ललितपुर, ९ भदौ । नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक(एक जना रहेका छन्।
अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्। यो वृद्धिसँगै नेपालमा कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ।
सो अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए। तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३१३ सङ्क्रमित निको भएका छन्। कुल निको हुनेको सङ्ख्या १९,११९ जना छ।
देशभरि क्वारन्टीनमा १०,४५३ जना छन्। गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
काठमाडौं उपत्यकामा २३२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौंमा १९९ जना, ललितपुरमा १९ जना र भत्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
र याे पनि पढाैं