ललितपुर, १८ असोज । महामारी नियन्त्रणका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परे । लुकिछिपी अधिकांश नागरिक स्वदेश भित्रिएपछि कोरोना गाउँ–गाउँसम्म पुग्यो ।
गाउँमा संक्रमण देखिन थालेपछि बल्ल सरकारले १२ जेठमा २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय ग¥यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित भइसकेका थिए, घर फर्किएपछि क्वारेन्टिनको समेत राम्रो व्यवस्थापन नहुँदा संक्रमणले थप फैलिने मौका पायो ।
त्यतिञ्जेल काठमाडौं उपत्यकामा संक्रमितको संख्या नगन्य थियो । तर, जब ६ साउनमा सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा ग¥यो, त्यसयता काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
शनिबार उपत्यकामा मात्रै एक हजार १७७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक हजार १ जना काठमाडौं, ६७ जना भक्तपुर र एक सय ९ जना ललितपुरका छन् ।
यही अवस्थाका बीच नेपालीको महान् चाड दसैं नजिकिँदै गर्दा उपत्यका छाडेर गाउँ जानेको संख्या पनि बढ्न थालेको छ । यसरी उपत्यकाका छाड्ने अधिकांश व्यक्तिको पीसीआर परीक्षण भएको छैन । सरकारले आधा संख्यामा मात्र यात्रु बोक्नु भए पनि पूर्णरुपमा कार्यान्वय भएको छैन ।
यसले पहिलो चरणमा भारतबाट सीमावर्ती जिल्ला, दोस्रो चरणमा जिल्लाबाट उपत्यकामा फैलिएको संक्रमण तेस्रो चरणमा पुनः राजधानीबाट गाउँतिर फैलिन सक्ने देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनि दसैंमा गाउँमा संक्रमण फैलिने जोखिम रहेको बताएका छन् ।
अहिले सरकारले लक्षण नदेखिएका व्यक्तिको पिसीआर परीक्षण समेत नगर्ने नीति लिएको छ । ‘हाल उपत्यकाका संक्रमितमध्ये ५० प्रतिशत लक्षणविहीन छन्, त्यसैले उनीहरु अब गाउँगाउँ पुगेर संक्रमण फैलिने जोखिमलाई नकार्न सकिन्न ।
गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा जिल्ला जाने व्यक्तिको हकमा पिसीआर जाँच वा क्वारेन्टिनमा राख्ने कुरालाई अनिवार्य नगरिएको बताएका छन् । ‘अहिले लक्षण नभएकालाई जाँच नगर्ने भन्ने निर्णय छ, इच्छा लागेको व्यक्तिले आफैं पनि जाँच्न सक्छन’, ‘मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयलाई बाहिरबाट आउनेलाई धेरै ओहरदोहर गर्न नदिन, गाउँमा भेटघाट र भिडभाड नगर्न सचेत गराउन भन्दै पत्राचार गरिसकेको छ ।’
उनका अनुसार बाहिरबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न आग्रह गर्न पनि परिपत्र गरिएको छ । तर, झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी भने मुलुकभित्रबाट आउने व्यक्तिको हकमा पीसीआर जाँच वा क्वारेन्टिनमा राख्न साध्ये नै नहुने बताउँछन् ।
‘बिर्तामोडमा पूर्वी पहाड, भारतको सिक्किम, दार्जिलिङ र उपत्यकासहित देशका विभिन्न भागबाट दसैं मनाउनलाई नागरिकहरु आउनु हुन्छ’, ‘जिल्लामा आउने व्यक्ति धेरै हुनुहुने हुँदा क्वारेन्टिनमा राखेर साध्ये हुँदैन, टुलुटुलु हेरेर बस्नुको विकल्प छैन ।’
दसैंमा सम्हाल्न सक्ने स्थिति नरहेको बताउँदै उनले भने, ‘भारत वा अन्य तेस्रो मुलकबाट आएकाको हकमा भने रोकेर क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालय, सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुर पनि दसैंका बेला ठूलो संख्यामा नागरिक घर फर्किने हुँदा क्वारेन्टिनमा राख्नु चुनौतिपूर्ण हुने बताउँछन् । ‘लकडाउनको बेला पनि व्यवस्थापन गरिएको हो, भारतबाट धेरै मानिस आएका थिए’, ठाकुर भन्छन्, ‘अहिलेचाहिँ मुलुकभित्रैबाट आउने व्यक्ति छोटो विदा लिएर आएका हुन्छन्, त्यसैले पनि समस्या छ ।’
डा. शेरबहादुर पुन भन्छन् लामो समयमा आफन्तसँग भेट हुने हुँदा एकछिन भेला भएर के हुन्छ भन्ने सोचाइ पनि राखिन्छ तर त्यो एकछिनको बसाइ घातक नहोस् भन्नेतिर सचेत हुनुपर्छ ।
क्वारेन्टिनमा राख्दा पनि निगरानी गर्न समस्या हुने र समाजमा घुलमिल हुने डर रहने बताउँदै उनी भन्छन्, ‘सरकारको पनि होम क्वारेन्टिनलाई प्राथमिकता दिने नीति छ । त्यसैले अब के गर्ने भन्ने विषयमा पालिकाहरुसँग छलफल गर्छौं ।’ ‘सकभर नागरिक आफैं सचेत हुनुपर्ने हो, होम क्वारेन्टिनलाई जोड दिएको अवस्थामा उहाँहरु आफैं पनि १४ दिनसम्म घरमै बस्नुपर्ने गौरव पोखरेलले अनलाइनखबरमा लेखेका छन् ।
र याे पनि हेराै