काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित ३८ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुमपूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
महाशाखाले भनेको छ– उच्च सावधानी अपनाइराखौँ।’
साथै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, रामेछाप, लमजुङ, दोलखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, तनहुँ, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ, प्युठान, रोल्पा, अछाम, दार्चुला , बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव बढ्ने अनुमान छ।
बाढी महाशाखाले भनेको छ, ‘सतर्कता अपनाइराखौँ।’