ललितपुर, २३ भदौ । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ ।
कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो । कानुनअनुसार कालोसूचीमा राखिएका कम्पनीले भविष्यमा कुनै पनि काम गर्न सक्दैनन् । त्यसैले कम्पनी सञ्चालकहरू प्रक्रिया लम्बाएर कालोसूचीमा राख्नका लागि रोक्ने खेलमा लागेको पाइएको छ । यसमा उनीहरूलाई सत्तारूढ दल नेकपा र प्रमुख विपक्षी कांग्रेसका उच्च तहका नेताहरूको साथ रहेको स्रोतको दाबी छ ।
ठेक्का रद्ध भएका कम्पनीमध्ये सैलुङ इन्टरप्राइजेजका मालिक शारदाप्रसाद अधिकारी हुन् भने होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला हुन् । उनीहरूले आफ्नो कम्पनीलाई कालोसूची पर्नबाट जोगाउन दौडधूप थालिरहेको र उनीहरूकै दौडधूपका कारण कालोसूचीमा राख्ने कार्य अलमलमा परेको स्रोतको दाबी छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल ल्याउन नसकेपछि सैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का रद्ध गर्दै दुवै कम्पनीको झन्डै १० करोड धरौटी जफत गरेको थियो । सैलुङ र होनिको कम्पनीले २५र२५ हजार टन युरिया ल्याउने ठेक्का पाएका थिए । तर उनीहरूले समयमा नै मल ल्याउन नसक्दा किसानहरू मर्कामा पर्दै आएका थिए ।
त्यसैगरी भरतप’र महानगरपालिका वडा नं. ५ को नवचन्द्रमा कृषि सहकारी संःथाले सोमबार मल बाँड्ने चर्चा एक साता अघि नै चलेको थियो . त्यो स’नेका किसान आइतबार साँझ खाना खाएर सहकारीमै स’त्न म्याट बोकेर हिँडे . कोही राति !! बजे सहकारीमा आएर स’ते . कोही रातको अढाई बजेतिर लाइन लाग्न आइप’गे .
बिहान उज्यालो ह’ँदासम्म सहकारी अगाडि झण्डै एक हजारभन्दा बढी किसान हातमा बोरा बोकेर उभिइसकेका थिए . कोरोना भाइरसको बढ्दो संक्रमणको समेत बेवाःता गर्दै किसानह? मलका लागि उभिएको दृश्यले सरकारलाई गिज्याइरहेको थियो . भरतप’र वडा नं. ५ मा कोरोना संक्रमितसमेत भेटिएकाले सहकारी यसअघि एक साता बन्द गरेर खोलिएको सहकारीका अध्यक्ष कृष्ण चापागाईले बताए
चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूल्ठूला भिडहरु देख्न पाइन्छ ।
आइतबार रातिदेखि मल लिन सहकारीमा लाइन लागेका किसानमध्ये सहकारीका शेयर सदस्य २२५ जनाले १० केजी र सहकारी बाहिरका १५० जना किसानले ५ केजीका दरले मल पाए । लाइनमा बसेका झण्डै ५ सय किसान भने रित्तै हात घर फर्किए ।
यो सहकारीले सोमबार जम्मा ६० बोरामात्रै मल बाँडेको अध्यक्ष चापागाई बताउँछन् । ‘हाम्रोमा माग ६ सय बोराको छ, अहिलेसम्म जम्मा ८० बोरा बाड्यौं, आफ्नै शेयर सदस्यहरुले समेत मल पाउनुभएको छैन’ चापागाईले भने, ‘मल पाउने आशामा किसानहरुको हैरानी देख्दा निकै दुःख लाग्छ । फोन गर्नुहुन्छ, छैन भनेर पठाउनुपर्ने अवस्था छ ।’
सहकारीका अध्यक्ष चापागाईले मल उपलब्ध गराउने निकायले पक्षपातपूर्ण व्यवहार गरेको बताए । ‘कुनै सहकारीलाई एक हप्तामा नै दुईपटक मल दिएर बाँडेको पनि देखियो, कसैले पाएकै छैनन्’ उनी भन्छन्, ‘यो त राज्यको निकम्मापन हो नि । पहुँच हुनेहरुले पाइरहेकै छन् ।’
उता कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल किसानले मल समयमा र भनेजति नपाएको सत्य भए पनि पहुँच भएकालाई बढी दिएको भन्ने आरोप गलत भएको बताउँछन् ।
‘हामीले कसैलाई पनि पक्षपात गरेका छैनौं, अघिल्ला बर्षहरुमा बाँडेको परिणाम, किसानहरुको संख्या र क्षेत्रफल सबैलाई हेरेर वितरण गर्न भनेका छौं’ ज्ञान केन्द्रका प्रमुख ढकाल भन्छन्, ‘बरु सहकारीहरुले नै मल लुकाउने, आफन्त र नातागोतालाई बाँड्ने, किसानलाई दुःख दिने, भौतिक दूरी नराखी वितरण गर्ने, बढी रकम लिने जस्तो देखिएको छ, त्यो कारवाहीको विषय बन्न सक्छ ।’
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख ढकालले मल बाँड्दा भौतिक दूरी कायम गरेर मात्रै बाँड्न सहकारीहरुलाई स्पष्ट निर्देशन दिइएको भए पनि त्यसको पालना नगरेको पाइएको बताए ।