काठमाडौँ । गैरसरकारी संस्था सोसेक नेपाल दैलेखले गएको बुधवार संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको छ ।
महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे,कुसुण्डा समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आफ्नो १७ औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको हो ।
“आत्मा साँची राखी मन वचन र कर्मले सेवा गरौ ” भन्ने संकल्पका साथ विगत २७ वर्ष देखि यो संस्थाले निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । हाल १० वटा जिल्लामा काम गर्दै आएको छ भने २४० जना कर्मचारी रहेका छन् । संस्थाको ११ जनाको कार्यसमिति पदाकारी रहेको कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए ।
असमानताका विरुद्ध आवाज, सुरक्षा जीवन रक्षा, खानेपानी तथा पोषण, समावेशी र अनौपचारिक शिक्षा, र वाल समृद्धि सस्थाले मुख्यकार्य क्षेत्रहरु वनाएको सोसेकले जनाएको छ ।
उत्कृष्ट कार्य गरेकोमा प्रशंसा
सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले गैरसरकारी संस्थाले गर्ने कार्यहरु सोसेक नेपालले गरे जस्तै गर्नुपर्ने बताए । उनले भने, कतिपय गैरसरकारी संस्थाले ग्रामिण भेगमा काम गरेपनि कागजमा लेखिएको जस्तो छैन । तर, सोसेकले गरेका हरेक कामले स्थानीय सरकारलाई सहयोग गर्दै आमनागरिकको आवश्यकतालाई पुरा गरेको छ । कुरीति कुसंस्कार,छाउपडी प्रथा,बालविवाह विरुद्धमा गाउँमा जनचेतना जगाएकोले न्युनिकरण भईरहेको बताए । अर्को कुरा लोपोन्मुख जाती राउटे र कुसुण्डा समुदायमा आयआर्जनका क्रियाकलाप गरेर सामाजिक करण गरिरहेको कुरा प्रशंसा योग्य गर्न लायक भएको उनको भनाई छ ।
सोही कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले संस्थालाई चलायमान,सशक्त बनाउन समुदायमा थप कार्यक्षेत्र बिस्तार गर्ने बताए ।
समुदायस्तरमा थप कार्यक्षेत्र विस्तार गर्दै लैजानका लागि सस्थामा आबद्ध कर्मचारी र समुदायको महत्वपुर्ण भुमिका रहन्छ । ‘समुदाय स्तरमा थप कार्यक्रम बिस्तारका लागि सबैले जिम्मेवार भएर अगाडी बढ्न आवश्यक छ’,उनले भने ।’
त्यसैगरि दुल्लू नगरपालिका –२ का धर्मबहादुर थापाले सोसेकका हरेक काममा पारदर्शिता,सुशासन लेखापरिक्षण हुने भएकाले खोट लगाउने ठाउँ नरहेको बताए । कार्यक्रमको पारदर्शिता र सुशासन ठिक छ तर गाउँमा विउ वितरणमा केही कमी कमजोरी छन् । अघिल्लो पटक हाम्रो समुहलाई दिएको टमाटर विउ दाना लागेपनि गोलभेडा जस्तै लागे अब विउ वितरण गर्दा ध्यान दिनुपर्छ,' उनले भने ।
संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा उठेका प्रश्नहरुको समिक्षा गर्दै सोसेक नेपालका अध्यक्ष मन्जु खड्काले मन बचन र कर्मले दृढताका साथ अघि बढेमा संस्था र समुदायका लागि समुदायमा रहेको कुरीति,कुसँस्कार महिला हिंसा,बालविवाह महिनावारी विभेद लगायतका समस्या निर्मुल हुँदै जाने बताइन ।
संस्थाले लोपउन्मुख राउटे समुदाय र कुसुण्डा समुदायहरुको लागि पनि विशेष रुपमा काम गर्दै आईरहेको जानकारी दिईन । सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रममा विभिन्न राजनीतिक दल का प्रमुख तथा प्रतिनिधि,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रमको सहजिकरण बालसंरक्षक सामाजिक तथा लैङ्गिक परिक्षण संयोजक नविनचन्द्र घिमिरे गरेका थिए ।
परियोजना मार्फत २३ करोड २ लाख २० हजार चार रुपैयाँ खर्च
सोसेक नेपालले आर्थिक बर्ष ०८०/०८१ मा विभिन्न परियोजना मार्फत २३ करोड २ लाख २० हजार चार रुपैयाँ खर्च गरेको छ । विभिन्न साझेदार संस्थाबाट प्राप्त २८ करोड ८ लाख १६ हजार ८४९ रुपैयाँ प्राप्त भएको थियो ।
शिक्षा,स्वास्थ्य,खानेपानी आयआर्जनका क्रियाकलाप,छाउपडीप्रथा विरुद्ध जनचेतना,वालविवाह न्यूनिकरण,भुकम्प पिडितलाई राहत हस्तान्तरण,अस्थायी टहरा निर्माण र लोपोन्मुख जाती राउटे समुदायलाई सामाजिकीकरण गर्नको लागि खर्च गरिएको सोसेकले जनाएको छ । विभिन्न क्रियाकलाप व्यवसाय गरेर अधिकाँश विदेशिने मानिस गाउँघरमै बसेर रोजगार गरिरहेको संस्थाले दाबी गरेको छ ।