ललितपुर, ०२ कात्तिक । सरकार बारम्बार भनिरहेको छ, ‘बेहोस हुन लागे मात्र अस्पताल जानुहोस् ।’ कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । अझ भनौ काठमाडौं उपत्यकामा कोरोना संक्रमणको हटस्पटनै बनेको छ । तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन् । त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेको अवस्था छ ।
काठमाडौंमा आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन । यसको प्रत्यक्ष मारमा परेका छन् डेरा गरेर बस्नेहरू । कोरोना संक्रमण भएको थाहा पाए घरबेटीले घरबाटै निकालिदिन्छ । त्यही डरका कारण प्रस्टै लक्षण भए पनि अधिकांश डेरा गरेर बस्नेहरु नजँचाई आफ्नो डेरामै बस्न बाध्य छन् । जँचाएर पोजिटिभ रिपोर्ट आउनेहरू पनि चुपचाप भित्रै बसिरहनु पर्ने अवस्था छ ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ । जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्। तीमध्ये ठूलो संख्या डेरागरी बस्नेहरु नै छन् । डेरावालमध्येको ठूलो संख्या कष्टकर रूपमा समय बिताइरहेका छन् । र घरबेटिहरुको अनेक किचकिच सुन्दै बस्नुपर्ने बाध्यतामा छन् । अझ भनौ उपत्यकामा घरबेटिहरुले डेरागरी बस्नेहरुलाई कोरोना संक्रमण व्यक्तिहरुलाई घरभित्र पन नदिने, छिर्न दिएपनि कोरोना रिपोर्ट देखाएर मात्र घरमा छिर्न दिएका छन् ।
डेरावालमध्ये कतिपय कोठा लिएर बसेका छन् । त्यो पनि मिलेर कतिपयले फ्लाटै भाडामा लिएका छन्। तर, प्रायःलाई चिन्ता भने उही छ– ‘घरबेटीले रिपोर्ट पोजिटिभ आएको थाहा पाए के गर्ने ?’
सहरमा धेरै संक्रमित सामाजिक बहिष्कारमा पर्ने डरले मौन बसेका छन् । संक्रमित भएको अवस्थामा घरबेटीले नै दैनिक उपभोग्य वस्तु ल्याएर सहयोग गरिदिनुपर्ने हो। तर, बाध्यताले संक्रमित स्वयं नै रोग लुकाएर किनमेलमा निस्किन बाध्य छन् । कतिपय संक्रमित पोजिटिभ रिपोर्ट दराजमा राखेर दैनिकीमा निस्किन बाध्य छन्।
गाउँबाट आएको कोसेली बाँडेर खाने घरबेटी र डेरावालको सम्बन्धलाई कोरोनाले दूरी बढाइदियो । शहरमा घर भएका घरबेटिहरु एकदमै व्यक्तिवादी छन् । घरबहाल उठाउने तर डेरावालका समस्यामा सहयोग गर्ने भन्ने कुनै मतलब राख्दैनन् । चाहे त्यो त्यहि कोठमामै किन नमरोस, चाहे जस्तोसुकै समस्या न किन नपरोस त्यो डेरावाल, समयमै भाडा नदिए घरबाटै निस्कनुपर्ने बाध्यता छ । सम्बन्धभन्दा पनि पैसाको पछि मात्रै लागेर यस्ता समस्याहरु निम्तिरहेका छन् ।
अहिले कोरोना त्रासभन्दा पनि त्यसले निम्त्याएको विभेदले पीडित बनाएको उनी बताउँछिन्। उनका अनुसार धेरै अफवाह फैलाइएका कारण पनि सामाजिक सम्बन्धमा असर परेको छ । बिरामीलाई तिरस्कार गर्नुभन्दा पनि उनीहरूलाई सहयोग गर्नुपर्ने अवस्था छ । ‘आज एक जना बिरामी भए केही दिनपछि ठीक हुन्छ भनेर हौसला दिनुपर्छ’, ‘सहयोग गर्नुपर्छ । भोलि मलाई गाह्रो पर्दा सहयोग गर भन्ने अवस्था सिर्जना हुनुपर्छ।’ आखिर डेरावाल पनि मानिस नै हो भोली त्यहि डेरावालकै सहयोगको खाचोपर्छ ।
र याे पनि हेराै