“हामी सम्पूणचुनौतीहरुलाई चिर्छौँ र झन् बलियो बन्छौं” भन्ने बंगलदेशकी प्रधानमन्त्री शेख हसिना जसले “प्रजातन्त्र कुनै उपहार हैन, यो संघर्ष हो” कथन रटान गर्थिन उनैले आज लोकतन्त्र बंगलादेशी सेनलाई बुझाएर भारत पलायन हुनु परेको छ । राजनीतिलाई एउटा कर्मकाण्डी शाधन बनाएकी हसिनाले आफ्नै पिता बंगलादेशको पहिलो राष्ट्रपति शेख मुजिबु रहमानको बलिदान र प्राप्तिलाई पनि कायम राख्न सकिनन् ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र व्यापक प्रदर्शनले बंगलादेशलाई अनिश्चितताको अवस्थामा पुर्याएको छ । बंगलदेशको राजनीतिक परिदृश्यमा एक महत्वपूणर् मोडमा पुगेको छ जहाँ सेनाप्रमुखले अन्तरिम सरकारको गठनको घोषणा गरको छन् ।
कोटा प्रणालीको व्यापक प्रदर्शनले बंगलादेशी जनताको गहिरो निराशा प्रतिबिम्बित गर्दछ जसलाई अधिनायकवाद उन्मुख हसिना सरकारले आतंककारीको संज्ञा दियो । । भ्रष्टाचार, आर्थिक असमानता, र मानव अधिकार उल्लंघन जस्ता मुद्दाहरूले नागरिकहरूलाई परिवर्तनको माग गर्न प्रेरित गरेको छ । यी गुनासालाई सम्बोधन गर्न सरकारको असफलताले सार्वजनिक विश्वासमा ठूलो क्षति पुर्याएको छ, जसले जिम्मेवारी र सुधारको लागि आह्वान गरिरह्यो, फलस्वरुप बंगलदेशको एक काल खण्डको अन्त्य भएको छ ।
सीमित परिवारका व्यक्तिलाई आरक्षणको भर्याङ्गबाट सत्ता प्राप्तिको षडयन्त्रको विरोध गरेका प्रदर्शनकारीको आवाजलाई हसिनाले सम्बोधन गर्नुको साटो झन बलपुग्ने गरी आइतबार आफनो भनाई राखिन् ।
राजनीतिमा सेनाको हस्तक्षेप दुई धारी तरवार हो, तथापि अन्तरिम सरकारको गठनले अस्थायी स्थिरता संकेत भने गरेको छ । प्रायशः इतिहासलाई वास्तविक्ताको नजरबाट हेर्ने हो भने, सेनाको संलग्नता प्रायः तानाशाही शासनतर्फ उन्मुख हुन्छ, जसले नागरिक नेतृत्वलाई वेवास्ता गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई धमिल्याउँदै लैजान्छ ।
सेना प्रमुको विगतको हिंसा प्रतिको चिन्ता सकारात्मक कदम हो, तर, यसमा भएका वाचा र प्रतिवद्धता वास्तविकतामा परिणत गर्न चुनौती छ र त्यसमा प्रसस्त शंका पनि छ ।
मानव अधिकार उल्लंघनको अनुसन्धान गर्न र अपराधीलाई कार्वहीको कठघरा उभ्याउन स्वतन्त्र आयोगको स्थापना अनिवार्य छ, जसले सार्वजनिक विश्वासको पुनस्र्थापना गर्न मद्दत गर्नेछ ।
वर्तमान राजनीतिक अस्थिरताले बंगलादेशको अर्थतन्त्रका लागि चुनौतिको खाडल खनेको छ । खासगरी गार्मेन्ट उद्योग र रेमिट्यान्सद्वारा संचालित छ बंगलादेशको यो कचिंगलले संभावित विदेशी लगानीलाई रोक्न सक्छ, व्यवसाय अवरुद्ध गर्न सक्छ, र अन्ततः जनजीवनको जीविकामा नै धक्का पार्न सक्छ । लगानीकर्ताहरू सामान्यतया स्थिर वातावरण खोज्छन्, र वर्तमान उथलपुथलले पूँजीको बहिर्गमनतर्फ लैजान सक्छ, भविष्यको विकासको सम्भावनालाई थप जोखिममा पार्न सक्छ ।
राजनीतिक संकटले बंगलादेशभित्र सामाजिक विभाजनलाई गहिरो बनाउने खतरा प्रस्तुत गर्दछ । प्रदर्शन र राजनीतिक संघर्षले जातीय, धार्मिक, वा राजनीतिक रेखाहरूको वरिपरि तनावलाई बढाउन सक्छ, जसले समाजलाई टुक्राउन सक्छ । अन्नत, लामो समयसम्मको अस्थिरता चरमपन्थी विचारधाराहरूको उर्बर वातावरण सिर्जना गर्न सक्छ, जसले राष्ट्रिय सुरक्षा थप खतरामा पार्न सक्छ ।
बंगलादेशकोस्थिति वर्तनमा परिस्थितिले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेकोछ, जसले विदेशी सम्बन्धहरूमा प्रभावहरू पार्दछ । विदेशी शक्तिहरूबाट कूटनीतिक हस्तक्षेप वा प्रतिबन्धको प्रत्यक्ष वा परोक्ष प्रभावले राष्ट्रको भू-राजनीतिक स्थितिलाई जटिल बनाउँछ ।
बंगलदेशले समाउनुपर्ने बाटो
हाल, बंगलादेशले यो अशान्त समयको सामना गरिरहेको छ, त्यसमा लोकतान्त्रिक प्रक्रियाहरूको पुनस्र्थापनामा ध्यान केन्द्रित गर्न आवश्यक छ । अब बन्ने अन्तरिम सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई बिना कुनै शर्त प्राथमिकता राख्नुपर्दछ, जसले बंगलादेशको जनतालाई आफ्नो नेता चयन गर्न पुनः अवसर प्रदान गर्दछ ।
बंगलादेशको लागि यो राजनैतिक उथलपुथलले चुनौती र अवसर दुवै प्रस्तुत गर्दछ । यदि यस विषम परिस्थितिलाई सही तरिकामा व्यवस्थापन गरियो भने, यसले आशा गरिएको अर्थपूणर् सुधार र एक नविनतम बलियो लोकतान्त्रिक ढाँचा ल्याउन सक्छ । तर, जबरजस्ती गरी आफूलाई मन लागेको शैलीमा असन्तोषका मूल कारणहरूलाई सम्बोधन नगरी अगाडि बढेमा बंगलादेश पुनः अस्थिरता चक्रमा फस्न सक्छ, जसले दीर्घकालीन प्रगतिको अवरोध गर्न सक्दछ ।
बंगलादेश अन्यौलको भूमरी यसरी जकडिएको छ कि, यसले इतिहासमै एक महत्वपूणर् क्षणको सामना गर्दैछ । हजारौं विपक्षी नेताहरुलाई जेलुमा थुनेर गरिएको निर्वाचनको परिणाम हो वर्तमान अधिनायकवाद, जसले सैनिकको ब्यारेमा शासन पुर्यायो । आउने समय बंगलदेशका लागि सहनशीलता र दृढता परिक्षाको बाटाहरु हुनेछन्, जसले राष्ट्रको भविष्यको निर्माणमा महत्त्वपूणर् भूमिका खेल्नेछ । जब बंगलादेशी जनताहरूले आफ्नो अधिकारको लागि आवाज उठाउँछन् र आफ्ना नेताहरूलाई जिम्मेवार ठहराउँछन्, अनि यो विश्व समुदालयले आफूलाई असल छिमेक, निरीक्षक र पर्यवेक्षकको भूमिका निर्वाह गर्ने अवसरको प्रयोग गर्न सक्दछ ।