काठमाडौँ । बिहानीको भालेको डाकोसँगै ब्युँझिन्छिन् रिता देवि चौधरी । उनी सफल उद्यमी हुन । बिहानी झिसमिसेमै बिउँझेर कुखुरालाई चारो पानी हाल्दै भैँसीलाई स्याहारसुसार गर्नु उनको दैनिकी हो । र दिउँसो विभिन्न कार्यक्रममा सहभागी हुन्छिन् ।
उमेरले ४० वर्ष पुगेकी हरिपुर्वा नगरपालिका वडा नम्बर -९ सर्लाहीकी रिता देवि चौधरीले चमेलीबाट ऋण लिएर व्यवसाय गर्दै उत्कृष्ट उद्यमी बनेकोमा पुरस्कृत समेत भइसकेकी छन् ।
चमेलीको चौथो सम्मेलनमा उनी पुरस्कृत भइन् । चमेली बचत तथा ऋण लिएर व्यवसायिक कुखुरा पालन गरेको उनी बताउँछिन् । व्यवसाय गर्दै गएपछि चमेलीले सम्मान दियो । चमेलीबाट पाएको सम्मानबाट अहिले साहस बढेको छ ।’
रिता देविले चमेलीबाट सम्मान पाएपछि व्यवसायमा झनै हौसिएकी छन् । पहिले घरको गृहणीका रुपमा मात्र सिमित रिता देवि अहिले सफल उद्यमीसँगै सफल उद्यमीका सफल कुरा गर्न विभिन्न कार्यक्रम सभासम्मेलनमा जाने गरेकी छन् ।
पहिले प्राय: घरायसी काममा मात्र व्यस्त रहने उनी सफल उद्यमीका रुपमा पुरस्कृत भएपछि सफल उद्यमीका कुरा गर्न विभिनन सभासम्मेलनमा समेत जाने गरेको उनी बताउँछिन् ।
पहिले घरमा मात्र सिमित हुन्थे',उनी भन्छिन्, 'पहिले घरमा काम मात्र गर्थे अहिले चुलो चौकोमा मात्र सिमित नभएर विभिन्न सभा सम्मेलनमा समेत जाने बोलाउदा जाने गर्छु ।'
पहिले आफूसँग काम गर्ने व्यवसाय गर्ने इच्छा हुँदा हुँदै पनि लगानी गर्ने पैसा नहुँदा घरको चुलोचौकोमा सिमित रहेकी रिता देविले चमेलीको साथ पाएपछि अहिले सफल उद्यमीका रुपमा समेत उनी सर्लाहीमा परिचित छन् ।
पहिले आफुसँग लगानी गर्ने पैसा थिएन र घरमै छोराछोरी हेरेर चुलोचौकोमै हुनुपथ्र्यो अहिले सहकारीबाट ऋण लिएर व्यवसाय संचालन गरेसँगै व्यवसायमा राम्रो गरेको भन्दै सहकारी सम्मानित समेत गरेको थियो ।
अहिले उनी विभिन्न सभासम्मेलेनमा समेत जाने गरेको बताउँछिन् । उनले सहकारीबाट ऋण लिएर कुखुरापालन गरेकी छन् । व्यवसाय गरे देखि घरखर्च छोराछोरीको पालनपोषण र शिक्षा दिक्षा सहित सबै पुगेको उनी बताउँछिन् ।