विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा आठ जनाको मृत्यु भएको र थप १,१११ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।सङ्क्रमित कुल सङ्ख्या १५,२७३ पुगेको छ।
अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ३७७ जना छन्। चौबीस घण्टाको अवधिमा १२,६२९ वटा नमुनाको परीक्षण गरिएकोमा ५६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिलेसम्म २०,००० भन्दा केही बढी सङ्क्रमितहरू निको भएका छन्।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्। देशभरि क्वारन्टीनमा ९,४८८ जना छन्। गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् यसअघिअसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ , भदौ ९ गतेको थप ८५५ जनामा सङ्क्रमण, सात जनाको मृत्युर भदौ १० गतेको ११ मृतकसहित कोभिड(१९ एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसैगरी उपत्यकामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भत्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले बताएको छ ।