काठमाडौँ । बिहान भालेको डाकोसँगै जानकीको निन्द्रा खुल्छ । निन्द्रा खुलेसँगै घर नजिकैको बारीमा पुग्छिन् । अनि सुरु हुन्छ जानकीको कृषि कर्म सुरु हुन्छ । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ कि जानकी पुन नजिकैको बारीमा पुगेपछि तरकारी काँटछाँट गर्ने र बजारमा लिन तयार भएका तरकारी बजार लिनलाई तयार गर्नुहुन्छ । उमेरले २० वर्ष पुगेकी जानकीले पढ्दै कमाउँदै आएकी छन् । पुनले आफ्नो पढाई खर्च जुटाउन तरकारी व्यवसाय गर्दै आएकी छन । अहिले उनी स्नातक तह अध्ययन गर्छिन् । बालविवाह विरुद्धकि सामाजिक अभियान्ता समेत रहेकी जानकीले स्नातक तहको अध्ययन पुरा गर्न र घर खर्च जुटाउन तरकारी व्यवसाय शुरु गरेको बताउँछिन् ।
पढ्दै कमाउँदै र कृषि पेशामा रमाएकी जानकप्ले गाउँपालिकामा एक हजार भन्दा बढी किशोरकिशोरीलाई बालविवाहबाट हुने असर र कलिलो उमेरमै विवाह गर्दा हुने कानुनी झमेलाको बारेमा समेत अभिमुखिकरण गरिसकेको बताउँछिन् छन् । अविवाहित जानकीले आर्थिक र शैक्षिकरुपमा सफल नभए सम्म विहे नगर्ने अठोट समेत गरेकी छन् ।
उनका बुबाको आफनै कृषि खेती छ । दाई भाईहरुको पनि आफनै रोजगारी छ । पढाई खर्च जुटाउनकै लागि उनले छुट्टै तरकारी खेती गर्नुपर्ने बाध्यता थिएन् । केही नयाँ र सृजनात्मक सोच राख्ने जानकीले आफनो खर्च आफै जुटाउनका लागि व्यवसायीक तरकारी खेती गर्ने योजना बनाएकको बताउँछिन । मलाई कृषि गर्नुपर्ने कुनै बाध्यता थिएन, उनले भनिन्, अध्यन मात्र नभएर कृषि क्षेत्रमा पनि केही नयाँ गर्नुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ ।’
उनको घर नजिकै बारीमा पानीका मुहान थिए जस्ले गर्दा सिचाईको असुविधा थिएन् । बुबाको कृषि खेती त थियो तर व्यवसायीक र आधुनिक थिएन् । उनले, त्यहि खेतीलाई व्यवसायीक र आधुनिक बनाउने सोच बनाएर अघि बढेको उनी बताउँछिन् । अलि फरक तरिकाले काम गर्दा आफ्नो जिवनस्तरलाई सुधार गर्न सकिन्छ भन्ने जानकारी थियो, उनी भन्छिन्, त्यहि तरकारी खेतीबाट कम लगानीमा धेरै प्रतिफल कसरी प्राप्त गर्न सकिन्छ भनेर कृषिमा लाग्नुपर्छ भन्ने सोच पहिले नै थियो त्यही अनुसार अहिले कृषि क्षेत्रमा छु ।’
आधुनिक र व्यवसायीक रुपमा तरकारी खेती गर्न त्यति धेरै सजिलो भने थिएन् । आधुनिक बिउविजन, प्राविधिक ज्ञान, उपयुक्त प्रविधि र सीपको उनलाई अभाव थियो । गाउमै केही गर्न सकिन्छ भन्ने सोच बनाएका १८ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सोसेक नेपालले जिवन उपयोगी सीप सम्बन्धी तालिम दियो । व्यवसायीक योजना निर्माण गर्न सिकायो । व्यवसायीक योजना निर्माण गरी कृषि खेतीका लागि श्रोत कहाँ पाईन्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दियो । त्यसपछि उनले व्यवसायीक योजना निर्माण गरिन् र कृषि खेतीका लागि सोसेक नेपालबाट ४० हजार अनुदान प्राप्त गरेको बताउँछिन् ।
उनले प्राप्त गरेको अनुदानबाट वेमौसमी तरकारीको लागि टनेल, सरल थोपा सिचाई र अन्य आवश्यक कृषि सामाग्रीको खरिद गरिन । उनको बुबाले गर्दै आएको पुख्र्यौली पेशा कृषिलाई उक्त सामाग्रीले आधुनिक बनाउन सहयोग ग¥यो । पहिला उत्पादन गरेको तरकारीले घरमा खाना पुग्दैन्थ्यो । आधुनिक प्रविधिको प्रयोगले व्यवसायीक तरकारी खेती गर्दा बार्षिक १ लाख भन्दा बढी आम्दानी भयो । स्थानीय बजार नजिकै भएकाले तरकारी विक्रि गर्न समस्या थिएन् । उनले उत्पादन गरेको तरकारी बारीबाटै विक्रि गर्ने गर्थिन ।
जिवन निर्वाह गर्ने अर्काे विकल्पका रुपमा तरकारी व्यवसाय गर्न लागेको बताउने जानकी भन्छिन्, घरको गर्जाे टार्न र पैसा कमाउनका लागि विदेशनै जानु पर्छ भन्ने बाध्यता केही छैन् । उनले थपिन्, अहिलेका युवा युवतीहरु नकारात्मक सोचको विकास भयो । घरको काम सबै बाबु आमाले गर्दिनुपर्छ भन्ने सोचाईले गर्दा न उनीहरुले पढाई निरन्तरता दिन सके न आर्थिक समृद्धि प्राप्त गर्न सके । कृषिमा युवाहरुको आकर्षण नभएकाले कृषि योग्य जमिन बाझै भएको र गाउँमा युवा देख्न नसकिने उनको भनाई थियो ।
व्यक्ति आत्मनिर्भर भए परिवार आत्मनिर्भर बन्न सहयोग पुग्ने भएकाले तरकारी खेतीबाट आफनो खर्च आफै जुटाउने गरेको जानकी बताउँछिन् । म पढाई सँग सँगै सामाजिक कार्यमा पनि सहभागी हुन्छु,उनले भने, जातिय रुपमा जनजातिहरुले भोग्दै आएका समस्या र उत्पीडिनका बारेमा बताउँछु । म जहाँ जहाँ जान्छु मेरो खर्च मेरो बुबाको कमाईले पुग्ने थिएन् । मैले घरमा पनि केही नगरेको भए न मेरो पढाई निरन्तरता हुने थियो न मेरो सामाजिक कार्य सफल हुने थियो । आज मेरो पहिचान मेरो लगनशिलता र मेहनतले प्राप्त गरेको सफलता हो ।’
जानकीका उमेरका धेरै साथीहरुले अहिले विहे गरीसके तर उनको विहे गर्ने उमेर अझै नपुगेको बताउँछिन् । उनी भन्छन्, कानुनले तोकेको उमेर २० वर्षमै गर्नुपर्छ भन्ने केही छैन् । अब उमेर पुगेपछि विहे गर होईन् जिन्दगीमा सफल भए पछि विहे गर्नुपर्छ भन्ने शन्देश दिन आवश्यक छ ।’