ललितपुर, १५ साउन । देशभरिमा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ ।
अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म १४,२४८ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२२७ व्यक्ति देशभरि आइसोलेशनमा उपाचररत छन्।
त्यस्तै आज काठमाण्डू उपत्यकामा बिहीवार ४५ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये भक्तपुर र ललितपुरमा दुई–दुई जना र काठमाडौंमा ४१ जना रहेका छन्।
कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डूमा ३९० जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५३ जना पुगेको छ। बुधवार १५ जना र मङ्गलवार ५३ जना सङ्क्रमित थपिएका थिए।
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३,६४,६४८ रहेको छ।
अहिले देशभरिका क्वारन्टीनमा १३,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा सर्वाधिक सङ्ख्यामा छन्।
सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।
र याे पनि
- “इनफ इज इनफ”का अभियन्ता पुकार बम प्रहरी नियन्त्रणमा
- काठमाडौंमा १५ सहित थपिए २१० जना कोरोना संक्रमित
- ‘दुई साताभित्रै कोरोनाको भ्याक्सिन ल्याउने तयारी’
- सुनको भाउ अहिलेसम्मकै महँगो
- ओलीलाई प्रधानमन्त्रीबाट हटाए दुर्घटना हुन्छः सीपी गजुरेल