सुर्खेत । दैलेखमा अपाङ्गता पहिचान तथा घुम्ती शिविर सम्पन्न भएको छ । सिवीएम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा संचालित हातेमालो– हाम्रो आवाज हाम्रो सहभागिता परियोजनाको आर्थिक सहयोग तथा अपाङ्ग वालअस्पताल तथा पुर्नस्थापना केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो ।
अपाङ्गता तथा घुम्ती शिविर दैलेखको दुल्लू नगरपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिका गरिएको थियो । असोज ४ र ५ गते दुल्लू नगरपालिका, ६ गते भैरवी गाउँपालिका र ७ गते नौमूले गाउँपालिकामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ती शिविर संचालन गरिएको थियो ।
नौमूले गाउँपालिकामा संचालन भएको अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ती शिविरमा बोल्दै प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता पहिचान हुननसकेका व्यक्तिहरुको पहिचान गरि आवश्यक उपचार,सहायक सामाग्री वितरण, डाक्टर परामर्श र सहयोग गर्ने उद्वेश्यले शिविरको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरिन् ।
प्रतिनिधि सभा सदस्य रानाले प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेको स्वास्थ्यकक्षहरुको अवलोकन गरेकी थिइन्
त्यस्तै शिविरले अपाङ्गता पहिचानका आधारमा उपचार परामर्श शल्यक्रियाका लागि निरन्तर साथ सहयोग हुने अपाङ्गता बालअस्पताल कर्णाली प्रदेश प्रमुख होमराज के.सीले बताए ।
छोरीको खुट्टामा समस्या थियो यसरी पालिकामै स्वास्थ्य शिविर भएर उपचार भएपछि खुशी भएको भैरवी गाउँपालिका १ कि फम्फा बिक बताउँछन् । छोरीको खुट्टा जन्मजात बाँङ्गो औँला जोडिएको समस्याले नेपाल र भारत सबै ठाँउमा पु¥याएको खुट्टा काट्नु पर्छ भनेका थिए,’उनले भने, ’ तर, पालिकामै स्वास्थ्य शिविरमा आएर डाक्टर परामर्शमा उपचार हुने प्लास्टर भएको छ । थप उपचार का लागि र सुर्खेत जानु पर्ने बताउनुभयो छ र म उहाँहरु सम्पूर्ण सहयोगीलाई धन्यवाद छ ।
घुम्ती शिविरबाट शारिरिक अपाङ्गता भएका बालवालिकाहरुलाई उपचार, परामर्श, रिफरल तथा सहायता सामाग्रीहरु उपलव्ध गराइएको अपाङ्ग बालअस्पतालका डाक्टर विवेक लामाले बताए ।
सिवीएम ग्लाबल नेपालको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा संचालित हातेमालो परियोजना संयोजक हरिकला खड्का ले अपाङ्गतापहिचान घुम्ती शिविर मा एकदमै जोखिम मा परेका अपाङ्गता भएका बालवालिकाले सेवा लिन सहभागि भएको, आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई पनि उपचार र सहयोग गर्ने डाक्टर लामाले बताए ।
अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण निशुल्क घुम्ती शिविरमा दुल्लु नगरपालिकामा गरिएको स्वास्थ्य परिक्षण शिविरबाट ३५८ जना, भैरवी गाँउपालिामा २९८ जना र नौमूले गाँउपालिकामा २०५ जना गरि जम्मा ८६१ जनाको स्वास्थ्य पहिचान तथा परिक्षण गरिएको अपाङ्गता बालअस्पताल कर्णाली प्रदेश प्रमुख होमराज के.सीले जानकारी दिए ।