काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिका २ कि सरिता बोगटी १८ वर्षको भइन् । उनी ठाटीकाँध गाउँपालिका -२ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा १० कक्षामा अध्यनरत छन् । एक कक्षा देखि १० कक्षा सम्म पुग्दै गर्दा उनमा पहिले लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा सम्बन्धी ज्ञान थिएन । त्यस्तो ज्ञान नभएकै कारण उनले पहिले अनावश्यक कुराहरुमा फजुल खर्च गर्थिन । समयलाई फुर्सदमै बिताउँथिन् । उनलाई समयको महत्व हुन्थेन ।
समयसँगै खाना, पानी लगायतका कुराहरुको अनावश्यक खेर फाल्थिन । तर, अहिले उनमा जादुमय परिर्वतन आएको छ । उनमा यस्तो परिर्वतन आउनुको कारण हो युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रम । जस्ले उनमा यस्तो परिर्वन आएको उनी बताउँछन् । उक्त कार्यक्रममा सहभागि भएदेखि उनले समय बचत गर्ने सँगै आवश्यक्ता भन्दा बढी फर्जुल खर्च गर्ने पैसा बैकमा जम्मा गर्ने गरेको उनी बताउँछिन् । यो कार्यक्रममा सहभागि नहुनु पहिले खाना, पानी, समयको महत्व बुझेको थिएन,’उनले भनिन्, ‘युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रममा सहभागि भएपश्चात् यि सबै कुराहरुको ज्ञान पाएँ ।’
सरिता बोगटी जस्तै अर्कि युवती हुन दुल्लु नगरपालिका -५ कि गिता रिजाल । उनी बिजया माध्यामिक विद्यालय दुल्लुमा १० कक्षामा अध्यनरत रहेकी छन् । लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रममा सहभागि नहुनु पहिले उनी पनि सरिताको जस्तै बानी थियो । समयको बचत नगर्ने, खाना जथाभावी खेर फाल्ने । बचतमा ध्यान नदिने बानी रहेको उनको भनाई छ । लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रममा सहभागि भएपछि अहिले उनमा परिर्वतन आएको उनको भनाई छ । उनी भन्छिन्, ‘अहिले ममा पहिले भन्दा धेरै परिर्वतन आएको छ । अहिले कार्यक्रमबाट पाएको भत्ता बैंकमा खाता खोलेर जम्मा गर्ने, खाना, पानी र समयको समेत बचत गर्दै आफ्नो अमूल्य समय सकारात्मक कुरामा र आवश्यक कुरामा मात्र प्रयोग गर्ने गरेको छु ।’
युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रमले सरिता र गिता मात्र नभएर कर्णाली प्रदेश र मधेश प्रदेश गरी ९ र ११ कक्षाका ३९६ मेधावी विद्यार्थी मार्फत दशहजार ७ सय जना विद्यार्थीहरूले कार्यक्रमबाट ज्ञान र सिप सिकेको समुनत नेपालका एमएनी संयोजक सुरेन्द्र बज्राचार्य बताउँछन् । उनका अनुसार यो कार्यक्रमबाट यहाँका अधिकांश बालबालिकाले खाना,पैसा, पानी र समयको बचत गर्न सिकेको उनी बताउँछन् ।
युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रम कर्णालीका दुइ जिल्ला सुर्खेत र दैलेख र मधेश प्रदेशका दुइ जिल्ला जनकपुर र बर्दिबासमा संचालनमा रहेको छ । युवाहरुलाई जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रममा जोड्नु यो मुख्य उद्वेश्य रहेको समुन्नत नेपालका निर्देशक पवन अधिकारी बताउँछन् ।
मधेश प्रदेशको जनकपुर उपमहानगरपालिका, बर्दिबास नगरपालिका र जलेश्वर नगरपालिकामा यो कार्यक्रम संचालनमा रहेको छ ।
निर्देशक अधिकारीका अनुसार लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रममा सहभागि पश्चात् उनीहरुमा पैसा सहित श्रोत र साधनको बचत गर्ने बानीको विकास समेत भएको छ । लैङ्गिक विभेद र लैङ्गिक हिसांका प्रकारबारे जानकारी भएका छन् । कार्यक्रमबाट बचतका साथै उद्यमबारे जानकारी पाए र उद्यमी बन्ने सोचको विकास समेत भएको उनको भनाई छ ।
लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रम संचालन भएपछि सहभागी विद्यार्थीहरू मध्ये केहीले घरमै ट्युश्न संचालन गरेर आएको आम्दानीबाट आमाबाको ऋण समेत तिरेको विद्यार्थीहरु बताउँछन् । यति मात्र नभएर कुखुरा पालन सामानहरूको पुन प्रयोग जस्ता कार्यहरूमा संलग्न रहेका छन् ।
दातृ निकाय अफ्लाटुन इन्टरनेशनल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको सहकार्य, स्थानीय साझेदार संस्था सोसेक नेपाल दैलेख, स्याक नेपाल सुर्खेत, लाइफ नेपाल, समाज जागरण केन्द्रद्वारा यो कार्यक्रम संचालनमा रहेको बताइएको छ ।
यो कार्यक्रमको मुख्य उद्वेश्य भनेको लैङ्गिकता जीवनोपयोगी सिप तथा वित्तीय सम्वन्धि राष्ट्रिय पाठयक्रममा समावेश गर्न पैरवी तथा सहजीकरण गर्ने रहेको बज्राचार्यको भनाई रहेको छ ।
कक्षा ९ देखि १२ कक्षामा अध्यनरत बालबालिकाहरूमा लैङ्गिकता जीवनोपयोगी सीप तथा वित्तीय सीपका साथै उद्यमीको भावना र सोचको विकास गर्ने योजना रहेको छ ।
तालिमपश्चात् विद्यालयमा गर्न मिल्ने उद्यमहरु छनौट गरेर विद्यालयममै उद्यम गर्न सिक्छन् । दश हजारका दरले प्रत्येक विद्यालयलाई पिमोनी पनि उपलब्ध गराएको अधिकारी बताउँछन् । कसैले कखुरा पालन, कसैले सिजन अनुसारका तरकारी लगाउने, च्याउ खेती गर्ने र कसैले घरमै पशुपालन गर्ने गरेका छन् । कोही विद्यार्थीले विद्यालयमै स्टेशनरी पसल समेत संचालन गर्ने र आएको नाफाले पुन स्टेशनरी सामान थप्ने र क्लबका विभिन्न कामहरुमा खर्च गर्ने गरेको समुन्नत नेपालका निर्देशक अधिकारीको भनाई रहेको छ ।
अघिल्लो वर्ष २८ यो वर्ष १६ विद्यालयमा कार्यक्रम लागु भएको छ । यो अपलाटुन पाठ्यक्रममा आधारित कार्यक्रम रहेको फोकलपर्सन जीवराज रेग्मी बताउँछन् ।
कार्यक्रममा दशवटा जीवनउपयोगी सीप
कार्यक्रममा विद्यार्थीहरुलाई विश्व स्वास्थ्य संस्था संगठनले समाबेश भएका दशवटा जीवनउपयोगी सिहरु सिकाइएको छ ।
दशवटा सिपमा आत्मजागरण, प्रभावकारी सञ्चार, अन्तरव्यक्तिक सम्बन्ध, तनाव व्यवस्थापन, संवेग नियन्त्रण, समानुभूति, सिर्जनात्मक सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय गर्ने क्षमता र समस्या समाधान रहेका छन् ।