ललितपुर, २० भदौ । विगत २४ घण्टामा नेपालमा थप १,०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी भएको यो लगातार पाँचौँ दिन हो भने विगत १० दिनमा सातौँ पटक हो।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५,२७७ पुगेको छ। अहिलेसम्म २७,१२७ सङ्क्रमित निको भइसकेका छन् भने २८० जनाको मृत्यु भएको छ। बिहीवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १७,८७० सक्रिय सङ्क्रमित भएको बताए। तीमध्ये ८,००४ जना घरमै र ९,८६६ जना संस्थागत आइसोलेशनमा छन्।
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्। नयाँ सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका ४०८ जना छन्। विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भत्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् । आज १२,४७३ जनाको पिसिआर गरीएको छ । आज १५,०६६ जना निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी रूपन्देहीमा ७१ जना सङ्क्रमण देखिएको छ। थपिएका सङ्क्रमितमध्ये ६९२ जना पुरुष छन्। सो अवधिमा १,५६६ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ६० प्रतिशत अर्थात २७,१२७ सङ्क्रमितहरू निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ६,७४९ जना छन्। अघि भदौ १७ गते १,१२० जनामा, भदौ १४ गते १,२२१ जनामा र भदौ ११ गते १,१११ जनामा देखिएको पुष्टि गरेको थियो।
त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।