ललितपुर, १५ असोज । काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोनाभाईरस संक्रमणको दर बढिरहेको छ । आज काडमाडौं उपत्यकामा एकैदिनमा ९४३ जना संक्रमित फेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौंमा २७२ जना महिला र ५४५ जना पुरुष गरी ८१७ जना ललितपुरमा ३० जना महिला ३८ जना पुरुष गरी ६८ जना र भक्तपुरमा २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म काठमाडौमा १९,१२७ जना, ललितपुरमा २,३८८ जना र भक्तपुरमा २,०३९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज बिहिबार अपराह्णसम्म नेपालमा थप १,९११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ११ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७९,७२८ जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ५०९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ५७,३८९ जना निको भई डिस्चार्ज भएका छन् ।
प्रदेश नं २ र वाग्मती प्रदेशका विभन्नि जिल्लाहरुमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये झन्डै ६० प्रतिशत उपत्यकाका रहेका छन् ।
नेपालमा संक्रमित भएका मध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म २१,८३० जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा ९६१ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् । हालसम्म काठमाडौंमा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् । केहिदिन यता दैनिक संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ भने संक्रमितहरु निको भएर डिस्चार्ज हुनेको संख्या घटिरहेका छ ।
र याे पनि हेराै