ललितपुर, २६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ । जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८६७, ललितपुरमा ८ हजार १६८ र भक्तपुरमा ५ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । यसैगरी काठमाडौंमा २८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको छ ।
हाल मनाङ बाहेक देशका अरु सबै जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज अपराह्णसम्म नेपालमा थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २६ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,०२,३२९ जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित १,१७४ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म १,६२,२४३ जना निको भई डिस्चार्ज भएका छन् ।
प्रदेश नं २ र वाग्मती प्रदेशका विभन्नि जिल्लाहरुमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये झन्डै ६० प्रतिशत उपत्यकाका रहेका छन् ।
नेपालमा संक्रमित भएका मध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म ३८,९१२ जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा १,६६६ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ८० प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् । हालसम्म काठमाडौंमा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् । केहिदिन यता दैनिक संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ भने संक्रमितहरु निको भएर डिस्चार्ज हुनेको संख्या घटिरहेका छ ।
र याे पनि हेराै
- आज उपत्यकामा भेटिए १४ सय २० संक्रमित
- आज थपिए २ हजार ७३६ जना संक्रमित, थप २२ जनाको मृत्यु
- तिहारमा ३ दिन बैंक नखुल्ने
- कोभिड–१९ को खोप तयार भएकै हो?