ललितपुर, १९ साउन । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने चेतावनी दिएका हुन् । उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण भयावह हुने संकेत देखिएको बताएका छन् ।
पछिल्लो समय राजधानी काठमाडौंसहित देशका केही भागमा कोरोना संक्रमणदर बढ्दै गएकोले यसको जोखिम कम नभएको विज्ञले बताएका छन् । काठमाडौं स्थित प्रहरी प्रधान कार्यलयमा कारर्यरत ७२ जना प्रहरीलाई संक्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ५ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा प्रमुखसहित ३ सय ७५ प्रहरी क्वारेन्टिनमा बसेका छन् ।
त्यस्तै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए। कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उनको भनाइ छ । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।
त्यस्तै, डा. प्रकाशराज रेग्मीले सामाजिक सन्जाल ट्वीटरमा पोष्ट गर्दै भन्नुभएको छ, ‘कोरोना आक्रामक भएको छ। धेरै लक्षणात्मक घटनाहरू बढिरहेका छन, मृत्युदर वृद्धि भइरहेको छ, त्यसैले कम्तिमा १४ दिनको लागि तुरुन्त लक लकडाउन आवश्यक छ ।’
त्यस्तै सीसीएमसीका महेन्द्र हुमागाईले लकडाउन गर्ने नगर्ने भन्ने कुरा नागरिकको हातका रहेको बताएका छन् । उनले माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सम्विन्धि सावधानी अपनाउने हो भने संक्रमणकोदर आफै कम हुने र लकडाउन नहुने बताएका छन् । यसका लागि सबैपक्ष सचेत रहनु आवस्यक छ ।
र याे पनि हेरै