत्व समाजवादीले गर्नेछन् । समाजवादी मोर्चा नेपाल सल्यानको मासिक वैठक प्रत्येक महिनाको१३ गते बैठक बस्नेछ। नेताहरूले मोर्चा गठनलाई पार्टी एकतासम्म लिने जनाएका छन् ।