काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा पालिका स्तरीय तीजगित प्रतियोगिता सम्पन्न भएको छ । सोसेक नेपाल र ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरी तीजगित प्रतियोगिता सम्पन्न भएको हो ।
महिला अधिकार र प्रजनन् स्वास्थ विषयक पालिका स्तरिय तिज गित प्रतियोगिता मा महिला तथा वालवालिका शाखा प्रमुख गीता नेपालीको अध्यक्षता, गाँउपालिका उपाध्यक्ष देविराम बडुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मी,ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सी प्रसाद उपाध्यायको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष एवंम कार्यक्रमका प्रमुख अतिथि देविराम बडुवालले पछिल्लो समय तीजको मौलिकता हराउँदै गइरहेकोले मौलिकतामा जोड दिनुपर्ने बताएका थिए ।
तीजगित प्रतियोगितामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तुल्सी प्रसाद उपाध्यायले हरितालिका तीजको शुभकामना व्यक्त गरे ।
महिला अधिकार र प्रजनन् स्वास्थ्य विषयक पालिका स्तरीय प्रतियोगितामा ठाटीकाँध गाउँपालिका वडा नम्बर -६ को प्रगतिसि आमा समूह प्रथम भएको बताइएको छ ।
त्यस्तै प्रतियोगितामा द्धितीय डाँफे महिला समुह वडा नम्बर -१, तृतीय सुइयाँ किसोरी समुूह ठाँटिकाँध -३, र सान्त्वनामा जनचेतना समूह वडा नम्बर -६ भएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले जानकारी दिए ।
ती प्रतियोगितामो विजयी समूहलाई नगत पुरस्कार वितरण गरिएको थियो ।
महिला तथा वालवालिका का क्षेत्रमा काम गर्दै आईरहेको सोसेक नेपाल सहकार्य परियोजनाले महिला अधिकार र प्रजनन् स्वस्थ्य विषयमा तीज विशेष तीज गित प्रतियोगिता कार्यक्रम ठाटीकाँध गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पनि सम्पन्न गरेको संयोजक रेग्मीले बताए ।
त्यस्तै ठाँटिकाँध गाँउपालिका वडा नम्बर ३ र ४ मा महिला समूह र बालक्लबको आयोजनामा भएको तीजगित प्रतियोगितामा वडा नम्बर -३ का वडा सदस्य नाम व. शाहीको प्रमुख आतिथ्य वडा नम्बर ३ का वडा महिला सदस्य पवित्रा गौतमको अध्यक्षता रहेको थियो ।
भवानी माध्यामिक विद्यालय बहाकोटका प्रधानाध्यापक भक्ति प्रसाद तिमिल्सेना, सोसेक नेपालका कृषि प्राबिधिक भुपेन्द्र सिजापती लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा ठाँटिकाँध गाँउपालिका वडा न ३ र ४ का महिला समुह र वाल क्लवहरुका ९ वटा समूह प्रतियोगितामा सहभागिता रहेको थियो ।
प्रथम भवानी वाल क्लव बहाकोट, द्वितीय सगरमाथा आमा समूह, तृतीय भवानी बाल क्लव (ख) समूह, सान्त्वना साझा फूलबारी आमा समूहले क्रमस ३ हजार पाँच सय, २ हजार पाँच सय, १ हजार पाँच सय ,१ हजार र सहभागि समूहहरुलाई ५८० का दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको बिताइएको छ ।