काठमाडौँ । दैलेखका दुल्लु नगरपालिका -१ का पुर्ण बहादुर खड्काको मुख्य आयस्रोत कृषि हो । मेहनत गरे अनुसारको उत्पादन नभएर निराश भएका खड्काले जलवायुमैत्री तरकारी खेती थालेपछि मख्ख छन् ।
पहिले पुरानै प्रविधिबाट तरकारी लगाउने उनी अहिले गाउँमै कृषि पाठशाला सञ्चालन भएपछि मौसमी बेमौसमी, तथा जलवायु अनूकुल खेती बारे थाहा पाउँदा कृषिमा आर्कषण बढेको उनी बताउँछन् । पहिले उनलाई कृषि सम्बन्धि राम्रो ज्ञान थिएन जस्ले गर्दा पुरानै प्रविधिबाट खेतीपाती गर्दै आएका उनी अहिले परिर्वतन भएका छन् । दुल्लु नगरपालिकामा कृषकहरुका लागि संचालन भएको ६ महिने कृषि पाठशालामा सहभागि हुँदै आएका छन् ।
समयानुकूल खेतपाती गर्न नजान्दा सोचेजस्तो उत्पादन नहुँदो रहेछ',उनले भने, 'सिप ज्ञानको अभावले हाम्रो श्रम खेर गयो पछिल्लो समय समयमै पानी नपर्ने समस्याले उत्पादन घट्दै छ । यो सबै जलवायुमैत्री परिवर्तनको असर रहेछ । पाठशालामा सहभागि भएपछि यस्तो अबस्थामा मलजल,गोडमेल,रोग किरा नियन्त्रण जस्ता कुरामा ध्यान दिँदा उत्पादन पनि बढ्ने अनुभुति भयो ।’
खड्का जस्तै दुल्लु नगरपालिका -१ कि खजुरा खड्का पनि परम्परागत रुपमै खेती गर्दै आएकी थिइन् । परम्परागत रुपमा खेतीपाती गर्दा उत्पादनमा ह्रास आएको उनी सम्झिन्छन् । दुल्लुमा भएको कृषक पाठशालामा सहभागि भएपछि अहिले उनी छर्लङ्ग भएको बताउँछन् । पहिले परम्परगत रुपमा तरकारी खेती लगायत अन्य खेती लगाउँदै आएकी थिएँ',उनले भनिन्, 'जति मेहनत गर्दा पनि उत्पादन बढ्दैन थियो । उल्टै घट्दो अवस्थामा हुन्थ्यो । त्यसरी उत्पादन किन घट्ने रहेछ भनेर कृषक पाठशालामा सहभागि भएपछि बुझेँ ।’
कृषि पाठशालामा सहभागि खजुराले करिब एक रोपनी जग्गामा जलवायु अनुकुलनका उपाए अपनाउँदै तरकारी लगाएकी छन् । तरकारीमा उनले बन्दा टमाटर, गोभि, काउलि खुर्सानी ,सिमि काक्रा भन्टा लगायतका तरकारी बाली लगाएको उनी बताउँछिन् ।
कृषकहरुलाई व्यवसायिक कृषक बनाउनका लागि दुल्लु नगरपालिका -१ देउतीचौरमा जनचेतना कृषि समूहका कृषकहरुका लागि ६ महिने पाठशाला संचालन गरिएको छ । उक्त पाठशालामा २४ जना कृषकहरु रहेका छन् ।
डिसीय नेपालको साझेदारीमा सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत जलवायु मैत्री कृषि पाठशाला संचालन गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताए ।
पाठशालामा माटोको संरक्षण,मल जल,गोडमेल,रोक किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बिउबाली छनोट, जैविक मलको प्रयोग र माटोको उर्बरा शक्ति वृद्धि, रैथाने बाली संरक्षण लगायतमा विषयमा किसानबीच नियमित छलफल हुने गरेको पाठशाला सहजकर्ता भगवती थापा बताउँछिन् ।
उनका अनुसार कृषकहरुलाई कृषि पाठशालामार्फत प्रयोगात्मक अभ्यास गर्दै नयाँ विधि, प्रविधिबारे जानकारी दिन कृषि पाठशाला संचालन भएको सहजकर्ता थापाको भनाई छ ।
कृषि पाठशालामा व्यवसायिक तरकारी खेतीतर्फ कृषकलाई आकर्षित गर्न र जलवायुमैत्री कृषि गर्न कृषकलाई आकर्षित गर्न पाठशाला सञ्चालन भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीको भनाई छ ।
व्यवसायिक तरकारी खेतीमा आकर्षण बढाउन समूह निर्माण गरी कृषक पाठशाला सञ्चालन गरिएको छ,’ उनले भने, ‘पाठशालामा विभिन्न नगदे बालि, मौसमी पात्रो,नर्सरी बनाउन, झोलमल बनाउने तरिका लगायतका व्यवसायिक तरकारी खेतीबारे जानकारी दिन ‘कृषि पाठशाला’ सञ्चालन गरिएको हो ।’
कृषि पाठशालामा सहभागि भएपछि व्यवसायिक रुपमा खेतीपाती गर्ने आधुनिक विधिबारे जानकारी पाएको कृषक कमला खड्का बताउँछिन् । पहिले परम्परागत रूपमा खानका लागि मात्र तरकारी रोपिन्थ्यो । रोपेर छाड्थ्यौँ,’ उनले भन्छिन्, ‘मलजल मिलाएर नहाल्दा थोरै फल्थ्यो । कृषि पाठशालामा बसे देखि बारीमा आफूले लगाएको तरकारी किन फलेन भनेर हेर्ने, गोडमेल गर्ने, मलजल गर्ने, आवश्यकताअनुसार जैविक विषादी छर्किन्छौँ ।’
दुल्लु नगरपालिका –२ कि लालमना खड्काले कृषि पाठशालामा सहभागि भएपश्चात् धेरै कुराहरुको ज्ञान भएको बताउँछिन् । पाठशालाले मौसमी, बेमौसमी तरकारी खेती गर्ने लगायत ज्ञान दिएको छ,’ उनले भनिन,पहिले यस्तो ज्ञान थिएन तरकारीमा रोग किरा लागे पनि तरकारी खेतीमा हेर्दै कस्ता साल समय आए भन्दै आफुले तरकारी लगाएर दुःख गरेकोमा पछुतो हुन्थ्यो । तर,अहिले पाठशालामा सहभागि भएपछि छर्लङगै भएँ ।’
तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छौँ,” उनले भनिन्, ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।'
'खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभाबी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ ।'
कृषि पाठशालामा २४ जना कृषकहरु सहभागि रहेका छन् । सहभागि कृषकहरुले जैविक मल बनाउने तरिका, विरुवा काँटछाँट गर्ने, बिउ राख्ने, विरुवा रोप्ने, गोडमेल गर्ने, किरा लाग्दा कसरी जैविक उपचार गर्नेजस्ता तरिकाबारे पाठशालामा सिकाइने गरेको सहजकर्ता भगवती थापा बताउँछिन् । थोरै लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने गरी किसानलाई खेती गर्ने तरिका सिकाउँदै छौं सहजकर्ता थापाले भनिन्, ‘यसले उत्पादन बढाउँछ, जस्ले कृषकहरु आत्मनिर्भर बन्ने विश्वास छ ।’
परम्परागत विधिबाट खेतीपाती गर्दा उब्जनी थोरै भएपछि उहाँहरूलाई पाठशालामा प्रयोगात्मक अभ्यासमार्फत नयाँ विधि सिकाउने गरिएको थापाको भनाई छ ।
‘जुन बाली हो त्यसबारे बुझाउने र खेती गर्ने तरिकाको अभ्यास गराउँछौँ,’ उनले भनिन्, ‘बाली विशेषलाई लिएर सातामा एक दिन खेती गर्ने तरिका, कीटजन्य समस्या, उपचार, मल तथा औषधि छर्किने तरिका सिकाउँछौँ ।’
कृषि पाठशालामा सहभागि समुहमा विभिन्न कृषि औजार प्लास्टिक टनेल १२ वटा र भकारो सुधार ६ वटा बितरण गरिएको छ खड्काले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न कृषि पाठशाला सञ्चालन गरिएको थापा बताउँछिन् ।