काठमाडौँ । विश्वव्यापि बहसका रुपमा रहेको जलवायु परिर्वतनसम्बन्धि स्थानीय तहले पनि चासो दिन थालेका छन् ।
पहिले जलवायु परिर्वनबारे चासो नदेखाएका स्थानीय तहका प्रमुख उप-प्रमुखहरुले चासो दिन थालेका छन् । अहिले स्थानीय पालिका देखि विद्यार्थी, शिक्षक र स्थानीय नागरिकले जलवायु अनुकुलनका उपायबारे चासो देखाउन थालेका छन् ।
जलवायु परिर्वतनसम्बन्धि चासो राख्दै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा जलवायु परिर्वतन सम्बन्धि चित्रकला कार्यक्रम गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारी,चामुण्डाबिन्द्रासैनी नगरपालिकाको समन्वय, सोसेक नेपालद्वारा संचालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
“भोलिका लागि सँगैः युवा जलवायु नायकहरु ! भन्ने सन्देश दिदै उक्त कार्यक्रम गरिएको हो । “जलवायु परिवर्तन र न्याय” सम्बन्धी चित्रकला र ग्यालरी प्रस्तुतीकरण कार्यक्रम गरिएको थियो ।
“जलवायु परिवर्तन र न्याय” सम्बन्धी कार्यक्रममा बोल्दै नगरपालिका उप-प्रमुख मनसरा कुमारी शर्माले जलवायु परिर्वतनले मानवीय जीवनमा पार्ने प्रभावहरुको बारेमा कार्यक्रमले बालबालिका, शिक्षक र समुदायमा सकारात्मक सन्देश दिएको बताइन् ।
विद्यार्थीले प्रस्तुत गरेका चित्रले जलवायु परिवर्तनले सुरुको अवस्था, हालको अवस्था देखाएको छ,’उनले भनिन्, ‘जलवायु परिर्वतन न्यूनिकरणका लागि विद्यालय घर, समाज र समुदायले गर्नुपर्ने जिम्मेवारीबारे प्रष्ट पारेको छ ।’
जलवायु परिर्वतन न्यूनिकरणका लागि आम समुदायले प्राकृतिक स्रोतको संरक्षणमा लाग्नुपर्ने उप-प्रमुख रेग्मीको भनाई छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरभित्रका सम्पुर्ण विद्यालयहरुमा जलवायु परिर्वतनले गर्ने प्रभाव र जलवायु अनुकुलनका लागि अभिमुखिकरण समेत गर्दै आएको रेग्मी बताउँछन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी रेग्मीले जलवायु परिर्वतन रोक्न तथा वातावरण संरक्षणका लागी र स्वच्छ सफा नगर निर्माणको लागि फोहोर व्यवस्थापन गर्न डम्पिङ साईडको व्यवस्था गर्ने प्रतिवद्धता जनाइन् ।
श्री हिमालय माध्यामिक विद्यालय तिजडाँडामा अध्ययनरत छात्र दिनेश खत्रीले बनाएको चित्रद्वारा जलवायु परिवर्तन असरहरु र यसको रोकथामका उपायहरुको बारेमा प्रस्तुति सहित प्रष्ट पारेका थिए । सुरुमा कलकारखानाबाट उत्सर्जन भएको धुवाँ तथा फोहरजन्य पदार्थले वातावरण र नदी तथा खोलाको पानीमा असर पार्ने र त्यसबाट मानव जिवनमा प्रभाव पार्ने बताएका थिए । यस्तो अवस्था सिर्जना भएर बाढी पहिरोले विभिन्न क्षती हुन पुगेको चित्र मार्फत पारे ।
त्यस्तै चामुण्डा माध्यामिक विद्यालय हाडाकोटमा अध्यनरत दुर्गा बिकले पनि चित्र पर्दशन गरेकी थिइन् । उनले प्रस्तुत गरेको चित्रमा सुरुको अवस्थामा वनजंगलले वातावरण सफा र गाउँघर स्वस्थ रहेको र हाल वन फडानीको कारणले वातावरण प्रदुषिद भएको देखाएकी छन् ।
चित्रमा भू–क्षय र वाढी पहिरोको जोखिम बढेको उल्लेख गरेकी छिन् भने जलवायु परिवर्तन रोकथामका लागि वृक्षारोपण, वनजंगलको संरक्षण र न्युनिकरणका उपायहरुको बारेमा चित्र मार्फत प्रष्ट्याएकी छिन् ।