काठमाडौँ । माध्यामिक शिक्षा परिक्षामा (एसईई) मा दैलेखका १० वटा विद्यालय अनुत्तिर्ण भएका छन् । गुराँस गाउँपालिकामा चार वटा विद्यालय अनुत्तिर्ण भएका छन् । जस्मा लक्ष्मी माध्यामिक विद्यालय रतिखोला, कृष्ण माध्यामिक विद्यालय साना काँडा,शान्ति माध्यामिक विद्यालय लालिकाँडा, दुर्गादेवि माध्यामिक विद्यालय पुलिया रहेका छन् ।
त्यस्तै महाबु गाउँपालिकामा दुइवटा विद्यालय अनुत्तिर्ण भएका छन् । नेपाल राष्ट्रिय माध्यिामिक विद्यालय गिताचौर, र कालिका माध्यामिक विद्यालय टाकुरी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रा.स टेकरोज कंडेलका अनुसार दुल्लु नगरपालिकामा चारवटा विद्यालय अनुत्तिर्ण भएका छन् । जस्मा पञ्चकोशी माध्यामिक विद्यालय गमौडी, नरेश्वर उद्यमशिल माध्यामिक विद्यालय नेपा, पञ्चकोशी वेद विद्याश्रम, सरस्वती माध्यामिक विद्यालय कृष्णकोट रहेको छ ।
दैलेखमा जम्मा एकसय ११ वटा विद्यालय रहेका छन् । सामुदायिक वा सरकारी १०७ वटा, संस्थागत ३ वटा, र १ संस्कृत वेद विद्याश्रम विद्यालय गरी १११ वटा विद्यालय रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्राबिधिक सहायक कडेलका अनुसार ३.६ ४ सम्म जीपीए ल्याउने ल्याउने १० वटा विद्यालय रहेका छन् । ३.२ देखि ३.६ भन्दा कम ल्याउने ५८ जना विद्यार्थी रहेका छन् । २.८ देखि ३.२ भन्दा कम जिपीय ल्याउने २४६ जना विद्यार्थी रहेका छन् ।
त्यस्तै २.४ देखि २.८ भन्दा कम जीपीए ल्याउने ४२३ जना रहेका छन् । २ देखि २.४ भन्दा कम जीपीए ल्याउने ८१ जना, १.६ देखि २ भन्दा कम जीपीए ल्याउने १० जना गरि जम्मा पास आठसय २८ जना उत्तिर्ण भएका छन् । एन्जी ल्याएर फेल हुनेमा ४ हजार ८६ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्राबिधिक सहायक कडेलले जानकारी दिनुभयो । यो वर्ष दैलेखबाट ४ हजार ९१४ जना विद्यार्थी एसईई मा सहभागि भएका थिए ।
उत्कृष्ट नतिजा ल्याउने तीन वटा विद्यालय
जिल्लामा उत्कृष्ट नतिजा ल्याउने दुइवटा विद्यालय रहेका छन् । नारायण नगरपालिका स्थित फूलबारी विद्या मन्दिर र मोडेल स्कुल रहेका छन् ।