दैलेख । दैलेखमा दुइ बालिका सम्पर्कविहिन भएका छन् । दैलेखको दुल्लू नगरपालिका २ पानसैनका दुइजना बालिका असोज १३ गतेदेखि सम्पर्कविहिन भएका हुन् ।
सम्पर्कविहिन हुनेमा १३ वार्षीया लक्ष्मी विक, १३ वर्षीया पूजा विक रहेको नरेश्वर उद्यमशील माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानमणी नेपालले जानकारी दिए । उनका अनुसार सम्पर्कविहिन भएका लक्ष्मी र पूजा विक नरेश्वर उद्यमशील माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीया लक्ष्मी विक र कक्षा ९ मा अध्यनरत १३ वर्षीया पूजा विक हुन् ।
दिउँसो करिब २ बजेको समयमा दुल्लू नगरपालिका २ मा पर्ने सुर्खेत जुम्ला सडकखण्डको सियाँलामा गाडीमा चढेको स्थानिय बताउँछन्
सम्पर्क विहिन भएका बालिकाको इलाका प्रहरी कार्यालय दुल्लू, जिल्ला प्रहरी कार्यालय दैलेख लगाएत जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी भएपनि हालसम्म बालिकाको अवस्था अज्ञात रहेको नरेश्वर उद्यमशील माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानमणी नेपालको भनाई छ ।
सम्पर्कविहिन दुइजना बालिकाको खोजतलासा भइरहेको साथै फेला पार्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय दैलेख लगाएत नजिकको प्रहरी कार्यालय साथै व्यवस्थापक ज्ञानमणी नेपालको सम्पर्क नम्बर ९८४३११०८७२ मा सम्पर्क गरिदिन समेत विद्यालय परिवारले अनुरोध गरेको छ ।
यो विषयमा कुनै जानकारी नभएको र खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ । उहाँहरु हराउनुभएको छ भन्ने कुरा आएको छ,’ईलाका प्रहरी कार्यालय दुल्लूले भन्योे, ‘घरमा छैनन् उहाँहरु हराएकै त होलान् । फोन लागिरहेको छैन । खोजीकार्य जारी छ ।’