काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका -२ बडा पोखरा गाउँ । बडापोखरा गाउँ नै अहिले व्यवसायिक तरकारी खेतीमा होमिएको छ । विष नहालेर तरकारी उत्पादन गर्ने बडापोखरामा बमौसमी तरकारीका लागि घर-घरमा टनेलहरु निर्माण गरिएका छन् । गाउँको एक छेउबाट फर्केर हेर्दा लस्करै लागेका टनेलको दृश्यले जोकसैलाई लोभ्याउछ । केही समय पहिले हिउँदमा खेतपाखाहरु बाँझै हुन्थे । र वर्षाको समयमा मात्र अन्नबाली लगाउँथे । तर पछिल्लो समय के हिउँद के वर्षाद दुबै सिजनमा यहाँका कृषकले तरकारी फलाउने गरेको बताउँछन् ।
पुरुषहरुले भारतबाट कमाएर ल्याएको पैसाले घरखर्च चलाउन मुस्किल हुन्थ्यो । विद्यालयमा अध्ययन गर्ने छोराछोरीको पढाई खर्च जुटाउन हम्मे नै हुन्थ्यो । अन्य वैकल्पिक आम्दानीका श्रोतहरु केही थिएनन् । गाउँमै पानीका मुहानहरु प्रसस्त भएकाले कृषिको सम्भावना भएपनि उपयुक्त कृषि प्रविधि र ज्ञानको अभावमा यहाँका किसानहरुले व्यवसायिक कृषि खेती गर्न सकिरहेका थिएनन् । तर पछिल्लो समय बडापोखरा नै बद्लिएको छ । यहाँका अधिकांस कृषकले तरकारी व्यवसायमा जमेका छन् ।
त्यही मध्यका एक प्रतिनिधि पात्र हुन् दुल्लु नगरपालिका -२ कि हीरा रावत । रावत बिहान भालेको डाकोसँगै बारीमा पुग्छिन् । बारीमा पुगेर बारी सुम्सुम्याउदै गोड्मेल गर्छन । र टिप्न तयार भएको तरकारी लगेर बजार जान्छन् । उमेरले ३५ वर्ष पुगेकी रावत उज्यालो नहुँदै घर नजिकैको बारीमा पुग्छिन् । उनको बारीमा विष नहालेको ताजा र अर्गानीक तरकारी मात्र उत्पादन गर्छिन ।
दैलेखको दुल्लु नगरपालिका —२ बडा पोखराकी हीरा रावतको यो दैनिकी जस्तै भएको छ । उनको अधिकांस समय तरकारी गोेड्मेल गर्ने देखि तरकारी सुम्सुम्याउन मै बित्छ । बिहान उठेदेखि बेलूकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त हुन्छन् । चार वर्ष अघि आफुलाई खानका लागि अलिकति जग्गामा तरकारी खेती लगाएकी उनले २०७८ सालदेखि व्यावसायिक रुपमा व्यवसायिक रुपमै तरकारी खेती थालेकी छन् ।
ग्रामिण समुदायका समस्या पहिल्याउँदै दैलो दैलोमा पुग्दै पछाडी परेका समुदायका समस्या समाधानमा अग्रसर गैरसरकारी संस्था सोसेक नेपालले तरकारी उत्पादनमा कृषि सामाग्रि सँगै तरकारी खेती उत्पादन गर्न सिकाएपश्चात् हिराको दैनिकी फेरिदिएको छ ।
पहिले आफुलाई मात्र खान एक छेउ छाउमा तरकारी लगाएकी हीराले अहिले तीन रोपनी जग्गामा लटरम्म तरकारी फलाएकी छिन् । तरकारीमा भविष्य देखेकीे हीराले पुरै समय तरकारी उत्पादनमा लगाएको बताउँछिन् । पहिले परम्परागत रुपमा तरकारी लगाउने उनले व्यवसायिक रुपमा तरकारी लगाउन थालेको उनको भनाई छ । पहिले पहिले परम्परागत रुपमा नगदेबालीसँगै तरकारी लगाउथ्यौँ राम्रै हुन्थ्यो, ’उनले भनिन्, ‘रासायनिक मल, विषादीको प्रयोगले होला नगदे बालीमा केही उत्पादन भएजस्तो देखिएपनि तरकारीमा भने रोक किरा लाग्ने, कुहिने सड्ने समस्या हुन्थ्योे । अहिले जलवायु उत्थानशिल कृषि प्रविधिबाट व्यवसायिक तरकारी खेती गर्न थालेपछि उत्पादन र आम्दानी दुबै राम्रै भएको छ ।’
पहिले आफुलाई तरकारी उत्पादनसम्बन्धि ज्ञान नभएकाले सोचेजस्तो तरकारी उत्पादन हुँदैन थियो । तरकारी नहुँदा बजारको चाउचाउ स्वबीन खानुपर्ने हुन्थ्यो जो स्वास्थ्यका लागि पनि राम्रो मानिदैनन् तर, अहिले आफ्नै बारीको अर्गानिक तरकारी खान थालेको उनी बताउँछिन् । व्यवसायिक तरकारी खेती थालेपछि उहाँको दैनिकी फेरिएसँगै आत्मनिर्भर बनेकि छन् । पहिले केही खान लाउन परे पनि आफुसँग पैसा हुन्थेन श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो,’उनले भनिन्, ‘अहिले व्यवसायिक तरकारी खेती थालेपछि तरकारी बेचेरै आफुसँगै परिवारका इच्छा पुरा गर्ने गरेकी छु ।’
कृषि प्रर्यावरणीय कृषि गाउँका हीरा रावत मात्र नभएर गाउँ नै व्यवसायिक तरकारी खेतीमा होमिएको छ । त्यही मध्यका अर्का प्रतिनिधि पात्र हुन् ४८ वर्षिय धर्म बहादुर थापा । उनले पनि व्यवसायिक तरकारी खेती थालेको चार वर्ष भयो । थापा भगवती बडापोखरा कृषक समुहको अध्यक्ष समेत हो । अहिले यहाँका ४२ जना कृषक यो समुहमा आवद्ध छन् । कुनै समय परम्परागत रुपमा नगदे बाली लगाउने उहाँ राम्रो उत्पादन देख्दा मख्ख पर्थेे । जतिबेला नगदे बालीको उत्पादन हुन्थ्यो । त्यसबाहेक मौसम अनुसारका अन्य बालीहरुको पनि उत्पादन राम्रै हुन्थ्यो । त्यसपछि बिस्तारै उत्पादन घटेको महशुस हुन थालेपछि भने उहाँ चिन्तित भए । व्यवस्थित नभएर होकि भन्ने सोचेर विषादीको प्रयोग गर्न बढाउन थाले । विषादीको प्रयोगले उत्पादन बढ्नुपर्नेमा घट्दै जादा उहाँलाई चिन्ता माथि चिन्तित हुनुप¥यो ।
माटोको उर्बरा शक्ति बढाउने उपाय खोज्दै जादा अन्तः विषादीको प्रयोग छोडेर घरमै उत्पादित कम्पोष्ट मल, लगायत झोलमल १,२, ३ को प्रयोग गर्न थाल्नुभयो । माटोको उब्जाउ शक्ति बढाउने उपाए खोजेका शाहीले सोसेको साथ पाएपछि अहिले उनकोे उत्पादन पनि बढेको छ अनि स्वास्थ्य पनि स्वस्थ । सोसेक नेपालले जलवायु अनुकुलन कृषि प्रविधिबाट तरकारी उत्पादन गर्न गर्न सिकाएपछि पुन उत्पादन बढ्न थालेपछि आफु पहिलेजस्तै मख्ख भएको उनी बताउँछन् । कुनै समय राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन नहुनुको कारण विषादी पो रहेछ,’ उनले भने, ‘तरकारी बालीमा लाग्ने रोग किरा नियन्तणको लागि विषादी प्रयोगको साटो जैविक विषादीको प्रयोग विधि अपनाएको छु ।’
व्यवसायप्रति कृषको उत्प्रेणा
आर्थिक रुपमा विपन्न किसानहरु र कृषिको राम्रो सम्भावना भएको वडापोखरा वस्ति देखेपछि सोसेक नेपालले “भगवति वडापोखरा कृषक समूह” गठन गरेको थियो ।
समूहमा ४६ जना कृषकहरु आवद्ध भए । समूहको नियमित हुने बैठकमा आधुनिक कृषि प्रविधि, उन्नत जातको विउविजन, तरकारी खेतीमा लाग्ने हानिकारक रोगहरु र समाधानका उपायहरुको बारेमा छलफल गरिन्थ्यो ।
त्यस्ले गर्दा कृषि व्यवसायप्रति कृषकहरुमा उत्पे्रणा जागेको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझी बताउँनुहुनछ । संस्थाले बेमौसमी तरकारी खेतीका लागि टनेल, सरल थोपा सिचाई, भकारो मल सुधार, कृषि औजार र मौसम अनुसारका तरकारी विउविजनहरु उपलब्ध गरायो ।
विष हाल्न छोडेपछि बढ्यो उत्पादन
व्यवसायिक रुपमा तरकारी खेतीमा होमिएदेखि बजारमा पाइने विषादी प्रयोग गर्न छोडे पछि भने उनको बारीमा तरकारी उत्पादन पनि बढेको छ । ‘पहिले तरकारीमा विषादी नहाले तरकारी नै उत्पादन हुँदैन भन्ने सोच्थे तर, विषादी नहाल्दा पनि तरकारी झन धेरै फल्ने रहेछ भन्ने कुरा अहिले बुझेको छु,’ उनले भने ।
पहिले कति बेला कुन समयमा तरकारी लगाउने भन्ने राम्रोसँग ज्ञान थिएन,’ थापाले भन्छन्, ‘अहिले हामी समुहमा आबद्ध हुँदै जादा तरकारी गरिरहेका छौँ । सोसेक नेपालको साथ पाएपछि हाम्रो अवस्था बुझेर हामीलाई विभिन्न तालिम सँगै सिप सिकाएर आत्मनिर्भर बनाएको छ । अहिले कृषि प्राबिधिक पनि हाम्रो बारीमै पुगेर सल्लाह सुझाव दिनुहुन्छ ।’
‘प्राबिधिकको सुझाब अनुसार हामी अघि बढिरहेका छौँ । सोसेक नेपालले कृषकहरुलाई छानेर १२ वटा पक्कि टनेल, ३५ वटा कच्चि टनेल र २५ वटा भकारो पाएका छौँ । टनेलमा तरकारी लगाउन थालेपछि उत्पादनमा पनि वृद्धि हुदै गएको छ ।’
सरकारी कर्मचारीको वेवास्ता
संस्थाका कृषि प्राबिधिक भने यसरि कृषकका घर घरमै पुगेर कृषकका कृषि समस्या हेरिरहदा भने सरकारी कृषि प्राबिधिकको अनुहारसमेत नदेखेको उनको गुनासो छ ।नेपाल कृषि प्रधान देश भएर पनि पछि पर्नुको मुख्य कारण यहि हो,’उनले भने, ‘संस्थाका कृषि प्राबिधिक हाम्रा समस्या समाधानका लागि हाम्रा घरघरमा पुग्नुहुन्छ । हामीले कर तिरेर तलब दिएर राखेका हाम्रा सेवक कुन सुर्यको घाम तापेर बस्नुभएको छ ?’
करिब ४ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको थापाले मौसम अनुसारका काउली, गोलभेँडा बन्दागोभी लगायतका तरकारी लगाउदै आउनुभएको छ । सोसेक नेपाालको साथ पाएर स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि तरकारी खेतीमा हिरा रावत र धर्म बहादुर थापा मात्र नभएर बडापोखरा गाउँ नै होमिएको छ । दुल्लु नगरपालिका वडा नम्बर —२ ,३,४ र ९ वडाका कृषक समूह समुह मार्फत व्यवसायिक कृषि खेतीमा होमिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझी बताउनुहुन्छ । उहाँका अनुसार दुल्लु नगरपालिका वडा नम्बर —२ को भगवती बडापोखरा कृषक समूह र तरिया बेमौसमी तरकारी उत्पादन समूह रहेका छन् ।
त्यस्तै वडा नम्बर —३ को मुलपानि कृषक समूह वडा नम्बर —४ को भण्डारी टोल बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर ९ को कालिका दलित कृषि तथा पशुपन्छि सहकारी समूह प्यादुरामा स्माट कृषि गाउँ कार्यक्रम संन्चालन भएपछि किसानहरु व्यावसायिक तरकारी खेतिमा लागेका छन । दुल्लु नगरपालिका क्षेत्रका बडा पोखरा, तरिया, सुवाछडा,भण्डारी टोल,पाली,प्यादुराका किसान अहिले परम्परागत खेति छाडेर मौसमी तथा बेमौसमी तरकारी खेति तर्फ आकर्षित भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझी बताउँछन् ।
जलवायुमैत्री गाउँ
दुल्लु नगरपालिका क्षेत्रमा डिसिए नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा संन्चालित ग्रिन कर्णाली परियोजनाले जलवायुमैत्री कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका कृषक आधुनिक तथा प्रविधि मैत्री व्यवसायिक कृषि तर्फ होमिएको प्राबिधिक माझी बताउँछन् ।
जलवायुमैत्री÷पर्यावरणीय कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका कृषकले अर्गानीक तरकारी उत्पादन गर्न थालेका छन् । यहाँका कृषकहरुले रासायनिक विषादी मलको प्रायोग बनद गरेर जैविक झोल मल १, २, ३ को प्रयोगमा ल्याएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीको भनाई छ । पहिले रासायनिक तथा किटनाशक विषादी प्रयोग गर्नाले धेरै कृषकको तरकारी उत्पादन सँगै नगदेबाली घटेको यहाँका कृषक बताउँछन्,’उनले भने, ‘अहिले घरमै उत्पादन गर्न सिकाएर झोल मल १,२,३ प्रयोग गर्न सिकाउदा कृषकको उत्पादन वृद्धि हुन थालेको छ ।’
आर्थिक बर्ष २०७९/ ८० देखि दुल्लु नगरपालिका क्षेत्रमा लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यहाँका एकसय २० जना कृषकहरू मौसमी तथा बेमौसमी तरकारी खेतिमा लागेको माझीको भनाई छ । जस मध्ये ४० जनाले पक्कि प्लाष्टिक टनेलभित्र तिरकारी खेती गर्दै आईरहेका छन भने ८० जनाले कच्चि प्लाष्टिक टनेलमा व्यवसायिक तरकारी खेती गरेका छन् ।
तरकारी बेच्दै बचत गर्दै
जलवायुमैत्री कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका कृषकहरु आत्मनिर्भर हुँदै गएका छन् । व्यवसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुँदै गएपछि परिवार परिवार पालनपोषण देखि पढाउन लेखाउन सहज भएको कृषकहरुको भनाई रहेको छ ।
व्यवसायिक कृषि गरे घर खर्च चलाएर पनि समुह मार्फत कृषकहरुले बचत गर्ने गरेका छन् । घरपरिवार पालन पोषण देखि सबै कुरा गरेर पनि बाँकी पैसा समुह मार्फत बचत गर्ने गरेको नानकला थापा बताउँछन् ।
तरकारी उत्पादन गरेर समूहकासदस्यहरुले बार्षिक १५ लाखसम्मको तरकारी उत्पादन गरी विक्रि गर्ने गरेको धर्म बहादुर थापा बताउँछन् । आज हरेक किसानले वार्षिक ५० देखि ६० हजार सम्म आम्दानी गर्ने गरेका छन्,’ उनले भने, ‘हामी यो आम्दानीलाई अझै कसरी बढाउन सकिन्छ भनेर सोचिरहेका छौँ ।’ समूहका सबै सदस्यहरुले अनिवार्य व्यवसायिक तरकारी खेती गर्ने योजना रहेको थापाले बताए ।
व्यवसायिक तरकारी खेतीबाट वार्षिक ४० देखि ५० हजार कमाउँदै आएकी समूहकी सदस्य नान्कला थापाले भन्छन्, ‘धेरै तरकारी उत्पादन गर्ने हो भने बजारीकरणको समस्या छ । उत्पादन गरिएको सबै तरकारी डोकोमा बोकेर विक्रि गर्ने सम्भावना छैन् । हामी स्थानीय बजारमा मात्रै नभएर छिमेकी जिल्लाहरुमा समेत तरकारी पठाउन चाहान्छौ तर त्यसको सहजीकरण गरिदिने कोही निकाय छैन् ।’