काठमाडौँ । ललितपुरको महाङ्काल गाउँपालिकाले गाउँपालिकामा रोजगार सिर्जना गरी उत्पादनमुखि बनाउनका लागि अनुदानमा भैँसी वितरण गरेको छ । गाउँपालिकाको विशेष अनुदान कार्यक्रम अन्र्तगत गाउँपालिकाले ६४ वटा भैँसी बितरण गरेको हो ।
गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार राष्ट्रिय योजना आयोगबाट विशेष अनुदानमा १ करोड १५ लाख पैसा आएको र सोही अन्र्तगत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत गरी टेन्डर प्रक्रिया मार्फत विशेष अनुदानमा भैँसी बितरण गरिएको गाउँपालिकाले जनाएको छ । महाङ्काल गाउँपालिका ६ वटै वडाहरुमा भैँसी बितरण गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत दिपक प्रसाद दुलालले बताए ।
उनका अनुसार किसानलाई आत्मनिर्भसँगै रोजगार सिर्जना गरि उत्पादनमुखि बनाउनका लागि मुर्रा क्रस दुधालु भैँसी बितरण गरिएको दुलालले जानकारी दिए ।
गाउँपालिकाले आत्मनिर्भरसँगै गाउँपालिकामा रोजगार सिर्जना गरि उत्पादनमुखि पालिका बनाउनका लागि गाउँपालिका भित्रका एकल महिला, अपाङ्गता भएका व्यक्ति, आर्थिक विपन्न र दलित जनजातिलाई छनोट गरेर भैँसी बितरण गरेको छ । छनौटमा पर्नेमा जनजाती ४४ जना, दलित ३ जना र अन्य १७ जना गरी ६५ जनालाई भैँसी बितरण गरिएको छ । भैँसी बितरण असारको १९ गते देखि श्रावणसम्म भएको अधिकृत दुलालको भनाई रहेको छ ।
राष्ट्रिय योजना आयोगबाट विशेष अनुदानका लागि २०८०÷०८१ मा १ करोड १५ लाख पैसा आएको र २० प्रतिशत कृषकबाट थप गरेर १ करोड ३८ लाखमा टेन्डर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए । बिष्टका अनुसार पहिलोपटक टेन्डर गर्दा नपरेको र दोस्रोपटक टेन्डर आह्वान गर्दा चारवटा वटा फर्मले शिलबन्दी दरभाउ पत्र हालेका थिए । प्रतिसप्रर्धाबाट महाङ्काल गाउँपालिका ३ को इमानसिङ स्याङतानको याङला कृषि तथा पशुपालन फर्मले ठेक्का पाएको थियो ।
पशुपालन प्रवर्धन कार्यक्रम अन्र्तगत भैँसी बितरणमा गाउँपालिकाको वडा नम्बर १ मा १६ वटा भैँसी बितरण गरिएको थियो । वडा नम्बर २ मा १६, ३ नम्बर वडामा ८ वटा, ४ मा १६ वटा, छ नम्बर वडामा ४ वटा र ६ नम्बर वडामा ४ वटा गरी जम्मा ६४ वटा भैँसी बितरण गरिएको थियो ।
त्यस्तै मासु उत्पादन प्रवर्धन कार्यक्रम अन्र्तगत बोर क्रस जातका बाख्रा बोका समेत बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा ५३ वटा बाख्रा र २ वटा बोका गरी ४५ परिवारलाई ५५ वटा बाख्रा बोका बितरण गरिएको छ ।
यस्तै अर्गानिक खेती प्रवर्धन कार्यक्रमतर्फ वडा नम्बर ५ र ६ मा सहकारी सहित १९४ जनालाई अर्गानिक खेतीका लागि कृषि सामाग्रि बितरण गरिएको थियो । १९४ मा पशु तर्फ १०९ जना र कृषितर्फ ८५ जनालाई सामाग्रि बितरण गरिएको थियो ।
भैँसी वितरमा कार्यपालिकाको निर्णय सँगै गाउँ कार्यपालिकाको कार्यविधि अनुसार बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताए । भैँसी वितरण गर्दा वितरणमा कार्यपालिकाले निर्णय गरेर एउटा पनि गाई बस्तु नभएको र पशुपालनमा चाहना भएका विपन्न कृषकलार्ई भैँसी वितरण गरेका छौँ,’उनले भने, ‘ गाउँपालिकाका ६ वटै वडामा हामीले पत्राचार ग¥यौँ । र वडा कार्यालयबाट छनौट भएर आयो । विपन्न, एउटा पनि गाई बस्तु नभएकाहरु छनौट भएको र त्यही छनौटका आधारमा ठेक्का पाएको ठेकेदारले भैँसी लिएर आउनुभयो । वडाका वडा अध्यक्ष र जनप्रतिनिधि मार्फत सबै वडामा बितरण गरिएको हो ।’
बाख्रा भैँसी र अर्गानिक खेती प्रवर्धनका लागि कृषि औजारहरु १ करोड १५ भित्र ठेक्का प्रक्रिया अनुसार नै बितरण गरिएको गाउँपालिका अधिकृत बिष्टले बताए ।
गाउँपालिकाले भैँसी वितरण गर्दा सकारात्मक प्रतिक्रिया आएका महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी बताउँछन् । हामीले एउटा पनि भैँसी नहुने र चाहना भएका विपन्न कृषकलाई भैँसी वितरणले धेरै राम्रो प्रतिक्रिया आएका छन्,’उनले भने, ‘धेरै राम्रो प्रतिक्रिया आए पनि संघीय सरकारबाट पाएको अनुदान अहिले बिचमै अड्किएकाले समस्या भएको छ र ठेकेदारलाई भुक्तानी दिन सकिएको छैन ।’