काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का पुर्व अध्यक्ष हरिहर अधिकारी(श्यामल)ले कर्णालीलाई प्रस्तुत गर्ने हाम्रो मनोविज्ञान परिर्वतन गर्नुपर्ने बताएका छन् । आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा भएको कर्णाली प्रदेशको साँस्कृतिक नीति सम्बन्धि विज्ञहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
छलफलका क्रममा उनले कर्णालीका प्राज्ञिक भनिनेहरुले नै कर्णालीलाई प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । केही समय पहिले एउटा कार्यक्रममा गएको बेला एकजना पुर्व मुख्यमन्त्रीले जुम्लीलाई हेप्छन्, जुम्ली फोहोरी हुन्छन् भन्छन् भनेको प्रसंगलाई इंगित गर्दै कर्णालीलाई प्रस्तुत गर्ने मनोविज्ञान परिर्वतन गर्नुपर्ने बताए । हाम्रा प्राज्ञिक भनिनेहरुको प्रस्तुति देखेर आश्चर्य लाग्छ,’उनले भने, ‘हाम्रा कर्णालीका प्राज्ञिकहरुले कर्णालीका सन्र्दभमा दिने प्रस्तुति देखेर आश्चर्य लाग्छ । कर्णालीका प्राज्ञिक भनिनेहरु नै जुम्लीलाई हेप्छन् भन्या छ जुम्ली फोहोरी हुन्छन् भन्या छ । कर्णाली फोहोरी नभएर श्रमिकहरुको ठाउँ हो भन्नुस । हामीले हाम्रो मनोविज्ञान परिर्वतन गर्नुपर्छ ।’
‘कर्णाली फोहोरी होइन श्रमिकहरु बस्ने ठाउँ हो भन्नुस । श्रमिकहरुको हातमा माटो लाग्छ भन्नुस,’उनले भने ।
कर्णालीलाई भाषिक, सास्कृतिक, सात्यिक र सम्रग कर्णालीका लागि कर्णाली प्रदेशमा मन भएकाहरुको सदैव सहयोगको आवश्यक रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । कर्णालीको भाषा साहित्य र कला सस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय हुँदै अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सबैको हातेमालो आवश्यक छ,’उनले भने ।
संस्कृत नपढेर इतिहास अध्यन गर्न नसकिने नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले बताए । मौलिक, प्राकृतिक र साँस्कृतिक कुराको इतिहास अध्यनको लागि सँस्कृत पढ्न आवश्यक रहेको उनले बताए ।
साथै पछिल्लो समय कुनै विषयमा अनुसन्धान गर्दा डुप्लिकेशन भइरहेको उनले बताए । राज्यको स्रोत दुरुपयोग नहुने गरि सरकार र प्रज्ञा प्रतिष्ठानबिच समन्वय गरेर डुप्लिकेशन नहुने गरि अनुसन्धान गर्न आवश्यक छ । कर्णालीको मौलिकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठान गठन गर्न पाउनुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरी बताउँछन् । जस्ले राम्रो काम ग¥यो उ इतिहासमा दर्ज हुनेछ र नराम्रो काम गर्ने आफै बढारिने छन् । मर्यादाक्रमको पहिलो नम्बरमा जनता हुनुपर्छ,’उनले भने, ‘जस्ले राम्रो काम गर्छ उस्लाई इतिहासले मूल्यांङ्कन गर्नेछ ।’
कर्णालीको भाषा सस्कृतिको राष्ट्रिय स्तरमा मात्र नभएर अन्र्तराष्ट्रिय स्तरमा महत्व भएको डा. गिरी बताउँछन् ।
कर्णालीलाई चिनाउन आफ्नै पहिचान आफ्नै पन र आफ्नै स्वरुप दिनुपर्ने कर्णाली प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दिपेन्द्र रोकाया बताउँछन् । हामीले कर्णालाई चिनाउन आफ्नै पन र आफ्नै स्वरुप दिनुपर्छ,’उनले भने, ‘आफ्नै पन र आफ्नै स्वरुप दिएपछि मात्र कर्णालीलाई ‘एक्सपोज’ गर्न सकिन्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले प्रज्ञा प्रतिष्ठान गठन नेपालको संविधानले दिएको अधिकार भित्र पर्ने र यस्को गठन आवश्यक रहेको बताए । समाजका हरेक क्षेत्रमा संचार क्षेत्रको भुमिका महत्वपूर्ण हुने यस्मा सञ्चार क्षेत्रलाई जोड्नुपर्ने उनको धारणा रहेको थियो ।
कर्णालीलाई प्रचारप्रसारको लागि पुर्वको सस्कृृति कर्णाली र कर्णालीको सस्कृति पुर्वमा देखाउनुपर्ने उनले बताए । देश भित्रको सस्कृति देशभित्र आदानप्रदान गर्न सकेमा कर्णालीलाई चिनाउन सकिन्छ ।
कर्णाली प्रदेशको साँस्कृतिक नीति र कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान गठनमा विज्ञहरुसँग छलफलको क्रममा कर्णाली प्रदेश सबै कुराका लागि भण्डार भएको बताएका छन् । साथै हाम्रो भाषिक संस्कृति माथि आक्रमण भइरहेको र यस्को खोजी गर्न आवश्यक रहेको समेत विज्ञहरुले बताएका छन् । हामी जडान सस्कृतिमा मात्र सिमित नभएर खसान सस्कृतिमा पनि जोडिनुपर्ने बताएका थिए । विज्ञहरुले हाम्रो सभ्यताको बारेमा अहिलेको पुस्तालाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।
कर्णाली प्रदेशको साँस्कृतिक नीति र कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धमा विज्ञहरुसँगैको छलफलमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सांसद, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा पुर्व सदस्य लगायतको सहभागिता रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्य र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा छलफल कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धमा छलफल भएको थियो ।