ललितपुर, ०८ असोज । काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोनाभाईरस संक्रमणको दर बढिरहेको छ । आज काडमाडौं उपत्यकामा एकैदिनमा ६४५ जना संक्रमित फेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौंमा १८९ जना महिला र ३१४ जना पुरुष गरी ५०३ जना ललितपुरमा ४५ जना महिला ४६ जना पुरुष गरी ९१ जना र भक्तपुरमा २० महिला र ३१ पुरुष गरी ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म काठमाडौमा १५,५८४ जना, ललितपुरमा १८,६० जना र भक्तपुरमा १७,०७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी आज सोमबार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप १३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७०,६१४ जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ४५९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ५१,८६६ जना निको भएका छन्।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् ।
सक्रिय सङ्क्रमितको सङ्ख्या १८,२८९ जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा १,४५५ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म झन्डै ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका सरकारी तथ्याङ्क छ ।
र याे पनि हेराै