ललितपुर, २६ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो । पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय आइसोलेसन बेड तयार गरिएको छ ।
कारोना संक्रमिणको अवस्था भयावह भएपछि सरकारले बल्ल आइसोलेसन बेड बढाउन थालेको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि कारोना अस्पतालहरुमा बेड, आइसियु र भेन्टिलेटरहरुकोे अभाव भईसकेको छ । सरकार पूर्व तयारी कहाँ चुक्यो? अवस्था भयावह भएपछि मात्र आइसोलसन बेडको खोजीमा हिडिरहेको छ ।
कीर्तिपुरको आयुर्वेद अस्पतालमा चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना रहेको बताएको छ ।
आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ । भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा. श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं ।
आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ । ‘मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो ।
सरकारी अस्पतालले मात्रै सम्भव नभए ठूला हब अस्पताल र स्याटलाइट अस्पताललाई पनि तयारी अवस्थामा राख्न छलफल भइरहेको डा. अधिकारीले बताए । धुलिखेल, सिभिल, वीर, पाटन, टिचिङ र आर्मी हब अस्पताल हुन । यी अस्पतालको मातहतमा रहेका स्याटलाइट अस्पतालबाट संक्रमितको कसरी व्यवस्थापन गर्न सकिन्छ, योजना बनाएर ल्याउन मन्त्रालयले निर्देशन दिएको छ ।