ललितपुर, १५ असोज । सरकारले आजदेखि चाडपवलार्ई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।
दसैं, तिहार, छठ, ल्होसारलगायतका पर्वहरुलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्नलगायत सामग्री विक्री वितरण पसल काठमाडौं उपत्यकासहित देशैभर बिहीबारदेखि सञ्चालन हुने भएक छन् । साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याउने भएको हो ।
सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री विक्रीमा राखिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
उनका अनुसार तीनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू बिक्री वितरण गरिने भएको हो ।
कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटाका साथै तोकिएका अन्य स्थानमा पसल खुल्ने मन्त्रालयले बताएको छ ।
उनका अनुसार नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा विक्री हुन्छ । नुन र चिनी भने प्रति परिवार ४ केजीका दरले मात्रै दिइन्छ । त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ ।
खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने उनले बताइन्। सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने मन्त्रालयले जानकारी दिएको छ ।
र याे पनि हेराै