ललितपुर, १३ असोज । गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछापोखरीमा विष हालेको पाईएको छ ।
राजेन्द्रले दुईवटा पोखरीमा माछा पालन गर्दै आएका थिए जसमा विषका कारण ६ सय माछा मरेको पशु प्राविधिकले बताएका छन् ।
माछाको पोष्टमार्टम गरेर हेर्दा ‘लिभर ड्यामेज’ देखिएको छ तर उक्त पोखरीमा बिष कसले र कहाँबाट हालियो त्यो भने पत्ता नलागेको प्राविधिकले जानकारी दिए ।
तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा मरिसकेको थियो । ‘पोखरीको सबै पानी फालेर नयाँ पानी हाल्यौ, नमरेका माछा बाँच्छ कि भनेर फेरि पोखरीमा राख्यौ र नुन पनि हालेपनि सबै माछा मरेको बताईएको छ । मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरीएको छ ।
बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए ।
‘दशैंको फुलपातीमा माछा झिकेर बेच्ने योजना थियो, गाउँलेहरुले पनि यसपाली लोकल माछा चाख्ने भनिरहेका थिए, तर सबै सपना खरानी भयो,’ श्रेष्ठले भने । उनको पोखरीका माछा ८ सय ग्रामदेखि एक किलोसम्मको भइसकेको थियो ।
माछा पालनका लागि उनले चार लाख रुपैयाँ खर्चेर दुई वटा पोखरी निर्माण गरेका थिए । दाना र माछाको भुराका लागि मात्र अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।
दशैंमा माछा बेचेर करिव एक लाख नाफा कमाउने उनको लक्ष्य थियो । ‘
किसान श्रेष्ठ कोरोनाका कारण आइसोलेसनमा छन् । उनको परिवार क्वारेन्टिनमा छ । पोखरीको रेखदेख गर्न नपाउँदा कसैले विष हालिदिएको हुन सक्ने अनुमान छ।
छ सय ५० वटा माछा मरेका छन्। उनले पोखरीमा माछालाई विष हालिदिने समूहको खोजी गरी कारबाहीको दायरामा ल्याउन वडा कार्यालय र प्रहरी चौकीलाई आग्रह गरेका छन् ।
र याे पनि हेराै