ललितपुर । ललितपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका अध्यक्ष श्रवण कुमार सिंह माथेमाले बिना दर्ता संचालन भएका फर्निचर उद्योग र फर्निचर पसलहरुले बजारमा अस्वस्थ प्रतिस्पर्धा हुँदा व्यवसाय धरापमा परेको बताएका छन् ।
ललितपुरमा भएको फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै उनले अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धरापमा परेको र सम्बन्धित निकायमा दर्ता गर्दा गरेर संचालनमा ल्याउन पहल गर्ने बताएका छन् ।
त्यस्तै प्रमुख अतिथि रहेका फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ नेपालका अध्यक्ष यूवराज पौडेलले विद्यमान कानुन हनुसार फर्निचर व्यवसायिलाई वन मन्त्रालय अन्तर्गतको ठेक्का पट्टामा सिन्डीकेट गरी निषेध गरेको बताए ।
निषेध गरिएको बाधा व्यवधानलाई सांगठनिक पहल गरी सच्याइएको र जसमार्फत सम्पूर्ण ईच्छुक फर्निचर व्यवसायिले ठेक्का पट्टामा माग गरेर काम गर्न बाटो खुलाउने प्रक्रियामा अग्रसर भएको उनले बताए ।
उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुर भित्र रहेको फर्निचर व्यवसायी तथा आवद्ध कर्मचारीहरुलाई दक्ष सिपमुलक कार्यक्रम आवश्यक रहेको बताए । फर्निचर उद्योगमा प्रचुर सम्भावना रहेको छ साथै आधुनिकीकरणतर्फ लैजानुपर्छ’, उनले भने, 'आधुनिकीकरण तर्फ लैजाने हो भने फर्निचर उद्योगबाट हजारौँ व्यक्तिहरुलाई रोजगारी सिर्जना गर्न सकिन्छ ।’
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी मर्यादित भएर व्यवसाय गर्न सुझाउँदै देशभरिका फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई एक भएर कार्य गर्न प्रमुख अतिथि समेत रहेका नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ओम बहादुर बस्नेतले आवाहान गरे ।
त्यस्तै साधारण सभामा बोल्दै नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ प्रदेश समन्वय समिति बागमती प्रदेशका अध्यक्ष सुमेन्द्र जोशीले यो विषम घडीमा उधारोमा कारोबार नगर्न अनुरोध गरे । आजको यस विषम परिस्थितमा हाम्रो व्यवसायलाई सम्यम्ता अपनाएर व्यवसाय गर्न अनुरोध गर्दछु',उनले भने, 'आफू-आफूबिच प्रतिस्पर्धा नगरी स्वच्छ तरिकाले बजार दररेट राखेर व्यवसाय गरौँ । जस्ले गर्दा व्यवसायमा हुने हानी नोक्सानीबाट बच्न सकिन्छ ।’
भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका अध्यक्ष प्रेम सुवालले काठमाडौँ उपत्यका भित्र रहेका सबै फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई अनाधिकृत रुपमा संचालन भएका त्यस्ता व्यवसायिलाई र घर-घर गएर काम गर्ने बिदेशी मुलका कामदारहरुलाई दर्ता भएर काम गर्न सुझाए ।
यस्ता विषयमा सम्बन्धित नगर,वडा तथा बाणिज्यलाई उनले ध्यानार्कषण समेत गराए । यस्ले गर्दा हाम्रो देशको स्थानीय निकायले प्राप्त गर्ने राजश्व धेरैनै चुहावट भएकोबारे पनि उनले प्रष्ट पारे ।
त्यस्तै ललितपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका सचिव स्वयम्भु राज बज्राचार्यले व्यवसायमा हुने क्षती जस्तै आगलागी सम्बन्धि कसरी सुरक्षा प्रदान गर्ने र सुरक्षित बस्ने भन्नेबारे पनि सचेत हुनुपर्ने र सुरक्षाका उपाए अपनाउनुपर्नेबारे प्रष्ट पारेका थिए ।
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ ललितपुरका उपाध्यक्ष राजेश थापाले नेपालमा आयातित हुने फर्निचरको तथ्यांकबारे प्रष्ट पारेका थिए । साथै उनले नेपालले वार्षिक ९ अर्ब रुपैँयाको फर्निचर आयात भएको तथ्यांक छ',उनले भने, 'यो हुनुको मुख्य कारण आधुनिक मेसिनले काम नगर्नु, यहाँका उत्पादन प्रति विश्वास नहुनु साथै उत्पादन प्रक्रिया पनि सस्तो मात्र भन्ने व्यवसायिको सोच बदल्नुपर्छ ।’
व्यवसायिको सोच पनि बदल्नुपर्छ',उनले भने, 'हामीले राम्रो फर्निचर बनाएमा आयातित फर्निचरसँग प्रतिस्पर्धा गर्न सक्ने हुनेछौँ । कच्चा पदार्थ, मेसिन, लगायका बस्तुमा सरकारले लगाएको करबारे सोच्नुपर्छ । जस्ले नेपाली उद्योगको विकास र उत्पादनमा स्तरोन्नती र सरकारले उपलब्ध गराउने बिजुलीलाई सकिन्छ भने छुटको व्यवस्था वा बर्गिकरण गर्नुपर्छ ।’