दैलेख । यो सिजनमा खातीगाउँ भोटका बारीहरु सेतै माटो मात्र देखिन्थो । तर, अहिले यहाँका बारीहरु पुरै हरियो देखिन्छन् । हरियो साग सब्जीको रंगले नयाँ जीवन फूल्न थालेको छ । हरिया मटर र काउलीका बोटहरु र चम्किला आलुका विरुवाहरुले यहाँका कृषकका गाथा सुनाउँछन् । यो सबै परिर्वतनको सुत्रधार हुन् २४ वर्षिया पूजा बोगटी थापा ।
दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर -१ खातीगाउँकी पूजा बोगटी थापा पहिले लामोसमय देखि पारम्परिक खेतीमा निर्भर थिइन् । उनी र उनको परिवारले परम्परागत खेती गर्दै आएका थिए । पहिले यो ठाउँमा अन्न बालीको खेती मात्र थियो –तर, यो परम्परागत खेतीले पूजा जस्ता कृषकलाई बाँच्न त सक्यो तर, ढुक्कसँग जीवनयापन गर्न सकेन । पहिले दुःख गरे अनुसारको फल नपाइने गरेको कृषक पूजा सम्झिन्छन् । जब मैले मकै, धान र गहुँको खेती गरेँ, त्यो सँगै गरेको दुःख र निराशा बिर्सन सक्दिन,’उनले भनिन्, ‘परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेती रोज्दा अहिले सहज सँगै फाइदा भएको छ ।’
पहिले पूजालाई मल र सिचाईँ अभावले गर्दा परम्परागत खेती गर्न मुस्किल भएको थियो । सिचाईँ र मलको अभावले गर्दा उनी जस्ता कृषकका लागि जीविकोपार्जन चुनौतीपूर्ण थियो ।
तर, २०७७ सालमा पूजा बोगटी थापाले नयाँ बाटो समातने निर्णय गरिन् । एक गैर सरकारी संस्थाबाट तीन दिने तालिम पाएपछि व्यवासायिक तरकारी खेतीमा होमिने अठोट गरिन् । उनको त्यो अठोटले उनको जीवनलाई मात्र नभएर सिंगो परिवार र छरछिमेक समेतलाई प्रेरित गरेको छ । पूजाको त्यो अठोटले उनका बारीहरुलाई सागसब्जीले हरियाली बनाएको छ । आज ती बारीहरुमा काउली, बन्दा, बन्दागोभी, टमाटर र मटरजस्ता सागसब्जीहरु लहलहाउँछन् ।
परम्परागत खेती मकै, गहुँ र जौँको खेती गर्न छोडेर थालिन नयाँ यात्रा । उनले हाँस्दै भनिन्, ‘ पहिले आफ्नै लागि मात्र तरकारी लगाउँथ्यौँ, त्यसबाट मैले थाहाँ पाएँ, तरकारी खेतीको बारेमा । पछि सियसडिसिको सहयोगमा तीन दिने तालिम पाएपछि यो विषयमा राम्रोसँग जानकारी पाएर व्यवसायिक तरकारी खेतीमा होमिए ।’
न सहयोग नत अनुदान
पहिले परम्परागत खेतीमा दुःख र निराशा मात्र देखेकी पूजाले व्यवसायिक तरकारी खेती गर्ने सपना देखिन । त्यसपछि हरिया काउलीका बोट, हरिया लोभलाग्दा मटर र टमाटर र सागसब्जीले हरियाली बनेको बारीले व्यवसायिक कृषक बन्ने सपना साकार हुन थाल्यो । करिब १० पाथी जग्गामा तरकारी खेती गर्दै आएकी छन् ।
पहिले हामी आफ्नै लागि मात्र तरकारी लगाउँथ्यौँ,’पूजा भन्छिन्, ‘तर, व्यवसायिक रुपमा गर्न थालेपछि राम्रो आम्दानी हुन थाल्यो ।’
पूजाको सफलता र मेहनतको फलले गर्दा उनको परिवार छरछिमेकलाई समेत व्यवसायिक तरकारी खेतीमा प्रेरित गरेको स्थानीय हस्त सुजी बताउँछन् । उहाँहरुले व्यवसायिक तरकारी खेतीमा राम्रो गर्दै आउँनुभएको छ,’उहाँहरुको बारीमा राम्रो तरकारी फलेको देखेर हामी पनि प्रेरित हुँदै काउली बन्दा र तर, यो यात्रा सहज भने थिएन । ‘अहिलेसम्म सरकारी तवरबाट कुनै सहयोग पाएकी छैन,’उनी भन्छिन् ।
गैर सरकारी संस्था सोेसेकबाट एकथान त्रिपाल र बिउबिजन पाएको उल्लेख गर्दै उनी थप्छिन्, ‘तर, बाँकी सबै काम हामी आफैले गर्नुप¥यो ।’
तरकारी खेतीबाट मनग्य आम्दानी
व्यवसायिक तरकारी खेतीमा २०७७÷०७८ बाट होमिए पनि पूजाले २०७९ मा विनोद कृषि पशुपंछि तथा मत्स्य मर्फ दर्ता गर्दै व्यवसायिक तरकारी खेतीमा सशक्त रुपमा होमिएको उनी बताउँछिन् ।
व्यवसायिक तरकारी खेती गर्नका लागि करिब चासय मिटर टाढाबाट निजी लगानीमा सिचाईँको लाग पाइप बिच्छाएर घरसम्मै पु¥याएको उनी बताउँछिन् । 'परम्परागत खेतीले निराशामात्रै दिएको भन्दै, व्यवसायिक तरकारी खेतीले जीवन फेरिदिएको बताउँछिन् । पहिले मन बुझाउने कुनै कुरा थिएन,तर, अहिले व्यवासयिक तकारी खेतीले राम्रो आम्दानी दिन थालेको छ,’ उनी भन्छिन् ।
व्यवसायिक तरकारी खेतीसँगै पूजाले बाख्रापालन पनि गर्दै आइरहेकी छन् । जस्ले गर्दा पूजाको आम्दानीलाई अझ सशक्त बनाएको पूजा बताउँछिन् । बाख्रापालन व्यवसायबाट पनि अहिलेसम्म राम्रै भएको छ,’उनले भनिन्, ‘पहिलो पटक एउटा बाख्रा किनेर अहिले चारवटा सम्म बाख्रा पु¥याएकी छु ।’
दैलेखको ठाटीकाँध गाउँपालिका -१ खातीगाउँ भोटकी पूजा बोगटी थापाको कथा एक व्यक्तिको सफलताको कथा मात्र होइन, यो त ग्रामिण समुदायका कृषकका लागि एक प्रेरणादायी यात्रा हो ।
परम्परागत खेतीको बन्द गल्लीबाट व्यवसायिक तरकारी खेतीको खुला मार्गमा पाइला चालेर उनले देखाएको गोरेटोले अरुलाई पनि आत्मनिर्भर बन्न सिकाउँदैछ । ग्रामिण समुदायका केही गरौँ भन्ने जोश र होस भएका कृषकलाई सरकारी तथा गैर सरकारी तवरबाट उचित सहयोगको आवश्यक छ । यसमा सबैले हातेमालो गर्दै ग्रामिण समुदायका कृषकको जीवनस्तर उकास्न सबैले हातेमालो गर्न आवश्यक छ ।