ललितपुर । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ललितपुरका ४ वटा विद्यालयहरुका सबै विद्यार्थीहरु अनुतिर्ण भएका छन् । दक्षिण ललितपुरको वागमती गाँउपालिका भट्टेडाँडास्थित श्री महाकालीदेवि, वागमती ४ इकुडोलस्थित शारदा शिक्षा सदन, कोज्योसोम गाँउपालिकाको गुप्तेश्वरी र वालेश्वरी विद्यालयका सबै विद्यार्थीहरु फेल भएका हुन् ।
वागमती ३ भट्टेडाँडास्थित श्री महाकालीदेवि माध्यामिक विद्यालयका प्रधानाध्यापक राजु बजगाँईले विद्यालयका ११ विद्यार्थीले परिक्षा दिएकोमा कसैले पनि ३५ नम्बर ल्याउन नसकेको बताए । उनले भने, 'यस पल्ट विद्यार्थीको पढाई कमजोर देखियो । अघिल्लो बर्ष १४ जनाले परिक्षा दिएकोमा ७ जनाले उर्तिण अंक ल्याएका थिए ।'
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष स्थानीय व्यावसायी समेत रहेका डोलकेशर दाहाल रहेका छन् । वागमती गाँउपालिका कार्यरत कर्मचारी सञ्जयसिंह विष्टले आउदो सोमबार सबै विद्यालयललाई नतिजासहित गाँउपालिकामा डाकिएको बैठकमा उपस्थित हुन पत्र पठाएको जानकारी दिए ।
वागमती गाँउपालिकाका कर्मचारी विष्टका अनुसार शारदा शिक्षा सदनमा १० जनाले परिक्षा दिएकोमा १० जना नै अनुतिर्ण भए । ३ जनाको एउटा मात्रै विषयमा अनुतिर्ण छन् भने ४ जना २ विषयमा अनुर्तिण छन् ।
कोञ्ज्योसोम गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले कोञ्ज्योसोमका वालेश्वरी माध्यामिक विद्यालय र गुप्तेश्वरी माध्यामिक विद्यालयको एसईई परिक्षामा नतिजा शुन्य भएको जानकारी दिएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ललितपुरका ७ जनाले मात्र उच्च ग्रेड प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यो कम हो । गत वर्ष २१ जनाले उच्च ग्रेड प्राप्त गरेका थिए ।
७ जना विद्यार्थीले ल्याए ४ जिपीए
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि मध्य ७ जनाले ४ जीपीए ल्याएका छन् । ३.६० देखि ४ जीपीए १ हजार ४ सय ३३ जना, ३.२० देखि ४.६० जिपिए ल्याउने २ हजार ९ सय ७९ जना, २.८० देखि ३.२० जीपीए ल्याउने २ हजार १ सय ५२ रहेका छन् ।
त्यस्तै २.४० देखि २.८० जीपीए ल्याउने ५६१ जना, १.६० देखि दुइ जीपीए ल्याउने संख्या शुन्य रहेको छ भने एनजी (ननग्रेड) मा २ हजार ५ सय ९५ रहेका छन् भने १९१ जना अप्सेन्ट रहेको बताइएको छ ।
उच्च ग्रेड प्राप्त गर्नेमा ललितपुरबाट ७ जना रहेका छन् । जस्मा सेन्ट जेभियर्स स्कुल जावलाखेल तीन जना विद्यार्थीले ४ जीपीए ल्याए ।
त्यस्तै सेन्ट म्यारि स्कुल जावलाखेल एक जना, जेम्स स्कुल धापाखेल १ जना, ब्राइट फिउचर स्कुल सातदोबाटो २ जना विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका इकाइ प्रमुख विश्वास थापा मगरले जानकारी दिए ।
उनका अनुसार चैत १७ देखि २७ सम्म भएको परीक्षामा ललितपुरबाट ९ हजार ९ सय ३२ जना परीक्षार्थीले एसइई परीक्षा दिएका थिए ।