काठमाडौँ । महिला बालबालिका तथा पिछडीएका वर्गको उत्थानका लागि हातेमालो गर्दै अघि बढेको सोसेक नेपालले आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ करोड ८३ लाख ३५ हजार २७३ बजेट प्रस्तावित गरेको छ ।
भदौं ११ गते संस्थाको २७औं बार्षिक उत्सवएवं साधारण सभामा सो बजेट प्रस्तावित गरेको हो । चालु आर्थिक बर्षमाभने संस्थाले ३९ करोड ६६ लाख२४ हजार १० रुपैयाअनुमानित बजेट प्रस्तुत गरेको थियो ।
त्यसैगरि गतबर्ष महिला, युवा, तथा बालअधिकार,प्रवर्धन आधार परियोना राउटे,कुसुण्डा, भेदभाव सम्बोधन तथा पोषण र सामाजिक न्याय प्रवर्धन,ग्रीन कर्णाली परियोजना,भुकम्प प्रभावितलाई राहत,खानेपानी सरसफाई तथा स्वच्छता प्रतिकार्य परियोजना लगायत विभिन्न परियोजनामार्फत २२ करोड १४ लाख ३३ हजार ९२ रुपैयाँखर्च गरेको थियो ।
नेपालमा कार्यरत विभिन्न विकास साझेदार संस्थाहरु अन्र्तगत तथा सरकारी निकायसँग हातेमालो गरि संस्थाले ग्रामिण भेगका नागरिकलाई असमानताको विरुद्धको वकालत,समावेशी र जीवनउपयोगी शिक्षा,उत्थानशिल जीविकोपार्जन, खानेपानी तथा पोषण,वालसमृद्धि,सुरक्षा र जीवन रक्षा अन्तरगत,महिलाअधिकार,बालअधिकार,वालसंरक्षण,आयआर्जन तथा लघुवित्त प्रर्वद्धन,शिक्षा,स्वास्थ्य,खानेपानीतथा सरसफाई विपद,जलवायु अनुकुलन,विपन्न र सिमान्तकृत समुदायमाकामगर्दै आएको छ ।
लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका १० वटा जिल्लाका ३१ वटा स्थानीय तहसँग हातेमालो गरि साँझेदारी कार्यक्रम सञ्चालन गरेको छ ।
समानता,पारदर्शिता,जनसहभागिता र तटस्थता मुल्यमान्यतालाई आत्मसाथ गरी पिछडिएका र पछाडी पारिएका महिला,दलित,जनजाती,वालवालिका,युवा विपन्न तथा सिमान्कृत समुदायको अधिकार सहित,कर्तव्य पालन र जीवनस्तर सुधार्न विभिन्न आय आर्जनमुलक,विकास निर्माणका समेतको काम गरेको सेसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिए ।
झण्डै ५५हजार बढी जनसंख्या लाभान्वित
सोसेक नेपालले सञ्चालन गरेका विभिन्न २६ वटा परियोजनाहरुबाट ५५ हजार ८२६ जनसंख्या लाभान्वित भएका छन् ।
जसमा महिला ३० हजार ५२७जना,पुरुष ३५ हजार ५५९ जना छन भने जातजाती अनुसार दलित १७हजार ३२५ जना,जनजानी७हजार ४६४ जना र अन्य ३० हजार ३६३ जना लाभान्वित भएका हुन् । जसमध्ये बालक ११ हजार १९० जना,बालिका १५३५७जनागरि २६ हजार ५४७ जना बालवालिका विभिन्न परियोजनाबाट लाभान्वित छन् । त्यसैगरि अपांगताभएका ९३७ जनाएकलमहिला ६१४ जना,एचआईभीप्रभावित १७ जना ३३ जना लैङ्किकतथा यौनिक अल्पसंख्यक प्रत्यक्ष लाभान्वित भएको सोसेको प्रतिवेदनमाउल्लेख छ ।
संस्थाले विगतलामो समयदेखी समाजमा रहेको विकृती, कुसंस्कार छुवाछुत,महिनावारी विभेद ,वालविवाह,बहुविवाह हटाउनको लागि सडक नाटक सेमिनार गोष्ठी मार्फत जनचेतना जगाउँदै आएको छ ।
बालबालिका,महिला,दलित,युवालोपोन्मुख,विपन्न र सिमान्कृत जातजातीको जीवनस्तर उकास्न ग्रामिण बस्तीमा आयआर्जनका क्रियाकलापलाई अगाडी बढाएको छ । जस कारण बेरोजगार युवाहरु रोजगारी समेत बनको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउँछन् ।
भारतलाई कर्मथलो बनाएका अधिकाँश पुरुषगाउँमै बसेर वाख्रापालन,व्यवसायी तरकारी खेतीबाट आम्दानी समेत गरेको सोसेक नेपालका कार्यकारी निर्देशक थापाले थापाको भनाई छ । हामीले अधिकारबारे मात्र चेतना दिदैनौं,अधिकार सँगै कर्तव्यको बारे पनि ज्ञान दिने गरेका छौं’,उनले भने, 'जसले गर्दा विकास निर्माणका कुरामा समेत आमनागरिक सचेत बन्दै गएका छन् । गाउँमाहुने छाउपडी प्रथा,वालविवाह समेत न्यूनिकरण भईरहेको छ ।’
संस्थाले विभिन्न विकास साझेदार सहयोगी निकायसँग साझेदारीमा गत आर्थिक बर्षमा सञ्चालित २९ वटा परियोजना र कार्यक्रम,संस्थाको आन्तरिक गरि १९५ जनाकर्मचारी परिचालन गरि संस्थाको लक्ष्य उद्देश्य र रणनैतिक योजनाको लक्ष्य प्राप्त गर्न लागि परेको छ ।
संस्थामा हालसम्म महिला ११८ जना,पुरुष७७ जना कार्यरत छन् । जसमध्ये दलित १२ जना,जनजाती २४ जना,अन्य १५८ जना कुसुण्डा १ अपांगता १२ जना रहेका छन् ।