काठमाडौँ । दैलेखको दुल्लू नगरपालिका -८ का कृषकहरुले परम्परागत रुपमा खेर गइरहेको केरा र केतुकीको रेसा प्रयोग गर्दै घरायसी सामाग्री निर्माण गर्न थालेका छन् । प्लाष्टिकले भरिएको बजारलाई चुनौनी दिँदै, स्थानीय स्तरमा सजिलै पाइने प्राकृतिक स्रोत केरा र केतुकीको रेसालाई प्रयोग गर्दै चकटी, झोला, गुन्दी, लगायतका सामाग्रिहरु निर्माण गर्ने गरेका छन् । परम्परागत रुपमा वेवास्ता गरिँदै आएको केरा र केतुकीको रेसाबाट घरायसी सामाग्री निर्माण गर्दै आएको दुल्लू नगरपालिका ८ कि मैसरा कार्की बताउँछिन् ।
केरा र केतुकीको रेसाबाट घरायसी सामाग्रि निर्माण गर्दै आएकी मैसरा कुमारी कार्कीलाई पहिले पहिले केरा र केतुको रेसाबाट पनि घरायसी सामाग्रि बन्छ होला भन्ने विश्वास नै नलागेको बताउँछिन् । गाउँघरमा प्रसस्त रुपमा पाइने केरा र केतुकी खेर गइरहेको थियो,उनले भनिन्, ‘रेसाबाट पनि सामाग्रि बन्छ भनेको सुन्दा अचम्म लागेको थियो । तालिममा बस्दै सिक्दै गयौँ । सिक्दै जादा आफैले घरायसी सामाग्री निर्माण गर्दा अचम्म मान्दै खुशी लाग्यो ।’
ग्रामिण समुदायमा केरा र केतुकी जहाँतही पाउँछ तर, प्रयोगमा भने छैन । खेर गइरहेको छ । यही खेर गइरहेको केरा र केतुकीको रेसाबाट दैलेखको दुल्लू -८ का कृषकहरुले घरयसी सामान निर्माण गरेका छन् ।
विपद जोखिम न्यूनिकरण र उत्थानशील समुदाय निर्माणका लागि सामाजिक उद्यमशील परियोजना अन्र्तगत संचालन गरिएको थियो । युएसएआइडी तयार नेपालको सहयोग बतास फाउन्डेसनको साझेदारी दुल्लू नगरपालिकाको समन्वय तथा सहकार्यमा यो परियोजना कायान्वयन गरिएको थियो । २०८० साउन ८ गते देखि २०८१ साउन १६ सम्म यो परियोजना लागु भएको थियो ।
रेसाबाट घरायसी सामाग्रिमा गुन्दी, दाम्लो, नाम्लो, चकटी, सुकल, मोजा, झोला, निर्माण गरिँदै आएको पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्य मैसरा कुमारी कार्कीले बताइन् ।
केरा र केतुकी हाम्रो छरछिमेकमा प्रसस्त रुपमा पाइन्छ तर, पहिले खेर गइरहेको थियो,’उनले भनिन्, ‘पहिले कवाडका रुपमा खेर गइरहेको केरा र केतुकी यसरी प्रयोगमा आउँछ भनेर कल्पना समेत गरेका थिएनौँ । तर, यस्बाट त गज्जबका घरायसी सामाग्री निर्माण गर्न सकिदो रहेछ ।’
यसरी ग्रामिण समुदायमा प्रसस्त मात्रामा पाइने केरा र केतुकीको सामाग्री निर्माण हुन थालेपछि प्लाष्टिकका सामाग्रि खरिदमा केही हदसम्म कम भएको स्थानीयले बताएका छन् । गाउँमै विना प्रयोग खेर जाने केरा र केतुकीको रेसाबाट घरायसी सामाग्रि निर्माण गरेर प्रयोगमा आएपछि बाताबरणलाई समेत स्वच्छ राख्ने विश्वास लिइएको छ ।
उद्यमी भएपछि घरखर्च चलाउन सहज
केरा र केतुकीको रेसाबाट घरायसी सामाग्री निर्माण गर्ने तालिम पाएर सामाग्रि निर्माण गर्न थलेकी पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहकी सदस्य सुभद्रा उपाध्याय भन्छिन, पहिले घर खर्च र छोराछोरीको स्कुल खर्चका लागि श्रीमानको भर पर्नुपर्ने हुन्थ्यो, तर, अहिले मैले रेसा उत्पादनमा काम गरेर यी सबै आवश्यकताहरू पूरा गर्न सक्षम छ ।
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका महिलाहरूले रेसाबाट बनेका सामग्रीहरू, गुन्द्री, सुकुल, चकटी, मोजा, झोला र दाम्लो निर्माण गर्दै आएका छन् । यो उत्पादन उनीह?का लागि केवल आत्मनिर्भरताको साधन मात्रै नभएर, परिवारमा सुख शान्ति र समृद्धि ल्याउने उपाय बनेको यहाँ कार्यरत उद्यमीह?को भनाई छ ।
आत्मनिर्भरता र आत्मविश्वास जगायो
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूह रेसा उत्पादनबाट घरायसी सामाग्रि तयार गर्नमा सामाजिक उद्यमशील परियोजनाको तालिमको भूमिका ठूलो छ । तालिमका माध्यमबाट केरा र केतुकीको रेसाबाट विभिन्न प्रकारका घरायसी सामाग्री बनाउन सिकेका उद्यमीहरुले आफूलाई आत्मनिर्भर बनाउनका साथै अन्यलाई पनि प्रेरित गरेका छन ।
मैसरा कुमारी कार्कीले थपिन्, हामीले सुरुमा केरा र केतुकीका रेसाबाट के बन्न सक्छ भनेर कल्पना गर्न सकेका थिएनौं । अब हामीसँग समृद्धि र स्वावलम्बनका अवसर खुलेका छन ।
पहिले केरा र केतुकीको रेसाबाट स्थानीय स्तरमा घरायसी सामाग्रि निर्माण हुन सक्छ भन्ने कल्पना समेत नगरेको सोही समूहकी सुभद्रा कुमारी उपाध्ययको भनाई छ । केरा र केतुकीको रेसाबाट पनि यति राम्रा घरायसी सामाग्री निर्माण हुने रहेछन्,’उनले भनिन्, ‘केरा र केतुकीको रेसाबाट बनेको सामाग्रि प्रयोग गर्दा र विक्रि गर्दा बारीमै पैसा फलेको महशुस भएको छ ।’
पहिले खेर जाने रेसाबाट के बन्छ होला भनेर कल्पना समेत नगरेका उद्यमीहरुका लागि रेसाबाट यसरी सामाग्रि निर्माण हुँदा आश्चर्य चकित परेको बताएका छन् ।
संस्थाको सहयोग र पालिकाको समन्वयमा रेसाबाट सामाग्रि निर्माण गर्ने तालिम पाएपछि खेर गइरहेको कच्चापदार्थबाट समूह मार्फत धमाधम घरायसी सामाग्रि निर्माण गर्दै स्वाबलम्बी सँगै आत्मर्निर बन्दै गएको उनीहरुको भनाई छ । पहिले आफ्ना साना साना इच्छा आकांक्षा पूरा गर्दा पनि श्रीमानको भर पर्नुपर्ने बाध्यता थियो तर, अहिले रेसाबाट सामाग्रि निर्माण गर्न थालेपछि उल्टै श्रीमानलाई पैसा सहयोग गर्ने गरेको समूहका सदस्य उपाध्याय बताउँछन् ।
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहमा १३ जनाको सदस्य रहेको छ । समूहमा १० जना महिला र ३ जना पुरुष रहेका छन् ।
कच्चा पदार्थका लागि थप विरुवा रोप्नुपर्छ
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहमा १३ सदस्य रहेका छन् जसमा १० जना महिला र ३ जना पुरुष छन । समूहका सदस्यहरूले आगामी दिनहरूमा केरा र केतुकीका विरुवा रोप्न र कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
समूहका सदस्य मैसरा कुमारी कार्की भन्छिन्, ‘अहिले उपलब्ध कच्चा पदार्थ प्रयोग हुँदै गर्दा यस्को निरन्तरतासँगै एक दिन यो समाप्त हुन सक्छ । त्यसैले, भविष्यमा पर्याप्त कच्चा पदार्थ प्राप्त गर्नका लागि स्थानीय सरकार लागायत हामी सबैले नयाँ बिरुवा रोप्ने योजना बनाउन आवश्यक छ ।